जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
अन्तर्राष्ट्रिय डबलीमा चीनको बेजोड उपस्थिति र अहम् भूमिकाबारे आजको विश्वले अझ बढी चासो राख्दै छ । चीनको उदयले बदलिएको विश्वव्यवस्था (World Order) र भविष्यको चर्चा सेलाएको छैन । नयाँ चीन निर्माणको ७२ वर्षपछि चीन कुन स्थानमा छ, जगजाहेर छ । राजनीतिक, आर्थिक र सभ्यताको कसीमा चीन धेरैलाई उछिन्दै अग्रपङ्क्तिमा छ । चीनको भव्य सफलताको श्रेय चीनले लिएको राजनीतिक दर्शन र नेतृत्वलाई जान्छ । भूगोल, इतिहास, राजनीति, अर्थतन्त्र, संस्कृति, कानुन, राष्ट्रिय प्रतिरोध प्रणाली, समाज, विज्ञान, प्रविधि, शिक्षा, वातावरण, जनसङ्ख्या लगायत कूटनीतिको क्षेत्रमा चीनको नीति र अभ्यासले चीनलाई विश्व शक्ति व्यवस्थाको दोस्रो स्थानमा पु¥यायो । त्यसमध्ये कूटनीतिको भूमिका के र कस्तो रह्यो ? भन्ने प्रश्नमा हामी छलफल गर्छौँ ।
कूटनीति कुनैपनि देशले लिने राजनीतिक दर्शनकै प्रतिविम्ब हुने गर्दछ । राजनैतिक व्यवस्थाको एउटा अविभाज्य क्षेत्र कूटनीति हुने गर्दछ । विश्वमा शान्ति, सुरक्षा र भ्रातृत्वको बलियो भावना विकास गर्न कूटनीतिले भूमिका खेल्दछ । नयाँ चीन विकसितदेखि निकै पछाडि परेका देशहरूमाझमा कसरी स्थापित भयो ? भन्ने प्रश्नमा चीनले लिएको कूटनीति जवाफको एक अंश हुन सक्दछ । सन् २०१० मा प्रकाशित झाङ छिङमिन (Zhang Qingmin) द्वारा लिखित पुस्तक ‘China’s Diplomacy’ को अध्ययन जानकारीमूलक हुनेछ । आजभन्दा १० वर्षअघि प्रकाशित यस पुस्तकले नयाँ चीनको कूटनीतिक बन्दोवस्तबारे मिहिन चर्चा गर्छ । नयाँ चीनको कूटनीतिले ६० वर्षको यात्रा गरिसकेपछि यो पुस्तक प्रकाशित भएको हो । त्यसकारण, पुस्तकले ६० वर्षको अनुभव पनि पस्कन्छ । प्रकाशनको १० वर्षपछि पनि पुस्तक पटक्कै पुरानो महसुस नहुनु यसको विशेषता मान्न सकिन्छ । आजको चीनले पनि सैद्धान्तिक र वैचारिकरूपमा अध्यक्ष माओले थाल्नुभएको नयाँ चीनको कूटनीतिलाई नै व्यवहारमा उतार्दै छ । यस अर्थमा यस पुस्तकको अध्ययनले चीनका इतिहासदेखि वर्तमानसम्मको अध्ययनलाई सघाउँछ । विश्व व्यवस्थामा चीनको स्थान र चीनको विदेशनीति बुभ्mन यो पुस्तक सहयोगी हुनेछ ।
नयाँ चीनको कूटनीतिको ६० वर्षको यात्रालाई दुई भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ । विश्वका ठूल्ठूला शक्तिहरूको चेतावनी या सम्भावित हमलाविरुद्ध आपूmलाई तयार राख्नु, राष्ट्रिय सुरक्षासँगै प्रतिरोध क्षमता बढाउनु, राष्ट्रिय मुक्ति या स्वतन्त्रतालाई स्थापित गर्नु, देशको सार्वभौमिकता र भूअखण्डतालाई अक्षुण राख्नु नयाँ चीनको कूटनीतिक पहल या गतिविधि थियो । दोस्रो ३० वर्षमा चीनले अन्तर्राष्ट्रिय जगतसँग राम्रो सम्बन्ध स्थापित गर्ने वातावरण तयार ग¥यो, घरेलु आर्थिक निर्माणका निमित्त वातावरण अनुकूल बनाउने प्रयास ग¥यो । त्यतिमात्र होइन अन्तर्राष्ट्रिय अवस्थामा आएको परिवर्तनलाई मध्यनजर गरी आफ्नो आर्थिक र विकास योजनाहरू तर्जुमा ग¥यो । तसर्थ, सारमा भन्न सकिन्छ चीनले पहिलो ३० वर्षमा नयाँ चीनलाई विश्वमा स्थापित ग¥यो । बाह्य शक्तिहरूलाई प्रवेश निषेधमात्र होइन, आफ्नो राजनीतिक बन्दोवस्तलाई बलियो बनायो । युद्धले थला परेको चिनियाँ समाजलाई उभिन सक्ने बनायो र दोस्रो ३० वर्षमा आफ्नो आर्थिक विकासको उडान सुरु ग¥यो । चीनले लिएको कूटनीति र सैद्धान्तिक आधारशिलाकै कारण त्यो उडानले आज उचाइ छोएको छ ।
पहिलो ३० वर्षले चीनलाई १०० वर्षको अपमानको शताब्दीको बाहिर ल्यायो । अपमान भोगेर उठेको चीनले पहिलो ३० वर्षमा विश्वसँग समता, समानता र आपसी लाभको सम्बन्ध जोड्यो । सार्वभौम देशहरूको कुनै ग्रेडिङ हुँदैन । देश सानो ठूलो हुँदैन, सार्वभौम हुन्छ । आफ्नो सार्वभौमिकता गुमेको शताब्दी भोगेको चीनले नयाँ चीन निर्माणको पहिलो ३० वर्षमै त्यो अपमानको बदलामा गौरव, शक्ति र मुक्ति प्राप्त ग¥यो । विश्वसँग चीन असहिष्णु भएन । अशान्तिको कालो बादल चिरेर जन्मेको नयाँ चीनले विश्वमा शान्ति र अमनचयनको निम्ति कूटनीतिक पहल अगाडि बढायो । आफ्ना छिमेकहरूसँग असाध्यै मिलनसार र सन्तुलित सम्बन्धको सुरुआत ग¥यो । सुरुआति कूटनीतिक पहलहरूलाई नयाँ चीनले विकास र शान्ति सुरक्षाको सुदूर यात्राको सुरुआति पाइला बतायो । विश्वले भन्यो – बितेका ३० वर्षमा विश्वको शान्ति र विकासमा चीनले निर्वाह गरेको भूमिका इतिहासमै सर्वश्रेष्ठ छ । नयाँ चीनलाई पहिलो ३० वर्षमै उत्कृष्ट अन्तर्राष्ट्रिय छवि मिल्यो । दोस्रो ३० वर्षमा चीनले घरेलु आर्थिक विकासलाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्यो । बाहिरी विश्वसँगको अन्र्तक्रियालाई न्याय, समानता र आपसी लाभको साझेदारीसँग जोड्यो । विकसित र विकासशील देशहरूसँग राम्रो सम्बन्ध स्थापित ग¥यो । सिमाना विवाद, व्यापार विवादहरूलाई वार्ता र छलफलको माध्यमबाट सल्टाउनुपर्छ भन्ने कूटनीतिको विकास ग¥यो । चीन जोडिएका १४ छिमेकहरूमध्ये १३ वटासँग सीमा सम्झौता र सन्धि अगाडि बढायो । करिब ९० प्रतिशत सीमा विवाद सल्टायो । शान्त, स्थिर, सहकारी र जीतजीत वातावरण समान र आपसी विश्वासको आधारमा स्थापित गर्नुपर्छ भन्ने नीति लियो । विश्वमा पहिलो पटक चीनले नै असल छिमेक नीतिको उदाहरण प्रस्तुत ग¥यो । त्यसको सराहना विश्व व्यवस्थामा आएको परिवर्तन नै हुन सक्दछ । चीनले व्यापक