भर्खरै :

असीमित अवसरसहित हङकङमा विश्वका लगानीकर्तालाई आकर्षण

पेइचिङ, २८ सेप्टेम्बर । चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले २७ मा ‘हङकङको वाणिज्य वातावरण प्रतिवेदन’ सार्वजनिक गर्दै विस्तृत तथ्याङ्कले अराजकताबाट सुशासनसम्म परिवर्तन भएपछि देखिएको असल वाणिज्य वातावरण र उज्यालो विकास भविष्य देखापरेको जनाएको छ । जसले अमेरिकाको चीन विरुद्ध शक्तिलाई जोडदार खण्डन गर्नुका साथै ग्लोबल लगानीकर्तालाई आकर्षण गरेको छ ।
हङकङ मातृभूमिमा फर्केदेखि यता यो पहिलो वाणिज्य वातावरणसम्बन्धी प्रतिवेदन हो । “विशेष श्रेष्ठता र असीमित अवसर” भन्ने मुख्य शीर्षकले हङकङको वाणिज्य वातावरण र शक्तिलाई सटिक संश्लेषण गरेको छ । श्रृङखलाबद्ध आर्थिक तथ्याङ्कबाट प्रमाणित छ । सन् २०२१ सम्म यसअघिको १२ महिनामा हङकङको नयाँ सेयरमा सङ्कलन भएको रकम पाँच खर्ब हङकङ डलरभन्दा बढी छ भने गत वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतले बढेको छ । बैङ्किङ प्रणालीमा कुल बचत १५खर्बभन्दा बढी हङकङ डलर छ भने सोही अवधिको तुलनामा ८ प्रतिशतले बढेको छ । यस वर्षको पूर्वाद्र्धमा हङकङको अर्थतन्त्र ७.८ प्रतिशतले सुधार भएको छ । बेरोजगारी दर ७.४ बाट ४.७ सम्म घटेको छ । अनुसन्धान संस्थाबाट सार्वजनिक भएको पछिल्लो ‘ग्लोबल वित्तीय केन्द्र’ सूचकाङ्कबमोजिम हङकङको समग्र श्रेणी विश्वका शीर्ष तीनमा फर्केका छन् ।
वास्तविकताबाट प्रमाणित छ ः हङकङको वर्तमान वाणिज्य वातावरण सुरक्षित तथा ऊर्जावान् देखिन्छ । वर्तमान अवस्था सन् २०१९को जूनदेखि सन् २०२०को प्रारम्भसम्मको अवधि अकल्पनीय छ । अमेरिका लगायत विदेशी शक्तिको समर्थनमा हङकङका चीनविरोधी तत्वहरूले उत्तेजना फैलाउने जस्ता गतिविधिबाट हङकङको समाज तथा अर्थतन्त्रमा ठूलो नकारात्मक प्रभाव पारेको थियो । जसबाट हङकङको उत्कृष्ट वाणिज्य वातावरणलाई गम्भीररूपमा ध्वस्त पारेको थियो । ठूलो वास्तविकताबाट अमेरिकाको चीनविरोधी शक्ति नै हङकङको वाणिज्य वातावरणको सबैभन्दा ठूलो नकारात्मक तत्व हो ।
हङकङ चीनको भूभाग हो भने कुनै विदेशी शक्तिले यसलाई नष्ट गर्न सक्दैन । हङकङको सुरक्षा कानूनबाट निर्वाचन प्रणालीसम्म चीनको केन्द्रीय सरकारले हङकङको समाजलाई पुनरुत्थान गर्ने कदमहरू लागू गर्दै हङकङको बजार र लगानी वातावरणको शक्तिशाली संरक्षण गर्दछ ।
यसबाहेक हङकङको विकासका सामु अझ महत्वपूर्ण अवसर देखिन्छन् । चीनको चौधौँ पञ्च वर्षीय योजनाले हङकङको नयाँ विकास योजना निर्धारण गरेको छ । असीमित नयाँ अवसरले हङकङको वाणिज्य वातावरणलाई अझ बढी आकर्षण तथा प्रतिस्पर्धा शक्ति बढाउने छ । एक देश दुई व्यवस्था भन्ने शासन प्रणाली लगातार सुधारिँदै हङकङले ग्लोबल लगानीकर्तालाई अझ बढी विकासका अवसर सिर्जना गर्ने छ । एक न्यायिक निष्पक्ष र खुला हङकङले नै विश्वका विभिन्न स्थलका व्यवसाय र लगानीकर्तालाई स्वागत गर्दछ ।
सीआरआइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *