वासिङटन र तेहरानबिचको आपसी सम्झौता सार्वजनिक
- असार ४, २०८३
जेनेभा, २६ सेप्टेम्बर । विभिन्न देशका कूटनीतिज्ञहरूले अफगानिस्तानमा संरा अमेरिकाले व्यापकरूपमा मानवअधिकार हनन गरेको भन्दै चर्को आलोचना गरेका छन् । उनीहरूले शरणार्थीको बाढी निम्त्याउने, क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिलाई भद्रगोल बनाएको भन्दै संरा अमेरिकाको आलोचना गरेका हुन् । गत शनिबार आयोजित एउटा अन्तर्राष्ट्रिय सेमिनारमा बोल्दै केही कूटनीतिक प्रतिनिधिहरूले मानवताविरोधी अपराध र युद्धअपराधको निम्ति संरा अमेरिकालाई जिम्मेवार बनाउने अफगानी जनताको कदमप्रति समर्थन व्यक्त गरे ।
संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार परिषद्को ४८ औँ अधिवेशनको क्रममा ‘अफगानिस्तानमा संरा अमेरिकी सैनिक हस्तक्षेपले निम्त्याएको मानवअधिकार हनन’ शीर्षकको अन्तर्राष्ट्रिय सेमिनारमा फ्रान्स, नेपाल, पाकिस्तान, नेदरल्यान्ड, जापान, इरान, भेनेजुयलालगायत देशका प्रतिनिधिहरूले यस्तो भनाइ राखेका हुन् ।
“अफगानी नागरिकको मनपरी हत्या, गिरफ्तारी र यातना दिनु, आतङ्क फैलाउनु, देशको आर्थिक र सामाजिक विकासको गति रोक्नु, शरणार्थी सङ्कट निम्त्याउनु आदि संरा अमेरिकी मानवअधिकार हननका कार्य निन्दनीय छ”, विज्ञहरूले भने ।
मानवअधिकारको सम्बन्धमा संरा अमेरिकी पाखण्डी नीतिबारे उनीहरूले चर्चा गरे ।
जेनेभास्थित इरानका सहायक स्थायी प्रतिनिधि मेहदी अलियाबादीले अफगानिस्तानमा सैनिक हमला गर्दा संरा अमेरिका र उसका सहयोगी देशहरू मानवअधिकारबारे बेवास्ता गरेको बताए । उनले दोषीलाई कारबाहीको दायरामा उभ्याउन अन्तर्राष्ट्रिय समुदाय पीडितको पक्षमा उभिने पर्ने बताए ।
उनले मानवअधिकारको सम्बन्धमा संरा अमेरिकी पाखण्डी नीतिको सबभन्दा पछिल्लो उदाहरण अफगानिस्तानमा प्रदर्शन भएको बताए ।
उनले संरा अमेरिकाले मानवअधिकारको मुद्दालाई भूराजनीतिक स्वार्थको निम्ति हतियारको रूपमा प्रयोग गरेको बताए । “अन्तर्राष्ट्रिय समुदायले हेरिरहेको यो सबभन्दा अँध्यारो बाटो हो र मानिसको दिमागमा यो सदैव रहनेछ”, उनले भने ।
चीनको सिन्ह्वा विश्वविद्यालयको राष्ट्रिय रणनीति प्रतिष्ठानका अनुसन्धान विभागका निर्देशक छियान फेङले संरा अमेरिकी सेनाको अफगानिस्तानबाट फिर्तीले अफगानी जनतालाई थप समस्यामा पारेको चर्चा गर्दैै संसारका जनताको निम्ति त्यो संरा अमेरिकाको माफ दिन नसकिने अपराध भएको बताए ।
“संरा अमेरिकाले अफगानिस्तानमा दुई वटा अपराध गरेको छ – मानवताविरोधी अपराध र युद्धअपराध । संरा अमेरिकाले प्रतिआतङ्कवादको नाममा जथाभावी सर्वसाधारण जनताको हत्या ग¥यो । उदाहरणको लागि संरा अमेरिकी सेनाले सन् २०२१ अगस्टमा हेराटमा गरेको हवाई हमलामा परी एक सत्र्न्दा बढी सर्वसाधारणको हत्या भएको थियो”, उनले भने ।
उनले न्याय ढिला हुनसक्छ, तर कदापि हराउनेछैन भन्दै संरा अमेरिकी सैनिक अपराधको सजाय दिन अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानलाई मद्दत गर्नुपर्ने बताए ।
Leave a Reply