कूटनीति अघि बढायो जसले विकसित र विकासशील देशहरू दुवैसँग सम्बन्ध राख्दछ । सुरक्षा कूटनीति, आर्थिक कूटनीति र मानवीय कूटनीतिलाई अगाडि बढाउँदै ६० वर्षमा चीनले कूटनीतिक अनुभवको खजाना बटुल्यो । उतारचढावको सामना गर्दै चीनले शान्ति, सुरक्षा, विकास र सहकार्यको झन्डालाई उचाइमा पु¥यायो । चीनमात्र होइन विश्वले अनुभव ग¥यो चीनविना विश्वको विकास र समृद्धि अब सम्भव छैन । विश्वको विकास र समृद्धिविना चीनमात्रको उडान निरर्थक छ भन्नेमा चीन प्रस्ट छ । स्वतन्त्र विदेश नीति, विकास, सुरक्षा र सार्वभौमिकताको आधारमा चीनको चासोको सुरक्षण गर्ने उद्देश्यलाई विश्वको शान्ति र साझा विकाससँग जोड्न चीन सुरुदेखि नै लागिपरेको प्रस्ट दर्पण पुस्तकमा छ । विकासशील देशहरूलाई पनि विकासको मार्गमा सँगसँगै अगाडि बढाउने, मानव जातिको साझा भविष्य निर्माण गर्ने, एउटै विकासको मार्गमा जोड्ने सपनाको एउटा महत्वपूर्ण हिस्सा कूटनीति हो । चीनका निम्ति कूटनीति एउटा मिसन पनि हो । लामो र कठिन बाटोको यात्रा हो ।
विश्वमा चार प्राचीन र महान् सभ्यतामध्ये चीनको सभ्यता एउटा प्रमुख सभ्यता हो । विश्वका निम्ति चीनको महत्वपूर्ण योगदान उसको सभ्यता हो भन्दा फरक नपर्ला । चीनको सभ्यताले सामञ्जस्य, शान्ति, सद्भाव स्थापित गरी साझा समृद्धिको सवाल नै चिनियाँ कूटनीतिको मूल मर्म हो ।
चीनको कूटनीति उसको विदेश नीतिमा प्रतिविम्बित छ । देशको मुक्ति, स्वतन्त्रता, सार्वभौमिकता र भूअखण्डताको सुरक्षणसँगै अन्तर्राष्ट्रिय जगतको शान्ति, मित्रवत सहकार्य, देश–देश र जनता–जनताबीच सहिष्णु व्यवहार, साम्राज्यवादी नीति, हमला र युद्धको विरोध चीनियाँ विदेश नीतिको प्राथमिकता हुन् । आर्थिक सहयोग र सहकार्यको नाममा अन्य देशमाथि राजनीतिक दबाब दिने, अन्य देशको सार्वभौमिकतामाथि खलल पु¥याउने, हस्तक्षेप गर्ने नीतिविरुद्ध चीन उभिएको छ । सानो र गरिब देशसँग पनि एउटा सार्वभौम देशको हैसियतले प्रस्तुत हुनुपर्ने सन्देश चिनियाँ विदेश नीतिले दिन्छ ।
विश्वमा एकधु्रवीय र एकपक्षीयवादविरुद्ध बहुध्रुवीय र बहुपक्षीयवादको वकालत चीनले थाल्यो । अन्तर्राष्ट्रिय सम्बन्धको प्रजातान्त्रीकरण, आर्थिक विकासको साधनमा विविधिकरण, विश्व सुरक्षा र सभ्यताको नयाँ अवधारणा, सहकार्य र सहयोगको नयाँ अवधारणालाई चीनले हुर्कायो । आपसी सहयोग, सामञ्जस्यतामा आधारित प्रजातान्त्रिक, मित्रवत, स्वस्थ विश्वको परिकल्पना या उद्देश्य चिनियाँ विदेश नीतिमा छ ।
चीनले शान्तिपूर्ण सहअस्तित्वको पञ्चशील सिद्धान्तलाई आफ्नो व्यवहार बनायो । सार्वभौमिकताका लागि आपसी सम्मान, भूअखण्डता आपसी भित्री÷स्वदेशी मामिलामा हमला–हस्तक्षेपविरुद्ध आपसी सहमति, समानता, आपसी लाभ र शान्तिपूर्ण सहअस्तित्व आदि अन्तर्राष्ट्रिय मान्यताका आधारमा स्थापित गर्न मेहनत चीनले ग¥यो । सम्पूर्णखाले दबाब, हस्तक्षेप, विस्तारवादी नीति, उपनिवेशवादी मानसिकताविरुद्ध आपूmलाई तयार राख्यो । सैन्य हमला र हस्तक्षेप अन्तर्राष्ट्रिय मूल्य मान्यताविरोधी हो भन्ने सन्देश विश्वलाई दियो ।
त्यसका निम्ति नयाँ चीनले सुरुमै ‘पाहुनाको प्रवेश अगाडि नै घर सफा गर्ने’, ‘नयाँ सुरुआत गर्ने’, ‘एक पक्षमा झुकाव राख्ने’ नीति लियो । यही कारणले नै चीनलाई आजको अवस्थासम्म पु¥याएको हो भन्ने पुष्टि पुस्तकले गर्छ । ‘पाहुनाको प्रवेशअघि घर सफा गर्ने’ नीतिमार्फत पुरानो अर्थात शताब्दीदेखि थुप्रिएको शोषण, अपमानको डङ्गुर हटाएर, राजनीतिक, आर्थिक, सांस्कृतिकरूपमा पुरानो चीनमाथि साम्राज्यवादीहरूले गरेको दमनको तस्बिरहरू च्यातेर स्वतन्त्र चीनसँग विश्वलाई साक्षात्कार गरायो ।
‘नयाँ सुरुआत’ ले चीनलाई बाहिरी विश्वसँग जोड्यो । सन् १९४९ अक्टोबर २ मा सोभियत युनियनसँग चीनले कूटनीतिक सम्बन्ध स्थापित ग¥यो र त्यो नै चीनको कूटनीतिक सम्बन्धको पहिलो देश थियो । ‘एउटा पक्षमा झुकाव राख्ने’ भन्नुको अर्थ विश्वमा साम्राज्यवाद र समाजवादको दुई खेमामध्ये समाजवादी खेमा चुन्छु भन्ने हो । तत्कालीन सोभियतसँगको समाजवादको पक्षमा उभिनु तत्कालका लागि चीनको नीति थियो । विश्वमा संरा अमेरिकाको साम्राज्यवादी हमला र कूटनीतिविरुद्ध चीनले समाजवादी खेमामा बसेर सङ्घर्ष ग¥यो । स–साना र कमजोर देशहरूमाथि शक्तिराष्ट्रहरूको हमलाविरुद्ध पनि चीनले कूटनीतिक पहलहरू ग¥यो । कोरिया प्रायःद्वीपमा भएको हमलाविरुद्ध सहयोगको नीति लियो । समयसँगै सोभियत सङ्घमा देखिएको सैद्धान्तिक विचलनलाई नजिकबाट हेरिरहनुभएका अध्यक्ष माओले सोभियत सङ्घको अन्धनक्कल समाजवादी खेमाले नगर्न सन्देश दिनुभयो । सोभियत सङ्घमा देखापरेको संशोधनवादी आचरण, विस्तारवादी व्यवहारविरुद्ध खरो आलोचना चीनले ग¥यो । रुसको ब्रेजनेभ डक्ट्रिनले समाजवादी देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र संरा अमेरिकाका निक्सन डक्ट्रिनले एसियामा संरा अमेरिकाको चासो नभएको सन्दर्भले चीनमाथि रुस चुनौतिपूर्ण हुने देखियो । अध्यक्ष माओले संशोधनवादी रुस साम्राज्यवादमा पतन हुने सम्भावना औँल्याउनुभयो । तत्काल अध्यक्ष माओले तीन विश्वको सिद्धान्त अघि सार्नुभयो । पहिलो संरा अमेरिका र रुस, दोस्रो विकसित देशहरू र तेस्रो विकासशील देशहरू । पहिलो विश्वले दोस्रो विश्वको सहयोगमा तेस्रो विश्वलाई सिध्याउने नीति लिएकोमा तेस्रो विश्वलाई सचेत बनाउनुभयो । साथै, चीनसहितको तेस्रो विश्व अर्थात् विकासशीलदेखि विपन्न मुलुकहरूको एकताबाट साम्राज्यवादी चुनौतिदेखि विपन्न मुलुकहरूको एकताबाट साम्राज्यवादी चुनौतिविरुद्ध सङ्घर्ष गर्ने नीति अघि सार्नुभयो । चीनले अन्य देशमाथि हस्तक्षेप र हमला गर्दैन र कसैले चीनमाथि त्यो दृष्टि राख्छ भने प्रतिरोध र सङ्घर्ष गर्न चीन तयार रहन्छ भन्ने सन्देश माओले दिनुभयो । आज पनि अध्यक्ष माओको भावना चीनको कूटनीतिमा प्रस्ट अनुभव हुन्छ ।
सन् १९९० को दशकदेखि चीनले पश्चिमको दबाब सामना ग¥यो । सार्वभौमिकता प्रधान भन्ने चीनको भावनाविरुद्ध संरा अमेरिकाले ‘सार्वभौकिताभन्दा माथि मानवअधिकार’ भन्ने नारा सहित शीतयुद्ध छेड्यो । त्यसको जवाफमा चीनले चुपचाप आफ्नो पुरानो अवधारणा बदलेर नयाँ आर्थिक, सांस्कृतिक, सूचना, पर्यावरण, सुरक्षा गर्ने र अन्तर–सिमाना अपराध, आणविक प्रविधिको प्रसार, जातीय दङ्गा, लागुपदार्थ बेचविखन, आतङ्कवाद, अन्तर सिमाना बसाइसराइँलाई निषेध गर्ने नीति लियो । चीनलाई एकता र बहु–राष्ट्रिय एकताको सुत्रमा बाँध्ने नीति लियो ।
एक चीन नीति चीनको कूटनीतिको महत्वपूर्ण पक्ष हो । ‘एक देश दुई प्रणाली’ पनि अभ्यासमै छ । ताइवान, मकाउ, हङ्कङ् र तिब्बत चीनको मूलभूमिको अलग्ग गर्न नसकिने हिस्साहरू हुन् ।
ताइवानको हकमा जापानले सन् १८९५ मा हमला गरिसकेपछि जापानले चीनको छिङ वंशलाई सिमोनोसेकी (Shimonoseki) सन्धिमा हस्ताक्षर गर्न बाध्य बनायो र ताइवान हडप्यो । सन् १९४३ डिसेम्बरमा चिनियाँ सरकार, संरा अमेरिका र बेलायतको संयुक्त ‘कायरो घोषणा’ Cairo (Declaration) प्रकाशित भएपछि जापानले सम्पूर्णरूपमा चिनियाँ भूमि छोडेको प्रमाण बन्यो । अक्टोबर २५ मै चिनियाँ सरकारले ताइवान, पेङ्गु फर्कायो र ताइवानमा सार्वभौमिकताको झन्डा गाड्यो । यद्यपि, ताइवानमा पटकपटक विदेशी शक्तिको हस्तक्षेप हुने गरेको छ । विशेषतः संरा अमेरिका ताइवानमा हतियार निर्यात गर्दै छ । आज पनि संरा अमेरिकाको चलखेल जारी छ । सन् १९८७ मै पूर्णत चिनियाँ मूलभूमिमा फर्केको ताइवान चीनको अविभाज्य अङ्ग हो भन्नेमा दुविधा रहेन ।
बेलायती आर्मीको हमला अर्थात् पहिलो अफिम युद्धपश्चात् सन् १८४२ मा हङकङ बेलायतको हातमा गयो । फ्रान्सले छेडेको दोस्रो अफिमयुद्ध १८९४–१८९५ को चीन–जापान युद्धपश्चात् बेलायतले हङकङमाथि १८९८ को विस्तार गर्ने कन्भेन्सनमा हस्ताक्षर गरायो । ९९ वर्षका निम्ति हङकङ लगायत २६२ हिमेक टापुहरू बेलायतले लिजमा लियो जुन १९९७ जून ३० मा मुक्त भयो । हङकङको इतिहास चीनका निम्ति अत्यन्त अपमानजनक इतिहासको अध्यायका रूपमा चिनियाँ जनता व्याख्या गर्छन् । सन् १९६९ देखि हङकङ चीनको अति महत्वपूर्ण क्षेत्र आफ्नो सार्वभौम अङ्गको रूपमा छ ।
मकाउको सन्दर्भ पनि हङकङ र मकाउ चीनको एक देश दुई प्रणालीअन्तर्गत विशेष प्रशासनिक क्षेत्रको अवधारणाले एकताको सुत्रमा बेरिएको छ । चीनमा करिब ५६ वटा जातजाति छन् र विविधताबीच चीन एकताको सिद्धान्तमा अगाडि बढ्दै छ । चीनको अखण्डता र विकास जातजातिबीचको सहिष्णुता र प्रेमकै आधारशिलामा चीनको विकास सम्भव भएको हो । जातजातिको स्वायत्त स्थानीय सरकारमा सहभागिताले राष्ट्रिय एकतालाई अझ बलियो बनाएको बुझ्न गा¥हो पर्दैन ।
तिब्बत चीनको अविभाज्य अङ्ग हो । तिब्बतको राष्ट्रियता चीनका निम्ति असाध्यै महत्वपूर्ण पक्ष हो । इतिहासमा चीनमा सामन्ती दासप्रथा थियो । मध्ययुगमा युरोपभन्दा कमजोर बन्दोवस्त तिब्बतमा थियो । दासमाथिको अत्याचारको शृङ्खला डरलाग्दो थियो । करिब ५ प्रतिशत तिब्बतका मालिकले त्यहाँको सम्पूर्ण भूमि, सम्पत्ति, उत्पादन साधनलाई आफ्नो मुठ्ठीमा राखेका थिए । त्यहाँका १४ औँ शासक दलाई लामा निर्वासित भए । लामो समय तिब्बतमा दलाइ लामाले विदेशी शक्तिको आडमा उपद्रोह मच्चाउने प्रयास गरिरहे । तिब्बतलाई टुक्राउने दुस्साहसमा लागिपरे । चीनको केन्द्रीय सरकार तिब्बत टुक्राउने दलाइ लामाको दुस्साहसविरुद्ध सार्वभौकिता र अखण्ड चीनका निम्ति सङ्घर्षरत छ । दलाइ लामाले जनतालाई धर्मको खोल ओढेर भड्काइरहेका छन् तर वास्तवमा उनी एउटा राजनीतिक स्वार्थबाट प्रेरित रहेको नकार्न मिल्दैन । पश्चिमले चीनको अखण्डताविरुद्ध दलाई लामामार्फत गरिरहेका षड्यन्त्रहरूविरुद्ध चीनले बलियो कूटनीतिक हतियार प्रयोग गरेको अनुभव हुन्छ ।
सिन्च्याङ पनि चीनको अखण्ड भूभाग हो । त्यो भूभाग विभाजन गर्न धार्मिक अतिवादी, जातिय विभाजनवादी, आतङ्कवादी तत्वहरूले गरेका कुकृत्यविरुद्ध चिनियाँ सरकार सतर्क भई पाइला चाल्यो । पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलनले चीनको सार्वभौमिकता र भूअखण्डताविरोधी गतिविधि गरिरहेकोप्रति चिनियाँ जनता र अन्तर्राष्ट्रिय जगतलाई अवगत गराउने कार्य रोकेन । यसरी चीनले आतङ्कवाद, फासीवाद, विस्तारवाद, साम्राज्यवादविरुद्ध एकताको कूटनीति हुर्काइरहेको प्रस्टिन्छ ।
चीनले बहुपक्षीय कूटनीतिमा सहभागी मात्र होइन, बहुपीक्षय कूटनीतिलाई व्यवस्थित हुर्काउन पहल ग¥यो । अन्तर्राष्ट्रिय सङ्घ–संस्थामा चीनको मित्रवत् सहभागिता ‘सुधार र खुलापन’ को नीतिपछि झन् बढ्यो । आर्थिक विश्वव्यापीकरणमा चीनको नीतिले ठूलो स्थान ओगट्छ । सन् २००८ सम्ममा त चीनले १९० अन्तर सरकारी सङ्गठनमा र हजारभन्दा बढी गैरसरकारी अन्तर्राष्ट्रिय सङ्घ–संस्थामा आफ्नो सहभागिता देखायो । संयुक्त राष्ट्रसङ्घ, जी आठ + पाँच (G8+5) , जी २०, अभियान मुलुकहरू + ३ वार्ता संयन्त्र, साङ्घाइ सहकार्य सङ्गठन, एसियाली–युरोपेली सम्मेलन, ऐपेक, चीन–अफ्रिका सहकार्य मञ्च (फोकाक) लगायतका क्षेत्रहरूमा नेतृत्वदायी भूमिकामा चीन छ । ३०० वटा बहुपक्षीय अन्तर्राष्ट्रिय सन्धिसम्झौतामा हस्ताक्षर गरिसकेको छ ।
संरा अमेरिकाको नीति, विदेश नीतिको आलोचकमात्र होइन विरोधी समेत हो चीन । आणविक हमला, हस्तक्षेप, आर्थिक उपनिवेश, सैन्य परिचालन, हातहतियारको निर्यातमा प्रथम देश संरा अमेरिकाविरुद्ध चीनले आणविक हतियार निषेधित क्षेत्र घोषणाको प्रस्ताव संयुक्त राष्ट्र सङ्घमा राख्यो ।
चीनले व्यापारमा जीतजीतको सिद्धान्त स्वीका¥यो । विश्वव्यापार सङ्गठनको नीतिविपरीत भएका व्यापार संरक्षणवादी, लगानी संरक्षणवादी नीति र गतिविधिको विरोध ग¥यो । संरा अमेरिकाले बेलाबखत गर्ने व्यापार या आर्थिक छलहरूलाई विश्व अर्थतन्त्रको कसीमा जवाफ दिँदा चीनले दर्शन र त्यसैमा आधारित कूटनीतिक पहल रोकेन ।
विकासका लागि शन्तिपूर्ण सह–अस्तित्वको पाँच सिद्धान्तलाई आत्मसात् गरेको चीनले युरोपदेखि अफ्रिका, ल्याटिन अमेरिका र एसियामा राम्रो उपस्थिति र सम्बन्ध विस्तार ग¥यो । सहकार्य र सह–अस्तित्वको नरम कूटनीतिकै कारण चीन विश्वमा लोकप्रिय छ । आर्थिक रूपमा विश्वलाई सघाउने तर कुनै पनि देशलाई हेपाहा, हस्तक्षेपको आँखाले नहेर्ने चीनको नीतिका कारण चीन विकासोन्मुख देशहरूको असल मित्र बन्न सफल छ । पुरानो भनाइ छ –“युद्धको अन्त्यपछि कूटनीतिको सुरुआत हुन्छ ।” यसको अर्थ सैन्य मामिला र कूटनीति अलगअलग विषय हुन् । तर, व्यवहारमा सैन्यमामिला कूटनीतिसँग जोडिएको हुन्छ । चीनले आफ्नो सैन्य कूटनीतिलाई देशको स्वतन्त्रता, मुक्ति र विश्व शान्तिसँग अन्योन्याश्रित गरेको छ । कुनै देशको न्यायपूर्ण आन्दोलन, मुक्ति युद्धमा चीनले सघाउँछ, सैन्य आदानप्रदान पनि गर्छ । तर, कहिल्यै पनि अन्यायको साथ दिँदैन । तेस्रो विश्वको न्यायपूर्ण आन्दोलनलाई अझ प्राथमिकतामा राखेर सघाउँछ । आणविक हातहतियार विध्वंसका निम्ति प्रयोगमा ल्याउने र यदि चीनविरुद्ध हमला गर्छ भने त्यसको जवाफ चीनले दिने नीति लिएको छ ।
शान्त तलाउमा ढुङ्गा फाल्दा त्यसको तरङ्गको सामना गर्न तयार रहनु भन्ने चेतावनी पनि चीनले दिएको छ । आफूलाई सम्पूर्ण हिसाबले सर्वश्रेष्ठ बनाउन चीन हस्तक्षेप, हमला, दमनको नीति लिँदैन । सहकार्य, मित्रवत व्यवहार, सहकार्य नै चीनको कूटनीति हो । देशको सार्वभौमिकता, विश्वको शान्ति र विकास नै चीनको कूटनीतिको उद्देश्य हो ।
Leave a Reply