भर्खरै :

भारतका कवि, लेखक एवं अभियन्ता कमला भासिमको निधन

नयाँ दिल्ली, २५ सेप्टेम्बर । भारतका लेखक एवम् महिलावादी अभियन्ता कमला भासिमको शनिबार बिहान ७५ वर्षको उमेरमा निधन भएको भारतका सञ्चारमाध्यमहरूले जनाएका छन् । उनलाई केही महिनाअघि क्यान्सर पुष्टि भएको थियो ।
सन् १९४६ को अप्रिल २४ मा हालको पाकिस्तानको मन्दी बहुवाद्दिन जिल्लामा उनको जन्म भएको थियो । भारत र पाकिस्तानको विभाजनपछि उनको परिवार भारतको राजस्तानमा बसाइ सरेको थियो ।
उनले राजस्तानमा आफ्नो स्नातक र स्नातकोत्तर तह पूरा गरेकी थिइन् । त्यसपछि उनले पश्चिम जर्मनीको मुनस्टर विश्वविद्यालयमा समाजशास्त्र अध्ययन गरिन् ।
कवि भासिम जर्मनीमा अध्ययन गरेर भारत फर्केर उदयपुरको एउटा गैरसरकारी संस्था सेवा मन्दिरमा काम गर्न थालिन् । त्यसमा आबद्ध भएर उनले विशेषतः ग्रामीण क्षेत्रका महिलको सशक्तिकरणको निम्ति काम गरिन् । भासिमका लिङ्गीय मान्यताको विषयमा धेरै पुस्तक प्रकाशित भएका छन् । सन् १९९३ मा उनको ‘पितृसत्ता के हो’ भन्ने पुस्तक प्रकाशन भएको थियो । सन् २०२० मा उनले ‘सप्तरङ्गी केटा र सप्तरङगी केटी’ पुस्तक लेखेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *