जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
पेइचिङ, २२ सेप्टेम्बर । चीनका राष्ट्रपति सी चिनफिङले विश्वव्यापी विकास अभियानको प्रस्ताव गर्नुभएको छ । उहाँले सबैको लागि उत्तम संसार बनाउन विश्वव्यापी चुनौती र खतराको साझा सम्बोधन र आत्मविश्वास विकासको लागि आह्वान गर्नुभएको छ ।
संयुक्त राष्ट्र सङ्घको ७६ औँ महासभामा सार्वजनिक बहसमा श्रव्यदृश्यमार्फत आफ्नो भनाइ राख्दै सीले संसारले एक शताब्दीमा नदेखिएका परिवर्तन र कोभिड–१९ महामारीको संयुक्त प्रभाव भोगिरहेको बताउनुभयो ।
कोभिड–१९ माथि जीत
“अहिले कोभिड–१९ ले संसारलाई अझै दुःख दिइरहेको छ । हरेक दिन विश्वभर सङ्क्रमणका नयाँ सङ्ख्या बढिरहेको छ । हामीले कोभिड–१९ लाई पराजित गर्नैपर्छ र मानव जातिको भविष्यको लागि महत्वपूर्ण यो निर्णायक लडाइँमा हामीले जित्नैपर्छ”, सीले भन्नुभयो ।
उहाँले ‘कोभिड–१९ महामारी जतिसुकै ठूलो भए पनि हामी मानव जातिले त्यसलाई अवश्य पराजित गर्ने’ आत्मविश्वास व्यक्त गर्नुभयो ।
उहाँले मानिस र मानिसको जीवनलाई पहिलो प्राथमिकतामा राख्न, भाइरसको उत्पत्तिको खोजीको लागि विज्ञानमा आधारित अवधारणा अङ्गीकार गर्न, कोभिड–१९ विश्वव्यापी रोकथामको निम्ति समन्वयात्मकता प्रवद्र्धन गर्न र अन्तरसीमा भाइरस सङ्क्रमणको जोखिम न्यून गर्न आग्रह गर्नुभयो ।
राष्ट्रपति सीले खोप नै कोभिड–१९ विरूद्ध सबभन्दा शक्तिशाली हतियार भएको चर्चा गर्दै संसारभर खोपको निष्पक्ष र समतामूलक वितरण सुनिश्चित गर्न जोड दिनुभयो ।
उहाँले यो वर्ष सन् २०२१ को अन्त्यसम्ममा चीनले संसारलाई दुई अर्ब मात्रा खोप दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “त्यसका साथै १० करोड अमेरिकी डलर कोभाक्सलाई चीनले चन्दा दिनेछ । यो वर्षभरिमा अन्य विकासशील देशहरूलाई १० करोड मात्रा खोप पनि चीनले सहयोग गर्नेछ”, उहाँले भन्नुभयो ।
पाकिस्तानको पञ्जाब विश्वविद्यालयका प्राध्यापक नदीम इरफान बुखरीले केही देशले खोप राष्ट्रवादको स्वार्थी रणनीति अपनाइरहेको र कोभिड–१९ को खोप तथा अन्य स्वास्थ्य सामग्री निर्यातमा समेत रोक लगाइरहेको बेलामा चीनको भूमिका अझ बढेको बताउनुभयो ।
विश्वव्यापी विकास अभियान
“जनताको जीवनको लागि विकासको अहम् महत्व छ”, सन्तुलित, समन्वयात्मक र समावेशी वृद्धिको नयाँ चरणतर्फ विश्वव्यापी विकास अघि बढाउन देशहरूले मिलेर काम गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति सीले भन्नुभयो ।
उहाँले विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता, जनताकेन्द्रित अवधारणामा केन्द्रित रहने प्रतिबद्धता, सबैको हित गर्ने प्रतिबद्धता, अनुसन्धानमूलक विकासप्रति प्रतिबद्ध रहने प्रतिबद्धता, मानिस र प्रकृतिबीच सद्भाव कायम गर्ने प्रतिबद्धता र परिणाममुखी काम गर्ने प्रतिबद्धता गरी जम्मा ६ वटा प्रतिबद्धतासहित विश्वव्यापी विकास अभियान थाल्ने प्रस्ताव गर्नुभयो ।
“हामीले विकासमा लगानी, गरिबी निवारणमा प्राथमिकतामा आधारित सहकार्य अघि बढाउने, खाद्य सुरक्षा, कोभिड–१९ को रोकथाम र खोप, वित्तीय विकास, जलवायु परिवर्तन र हरित विकास, औद्योगिकीकरण, विद्युत्तीय अर्थतन्त्र र सम्पर्क सञ्जाललगायत क्षेत्रलाई जोड दिनुपर्छ । साथै दिगो विकासको लागि संयुक्त राष्ट्र सङ्घीय २०३० एजेन्डाको कार्यान्वयनलाई गति दिनुपर्छ ताकि साझा भविष्यसहित विकासको समुदायको विकासमा हामी अघि बढ्न सक्नेछौँ”, उहाँले भन्नुभयो ।
कोभिड–१९ रोकथाम र आर्थिक तथा सामाजिक पुनःस्थापनाको लागि विकासशील देशहरूलाई समर्थन गर्न चीनले आगामी तीन वर्षमा ३ अर्ब अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहायता दिने पनि राष्ट्रपति सीले घोषणा गर्नुभयो ।
