हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
- असार १, २०८३
सेप्टेम्बर २४ को दिन संरा अमेरिका, जापान, भारत र अस्टे«लियाका नेताहरूबीच पहिलो पटक स–शरीर क्वाडको सम्मेलन भयो । सन् २००४ मा इन्डोनेसियाली सुनामीको क्रममा मानवीय सहायताको लागि स्थापना भएको चार देशबीचको सहकार्य उतिबेला हेर्दा कुनै हानि पु¥याउने खालको देखिँदैनथ्यो । तर, पछिल्ला वर्षहरूमा यो गठबन्धन एसिया प्रशान्त क्षेत्रमा संरा अमेरिकी प्रभुत्ववाद लम्ब्याउन उसको भूराजनीतिक हतियार बन्दै आएको छ । तर, क्वाडका सदस्यहरूको स्वार्थ र मूल्यमान्यतामा रहेको भिन्नताको कारण त्यसले वाचा गरेको कुरा दिनसक्नेमा शङ्का गर्ने ठाउँ मनग्य छन् ।
दिन के सकिन्छ ?
सेप्टेम्बर २४ मा बसेको बैठकपछि जारी संयुक्त वक्तव्यले आजका धेरै समसामयिक विषयलाई छोएको छ । कोभिड–१९ महामारी, पूर्वाधार, जलवायु परिवर्तन र अत्यावश्यक प्रविधिजस्ता विश्वव्यापी मुद्दादेखि अफगानिस्तान, प्रजग कोरिया, पूर्वी तथा दक्षिण चीन सागरजस्ता क्षेत्रीय मुद्दासम्म वक्तव्यमा उल्लेख गरिएको छ । त्यसमा क्वाडको नयाँ पूर्वाधार साझेदारी, अर्धचालक (सेमिकन्डक्टर) आपूर्ति सञ्जाल परियोजना, विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयमा क्वाड छात्रावृत्तिजस्ता नयाँ कार्यक्रम पनि घोषणा गरिएको छ ।
तर, के भनियो भन्ने कुरामा जोड दिनुको सट्टा खासमा के हासिल गर्न सम्भव छ भन्ने कुरा समानरूपमा महत्वपूर्ण हुन्छ । उदाहरणको लागि निकै चर्चामा आएको अर्धचालक आपूर्ति सञ्जालमा साझेदारीको लागि संरा अमेरिका र जापानजस्ता चिप उत्पादक देशहरूले आफूसँग भएको गहन प्रविधि आफ्ना साझेदारहरूलाई दिनुपर्ने हुन्छ ।
त्यस्ता गहन प्रविधिसँग जोडिएको ‘राष्ट्रिय सुरक्षा’ को कारण त्यसमा कुनै अर्थपूर्ण सहकार्यले कुनै परिणाम दिनेमा सन्देह जनाउन सकिन्छ । खासमा संयुक्त वक्तव्यमा ‘सहकार्यको बानी’ बनाउने लक्ष्यलाई जोड दिइएको छ । जसले बैठकबाट अपेक्षा गरिएको भन्दा निकै सरल परिणाममात्र आएको देखाएको छ ।
अर्को महत्वपूर्ण कुरा, क्वाड कुनै औपचारिक मोर्चा होइन । त्यसको सान्दर्भिकतामाथि बहस चालु छ । असंलग्न आन्दोलनको पक्षधरको नाताले भारत संरा अमेरिकासँगको अर्धमोर्चामा आबद्ध हुन अझै अनकनाइरहेको छ । यसैबीच जापान क्वाडलाई एसियामा नाटोको पुनरागमन हुन नहुने मान्यता राख्छ । अस्टे«लियाले पनि मनपरी अन्य प्रशान्त क्षेत्रका देशहरूसँग द्वन्द्व चर्काउन साथ दिनु बुद्धिमानी होइन । त्यसका साथै हालै संरा अमेरिका, बेलायत र अस्टे«लियाबीच भनेको त्रिदेशीय अउकस सुरक्षा साझेदारीले क्वाडको प्रभावलाई न्यूनाङ्कन गरेको छ ।
क्वाडः अविश्वासमा आधारित
क्वाडमाथि एकातिर सान्दर्भिकताको प्रश्न उठेको छ नै । त्यसका साथै क्वाडले ‘प्रजातान्त्रिक मूल्य’ प्रति आत्मविश्वासको सङ्कट पनि सामना गरिरहेको छ ।
प्रशान्त क्षेत्रमा प्रहरीको भूमिकामा काम गर्न उनीहरूको नैतिक कमजोरी बितेका केही उथलपुथलपूर्ण वर्षमा पूर्णतः उजागर भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कोभिड–१९ महामारी सम्हाल्न नसकेको भन्दै चर्को आलोचना भएको छ । महामारी सम्हाल्न नसक्दा भारतीय सडकमै खुला चिहानको भयानक दृश्य देखिएका थिए ।
त्यस्तै बिदा हुन लागेका भारतीय प्रधानमन्त्री योशिहिदे सुगामाथि महामारीको दन्कँदो आगोलाई बेवास्ता गर्दै आफ्नो राजनीतिक भविष्य जोगाउन टोकियो ओलम्पिक गरेको विषयमा प्रश्नको सामना गरिरहेका छन् । आणविक ऊर्जामा आधारित पण्डुबी लिने हठात् निर्णयको विरोधमा देशभित्र र बाहिरबाट अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसको विरोध भइरहेको छ । अफगानिस्तानबाट घातक फिर्ती र फिर्तापछि पनि अफगान सर्वसाधारणको हत्यामा संलग्नताको विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनको पनि आलोचना भइरहेको छ ।
मार्च महिनामा भएको क्वाडको भर्चुअल बैठकबाट के उपलब्धि हासिल भयो भन्ने विषयमा कसैले मेलोमेसो पाउन सकेका छैनन् । सन् २०२० को वसन्तमा भारतलाई महामारीले निल्दै गर्दा र संरा अमेरिकी खोप राष्ट्रवादको कारण विश्वव्यापी खोप अभावलाई अझ फैलाइरहेको बेला उनीहरू फरक फरक बाटो हिँड्दै थिए । क्वाड देशहरूबीच खोपमा साझेदारी गर्ने कुरा पाखण्डीसिवाय केही ठहर भएन ।
शीतयुद्धकालीन मानसिकता पर
संयुक्त राष्ट्र सङ्घको महासभामा राष्ट्रपति बाइडेनले नयाँ शीतयुद्धको बाटो नहिंड्ने प्रस्ट घोषणा गरे तापनि क्वाड वास्तवमा शीतयुद्धकालीन मानसिकताको अराजक उत्पादन हो । ‘स्वतन्त्र र खुला हिन्द प्रशान्त’ को लागि ‘समावेशी र लचकदार’ साझेदारीको सट्टा क्वाड असमावेशी र निरपेक्ष खालको मोर्चा हो जसले कृत्रिमरूपमा २१ औं शताब्दीको फलामे पर्खाल बनाएको छ । द्वन्द्व निम्त्याउने निर्णय र नीतिले सो क्षेत्रलाई कम स्वतन्त्र, कम खुला र कम स्थायी बनाएको छ ।
बहुपक्षवाद शब्दलाई अपहरण गरेर क्वाडले वास्तवमा कोठामा पसेको हात्ती बनेको चीनलाई घेराबन्दीमा पार्न केही देशलाई छानेर ‘नक्कली बहुपक्षवाद’ को अभ्यास गरिरहेको छ । चारवटै देशले एसिया प्रशान्त क्षेत्रको प्रतिनिधित्व गर्दैनन् । उनीहरूका अलग अलग संस्कृति, राजनीतिक व्यवस्था र सामाजिक आर्थिक विकासको अवस्था छ ।
सबभन्दा चिन्ताको कुरा त क्वाड बढी नै सैन्यवादी बन्दै छ । सैनिक अभ्यास र हतियारको आदानप्रदानको निम्ति क्वाड देशहरूले आफ्नो पाखुरा तन्काउँदै छन् । क्वाडअन्तर्गत सो क्षेत्रमा हस्तक्षेपकारी मनसाय, हतियारको प्रतिस्पर्धा र गलत विश्लेषणको कारण क्वाडप्रति वरपरका देशहरूको विरोध पक्का छ ।
लेखक चिनियाँ अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानअन्तर्गत अमेरिकी अध्ययन विभागका सहायक अध्येता हुनुहुन्छ ।
स्रोतः सीजीटीएन
नेपाली अनुवादः मनिषा
Leave a Reply