भर्खरै :

मङको रिहाइ र अमेरिकी विदेश नीति

सेप्टेम्बर २५ मा संरा अमेरिकाको न्याय विभागले हवावेका प्रमुख आर्थिक अधिकारी
(सीएफओ) मङ वाङचाओविरूद्ध सुपुर्दगीको प्रक्रिया रोक्न क्यानाडालाई अनुमति दिने निर्णय ग¥यो ।
मङ, उनको परिवार र हवावेको निम्ति यो सुखद समाचार हो । यसले चीन र संरा अमेरिकाबीचको सम्बन्ध सुधार गर्ने अवसर पनि हुनसक्छ । चीन र क्यानाडाबीचको सम्बन्ध सुधारमा पनि यो निर्णयले भूमिका खेल्न सक्छ ।
प्रमुख चिनियाँ प्राविधिक कम्पनी हवावेलाई निर्लज्ज र माफिया शैलीमा तर्साउन संरा अमेरिकाको निर्देशनमा सन् २०१८ मा क्यानाडा सरकारले मङलाई गलत तरिकाले पक्राउ गरेको थियो । विशेषतः तत्कालीन संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनप्रति आफू कडा भएको देखाउन हरेक खाल खेल खेलेका थिए । उनलाई आफूले चालेका कदम नैतिक वा तार्किकरूपमा ठीक थियो वा बेठीक भन्ने कुराको कुनै हेक्का थिएन ।
आफूलाई एक प्रकारले माफियाको मुली ठान्ने ट्रम्पसामु लम्पसार परेर उनको सरकारले मेङलाई बन्दी बनाउने निधो गरे । दुर्भाग्यवश क्यानाडाले नचाहेर पनि यो काममा उसलाई साथ दियो ।
सुखद कुरा के हो भने मेङ र उनलाई न्यायको कुरा संसारभरका सञ्चारमाध्यम र सामाजिक सञ्जालमा हाबी रह्यो । मेङमाथि संरा अमेरिकाले लगाएको आरोप भ्रमपूर्ण भएको अवस्थामा उनको कानुनी टोलीले ती आरोप निराधार भएको तत्कालै र सहजै देखाउन सफल भयो ।
उदाहरणको लागि जून २८–२९ को सुनुवाइको क्रममा मङले ठगी गरेको भनी संरा अमेरिकाले आरोप लगाएको एचएसबीसी कम्पनीका उच्चपदस्थ पदाधिकारी हवावे र स्काइकम कम्पनीबीचको सम्बन्धको प्रकृतिबारे पूर्णतः सचेत रहेको र एचएसबीसीको आन्तरिक उपभोक्ता व्यवस्थापन प्रणालीले स्काइकमलाई ‘हवावे मास्टरग्रुप’ को अङ्ग भएको स्वीकारिसकेको अवस्थाले एचएसबीसीलाई यो सम्बन्धबारे औपचारिक जानकारी भएको देखाएको छ । यो प्रमाणको आधारमा मङविरूद्ध संरा अमेरिकी मुद्दा पूर्णतः निराधार भएको पुष्टि हुन्छ ।
तर, अधिकांश मुद्दामा जस्तै संरा अमेरिकी सरकारजस्तो जिद्दी र पूर्वाग्रही वादी भएको अवस्थामा मिङको पक्षमा तथ्य प्रमाण वा न्यायको खास अर्थ नहुनु स्वाभाविक हो । अझै पनि ग्वान्टानामोमा कैद बन्दी वा अफगानिस्तानको बगरामस्थित यातना शिविरमा यातना भोगेका बन्दी वा संसारभरका काला केन्द्रहरूले यो कुरालाई पुष्टि गरेका छन् ।
प्रथमतः मङ चीनका नागरिक हुन् । उनलाई चीन सरकारको लगातार समर्थन रह्यो । कतिपय देशले संरा अमेरिकाको सहानुभूति पाउन अथवा ऊ रिसाउने डरले यस्तो मामिलामा सरकारले हातमा लिन अनकनाउने थियो । तर, एउटा बलियो र सिद्धान्तमा चलेको देश भएकोले चीनले आफूमाथिको अपमान सहने कुरै थिएन ।
दोस्रो, यो विषयलाई सञ्चारमाध्यमले लगातार प्राथमिकतामा राखेर आजको सफलता सम्भव भएको हो । एक दिन न्यायकै जित हुने देखेर सञ्चारमाध्यम पनि यो विषयमा हात धोएर लागे । सञ्चारमाध्यमले यो विषयलाई लगातारमा प्राथमिकतामा राख्दा यसलाई उपेक्षा गर्ने अवस्था बनेन । अनि हवावे कम्पनीलाई दबाउने प्रयासको बदनियत पनि यसले उजागर गरेको छ । सञ्चारमाध्यमले प्राथमिकता नदिँदो हो त यो मुद्दाले अर्कै बाटो लिने थियो ।
मङलाई चीनमा स्वागत गर्न चीनका जनता आतुर छन् । उनको रिहाइले उनीहरूले सन्तोष र खुसी अनुभूति गरेका छन् । एक शताब्दी लामो अपमानको युगमा चीनले विदेशी शक्तिबाट दुःखमात्र पाएन । बरू चीनभित्र र बाहिर पनि चीनका जनताले धेरै दुःख कष्ट र अपमानको सामना गर्नुप¥यो । व्यक्तिलाई बन्दी बनाउने बदमास उपायमार्फत हवावेलाई दबाउने प्रयास परित्याग गर्ने संरा अमेरिकी निर्णयले आधुनिक चीन आफ्नै खुट्टा र जनताको सहयोगमा उभिएको देखाएको छ । त्यसकारण यो मङ र हवावेका साथै चीनको पनि विजय हो ।
मङ वानचाओलाई बन्दी बनाएको घटना अमेरिकी विदेश नीतिका गलत कदमको शिलशिलामध्ये एउटा हो । इराकमा गलत बहानाबाजीमा भएको हमलादेखि अफगानिस्तानबाट हठात् फिर्ती त्यस्तै गलत नीतिका परिणाम हुन् । तर, मेङ प्रकरणले संरा अमेरिकाले आगामी दिनमा थप नरम, नैतिक र अन्ततः अन्तर्राष्ट्रिय मामिलामा थप प्रभावकारी नीति लिने आशा पनि जगाएको छ । यो प्रकरणले अमेरिकाको अत्यन्त विध्वंसात्मक र आत्मघाती व्यवहार रोक्न विश्वव्यापी मतलाई आकार बनाउन पनि मद्दत गर्नेछ ।
संसार सधैँ गहिरो गरी एकआपसमा गाँसिएको हुन्छ । यो क्रम अझै तीव्र बनेको छ । कैदी बनाउन वा अस्थिरता निम्त्याउने उत्तेजनात्मक सैनिक मोर्चा बनाउनेजस्ता गुण्डागर्दी शैलीको नीतिमार्फत ल्याउने विभाजन र दुश्मनी घातक सोच हो । यसले विषवमन गर्नेलाई पनि घातक प्रभाव पार्छ ।
मङलाई कैदी बनाएको घटनाको सकारात्मक पक्ष भनेको यो सुखद र न्यायपूर्ण ढङ्गले समाधानमात्र भएको छैन बरू यसले भविष्यमा यस्ता घटना दोहोरिन नदिन पनि मद्दत गर्नेछ ।
लेखक चीन र विश्वव्यापीकरण केन्द्रका अध्येता हुनुहुन्छ ।
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुमन 

Leave a Reply

Your email address will not be published. Required fields are marked *