सीले भन्नुभयो, “चीनले कुनै पनि नयाँ कोइलाले चल्ने ऊर्जा परियोजना विदेशमा सञ्चालन गर्नेछैन । साथै चीनले विकासशील देशहरूलाई विकासशील हरित तथा न्यून कार्बन ऊर्जायुक्त विकासमा सहयोग गर्नेछ ।”
“विश्वव्यापी जलवायु परिवर्तन समाधान गर्ने हाम्रो अभियानअन्तर्गत चीनको यो अर्को महत्वपूर्ण कदम हो । चीनले सन् २०३० अघि नै कार्बन डाओअक्साइड उत्सर्जन न्यून गर्ने र सन् २०६० अघि नै कार्बन शून्य विकास गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ”, चिनियाँ अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानका कार्यकारी उपसभापति ¥वान चोङ्चीले भन्नुभयो ।
सानो वृत्त नबनाउने
“हामीले शान्ति, विकास, समता, न्याय, प्रजातन्त्र र स्वतन्त्रताको पक्षमा बोल्नुपर्छ । यी कुराको मानव समुदायमा साझा मूल्य छन् । अनि हामीले स–साना वृत्त वा शून्य उपलब्धिका खेल खेल्न छोड्नुपर्छ”, सीले भन्नुभयो ।
“प्रजातन्त्र कुनै एउटा देशमा विशेष अधिकार निहित कुरा होइन, बरू सबै देशका जनताको अधिकारको विषय हो”, राष्ट्रपति सीले भन्नुभयो ।
¥वानले केही देशहरू प्रजातन्त्रको नाममा गुटबन्दी गर्न खोजिरहेको, त्यही बहानामा अन्य देशका आन्तरिक मामिलामा मनपरी हस्तक्षेप गर्ने गरेको र अझ अन्य देशको विकासको सामान्य गतिलाई दबाउने र उत्तम जीवनको लागि जनताको वैधानिक अधिकार खोस्ने काम समेत गरिरहेको बताउनुभयो ।
“अन्तर्राष्ट्रिय परिस्थितिमा पछिल्लो विकासले फेरि एकपल्ट बाहिरबाट सैनिक हस्तक्षेप र तथाकथित प्रजातान्त्रिक रूपान्तरणले खराबीबाहेक केही उपलब्धि हासिल हुननसकेको पछिल्लो घटनाले देखाएको छ”, सीले भन्नुभयो ।
उहाँले आपसी सम्मान, समता, न्याय र सबैको जीत हुने सहकार्यमा आधारित नयाँ खालको अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन र ‘स्वार्थहरूको मिलन’ र ‘सम्भव सबभन्दा ठूलो ऊर्जा हासिल गर्न’ सकेसम्म उत्कृष्ट काम गर्न आह्वान गर्नुभयो ।
“एउटा देश सफल हुन अर्को देश असफल हुनुपर्छ भन्ने छैन । साझा विकास र सबै देशको प्रगतिलाई मिलाएर लान संसार निकै ठूलो छ”, राष्ट्रपति सीले भन्नुभयो, “देशहरूबीचको आपसी मतभिन्नता र समस्यालाई समानता तथा आपसी सम्मानमा आधारित संवाद र सहकार्यमार्फत समाधान गर्नुपर्छ ।”
सही बहुपक्षताको अभ्यास
संयुक्त राष्ट्र सङ्घमा जनवादी गणतन्त्र चीनले कानुनी स्थान पुनःप्राप्ति गरेको यो वर्ष ५० औँ वर्ष हो । सीले चीन यो ऐतिहासिक दिनलाई स्मरण गर्दै राष्ट्र सङ्घसँग नयाँ तहमा सहकार्य अघि बढाउन र राष्ट्र सङ्घका आदर्श लक्ष्यको प्रवद्र्धनको निम्ति नयाँ र महान् योगदान गर्न तयार रहेको बताउनुभयो ।
“संयुक्त राष्ट्र सङ्घले वास्तविक बहुपक्षताको झन्डा बोक्नुपर्छ र विश्वव्यापी सुरक्षाको रक्षा, साझा विकासका उपलब्धिको आदानप्रदान र संसारको भविष्यको नक्साङ्कन गर्न केन्द्रीय दबुको भुमिका निभाउनुपर्छ”, सीले जोड दिनुभयो ।
¥वानले भन्नुभयो, “केही देशहरूले बहुपक्षताको झन्डामुनि ‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ को रक्षा गरिरहेको दाबी गर्छन् । तर, उनीहरूले आफ्ना नियमलाई नै अन्तर्राष्ट्रिय नियमको रूपमा प्रस्तुत गरिरहेका छन् र तिनै कानुन अन्य देशमाथि थोपरिरहेका छन् ।”
चीनका राष्ट्रपतिले संयुक्त राष्ट्र सङ्घमा प्रतिनिधित्व अझ फराकिलो बनाउनुपर्ने, अन्तर्राष्ट्रिय मामिलामा विकासशील देशको भनाइलाई अझ बढी स्थान दिनपर्ने र अन्तर्राष्ट्रिय सम्बन्धमा प्रजातन्त्र र कानुनी शासन अघि बढाउन नेतृत्व लिनुपर्ने बताउनुभयो ।
“संयुक्त राष्ट्र सङ्घले (सुरक्षा, विकास र मानव अधिकारको क्षेत्रमा) साझा एजेन्डा तय गर्नुपर्छ, तड्कारो मुद्दामा जोड र खास कार्यभारमा केन्द्रित गर्नुपर्छ । बहुपक्षताप्रति सबै पक्षले गरेका प्रतिबद्धता कार्यान्वयनमा भए नभएको अनुगमन गर्नुपर्छ”, सीले भन्नुभयो ।
Leave a Reply