भर्खरै :

नेपाल र चीन – हिमाल र नदीले जोडिएका छिमेकी

सबैलाई नमस्कार ! आज ‘सी चिनफिङ : चीनको शासन व्यवस्था खण्ड–२’ नेपाली संस्करण पुस्तकको लोकार्पण एवं खण्ड–३ अङ्ग्रेजी संस्करण पुस्तकको परिचयात्मक समारोह भव्यताका साथ राष्ट्रपति भवनमा आयोजना हुँदै छ । सर्वप्रथम, सम्पूर्ण आदरणीय अतिथिहरूलाई म हार्दिक स्वागत गर्दछु ।
नेपालका राष्ट्रपतिज्यू र चिनियाँ कम्युनिस्ट पार्टीको प्रचार विभागका नेता स्वयंले कार्यक्रमको आयोजनामा चासो राखी निर्देशन दिनुभएको छ । नेपालको चीन अध्ययन केन्द्र र चिनियाँ विदेशी भाषा प्रकाशन र वितरण विभागले कार्यक्रमको सफलताका लागि अत्यन्त धेरै काम गरेका छन् । नेपालका लागि चिनियाँ राजदूतावासको तर्फबाट म हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
सन् २०१६ को डिसेम्बरमा ‘सी चिनफिङ : चीनको शासन व्यवस्था खण्ड–१’ नेपाली संस्करण पुस्तकको लोकार्पण समारोह पनि यसै हलमा आयोजना भएको थियो । लोकार्पण हुने बित्तिकै नेपालको विभिन्न क्षेत्रका साथीहरूले चासो राखी सक्रिय मूल्याङ्कन गरेका थिए । चीनका सम्बन्धित निकायहरू र चीन अध्ययन केन्द्रको साझा प्रयासमा, दोस्रो खण्डको नेपाली संस्करणको पुस्तक पनि नेपालमा लोकार्पण हुँदैछ । यस अवसर प्रयोग गरेर, दुई मुलुकका सम्बन्धित निकायहरू र विद्वानहरूले यसमा दिनुभएको महत्वपूर्ण योगदानहरूमा म धन्यवाद भन्न चाहन्छु । गत वर्षको जूनमा ‘सी चिनफिङ ः चीनको शासन व्यवस्था खण्ड–३’ को चिनियाँ र अङ्ग्रेजी संस्करण पुस्तक प्रकाशित भएका छन् । चीन अध्ययन केन्द्र र चीनको विदेशी भाषा प्रेसको बीचमा खण्ड– ३ को अनुवाद र प्रकाशनको ‘एमओयू’ मा हस्ताक्षर भएको छ । पाठकहरूले अब छिट्टै खण्ड – ३ नेपाली संस्करणको पुस्तक पनि पढ्न पाउनुहुनेछ भन्ने म विश्वस्त छु ।
महिला तथा सज्जनवृन्द, साथीहरू,
यसवर्ष चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एकसय वर्ष पुगेको छ । महासचिव सी चिनफिङले भन्नुभएजस्तै “एक सय वर्षअघि, चिनियाँ कम्युनिस्ट पार्टीका अग्रजहरूले चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना गर्दै पार्टी निर्माण भावनाको जग बसालेका थिए । जसमा सत्य र आदर्शको पालना गर्ने, स्थापनाकालीन आकङ्क्षा कार्यान्वयन गर्ने, कामको जिम्मेवारी सम्हाल्ने, बलिदानबाट नडराउने, वीरतापूर्वक लड्ने, पार्टीप्रति बफादार हुने र जनतालाई निराश नपार्ने विषयहरू समावेश गरिएको छ । यी चिनियाँ कम्युनिस्ट पार्टीको भावना स्रोतहरू हुन् । यसै भावनाले चिनियाँ कम्युनिस्ट पार्टीलाई बाटो देखाएको छ । अनि चिनियाँ कम्युनिस्ट पार्टीलाई पचास जना सदस्य भएको सानो पार्टीबाट आज ९ करोड सदस्य भएको संसारको सबैभन्दा ठूलो सत्तारूढ पार्टी बनाएको छ । चीनलाई गरिबी मुलुकबाट विश्वको दोस्रो ठूलो आर्थिक संरचना बनाएको छ । चिनियाँ राष्ट्र समृद्ध र शक्तिशाली बनेको छ । विशेषगरी चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशनदेखि यता, चीनका विभिन्न क्षेत्रको हासिल परिणाम (रिपोर्ट कार्ड) को नवीकरण हुँदै आएको छ । सुधार गहिरो हुँदै छ, अर्थतन्त्र लगातार विकास गर्दै छ । समाज सद्भाव र स्थिर जनताको जीवन पनि खुशी छ । सी चिनफिङको शासन व्यवस्थाको विचार र सिद्धान्तको निर्देशनमा सी चिनफिङ केन्द्रमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताको सङ्घर्षले मात्र चीनले आजको उपलब्धि हासिल गर्न सक्दछ ।
यस पुसतको खण्ड –२ र खण्ड – ३ मा राष्ट्रपति सी चिनफिङ सन् २०१४ देखि सन् २०१७ सम्म र सन् २०१७ देखि सन् २०२० सम्मको महत्वपूर्ण कृति समावेश भएका छन् । त्यसमा सुधार र खुलापन आन्तरिक मामिला र कुटनीति, मुलुकको रक्षा, पार्टी मुलुक, सेनाको सुशासन आदि क्षेत्रको विषयहरू समेत राखिएको छ । यी पुस्तकहरूले चीनको माटो सुहाउँदो माक्र्सवादको सबैभन्दा नयाँ उपलब्धि देखाएका छन् र कमरेड सी चिनफिङ केन्द्रमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीले सम्पूर्ण पार्टी, राष्ट्र र जातिका जनतालाई नेतृत्व गरी पार्टी र राष्ट्रका विभिन्न कार्यमा नयाँ ठूलो प्रगतिहरू हासिल गरेको महान प्रयासहरू रेकर्ड गरेका छन् । मानव जातिको साझा भाग्यको समष्टिको निर्माण काम अगाडि बढाउने, मानव जातिको शान्ति र विकास कार्य प्रबद्र्धन गर्ने चीनको बुद्धि र चीनको उपायहरू देखाएका छन् । यी पुस्तकहरू व्यवस्थित र सम्पूर्ण रूपमा सी चिनफिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवाद विचारलाई परिचय गरेको आधिकारिक कृति हुन् । राष्ट्रपति सीले त्यसमा थुपै मौलिक, युगान्तकारी, निर्देशक महत्वपूर्ण दृष्टिकोणहरू राख्नुभएको छ, यी दृष्टिकोणहरू समकालीन युगमा चीनको विकास र प्रगति, कूटनीतिक नीतिहरू बुझ्ने महत्वूर्ण चावी हुन् ।
महिला तथा सज्जनवृन्द, साथीहरू !
चीन र नेपाल नदी र पहाडले जोडिएका पुस्तौंपुस्ताको मैत्रीपूर्ण छिमेकी र मित्रहरू हुन् । बेल्ट र रोड सहनिर्माणको महत्वपूर्ण साझेदार पनि हुन् । कूटनीतिक सम्बन्ध स्थापना भएको ६६ वर्षदेखि यता चीन र नेपालले सधैँ एक–अर्कालाई विश्वास, सम्मान र समर्थन गरिरहेका छन् । सन् २०१९ को अक्टोबरमा राष्ट्रपति सीले नेपालको ऐतिहासिक भ्रमण गर्नुभयो । विकास र समृद्धि उन्मुख हुने पुस्तौँ पुस्ताको मैत्रीपूर्ण रणनीतिक सहकार्य, साझेदारीसम्बन्धी स्थापना गर्ने भनेर दुवै पक्षले घोषणा गरेका थिए र चीन–नेपाल सम्बन्ध नयाँ उचाइमा पनि पु¥याएका थिए ।
अहिले सय वर्षमा पनि नमेटिएको महामारी र विश्वको महान परिवर्तन मिसिएको छ । महामारीविरूद्ध लड्नु, आर्थिक विकासको पनुर्बहाली गर्नु र जनताको जीवनस्तर सुनिश्चित गर्नु चाहिँ चीन र नेपालीले सामना गरिरहने साझा कठिनाइहरू हुन् । मलाई विश्वास छ,‘चीनको शासन व्यवस्था’ पुस्तकको खण्ड – २ नेपाली संस्करण र खण्ड – ३ अङ्ग्रेजी संस्करण पुस्तकहरूले नेपाली मित्रलाई एउटा नयाँ झ्याल खुलाउने छन् । पढेपछि चिनियाँ नेताहरूको शासन सिद्धान्त र विचार, चिनियाँ जातिको सपना र चीनको विकास लक्ष्यहरू सब थाहा हुन्छ । यस कार्यक्रममार्फत चीन–नेपाल बीचको मुलुकको शासन सञ्चालनको अनुभव आदान–प्रदान अगाडि बढाएने छ । दुई मुलुकका जनताहरू एक अर्कोलाई बढी बुझ्ने छन् भन्ने म विश्वस्त छु । हामी चीन र नेपालको साझा भाग्यको भविष्य निर्माण गरौँ, चीन नेपालको मित्रताको नयाँ धुन बजाऔँ ।
(बिहीबार राजधानीमा आयोजित चीनका राष्ट्रपति सी चिनफिङको कृति ‘चीनको शासन व्यवस्था’ पुस्तकको दोस्रो खण्डको नेपाली अनुवाद लोकार्पण र तेस्रो खण्डको परिचर्चा कार्यक्रममा राजदुत याङ्छीद्वारा व्यक्त मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *