मध्यपूर्व सङ्कट गहिरिँदै
- जेष्ठ २८, २०८३
प्योङयाङ, २९ सेप्टेम्बर । प्रजग कोरियाले मङ्गलबार बिहान जगाङ प्रान्तको ¥योनग्रिम काउन्टीको तोयाङ–रिमा हाइपरसोनिक ह्वासोङ–८ नामको मिसाइल परीक्षण गरेको त्यहाँको आधिकारिक समाचार संस्था केसीएनएले जनाएको छ ।
उक्त मिसाइल प्रजग कोरियाको रक्षा विज्ञान प्रतिष्ठानले हालै विकास गरी परीक्षण गरेको बताइएको छ ।
मङ्गलबार दक्षिण कोरियाका प्रधानसेनापतिले प्रजग कोरियाले पूर्वी तटीय क्षेत्रमा ‘अज्ञात मिसाइल’ परीक्षण गरेको दाबी गरेका थिए । दक्षिण कोरियाले बालास्टिक मिसाइलसहितको नयाँ पण्डुबी सार्वजनिक गर्नुअघि प्रजग कोरियाले सो मिसाइल परीक्षण गरेको थियो ।
प्रजग कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी, कोरियाली मजदुर पार्टी केन्द्रीय समितिको विभागीय उपनिर्देशक किम यो जोङले प्रजग कोरियाको सैनिक विकासबारे दक्षिण कोरिया र संरा अमेरिकाको दोहोरो मापदण्डको विरोध गरेको भोलिपल्ट यस्तो प्रक्षेपण भएको हो ।
“पहिलो परीक्षण प्रक्षेपणमा राष्ट्रिय रक्षा वैज्ञानिकहरूले मिसाइलको गति र स्थायित्वमा नियन्त्रण भएको पुष्टि गरेका छन् । उपकरण कुनै पनि बाह्य पक्षले प्रभावित पार्न नसक्ने प्राविधिक गुणयुक्त छ”, केसीएनएले जनाएको छ ।
समाचारअनुसार कोरियाली मजदुर पार्टी केन्द्रीय समितिका सचिव तथा पोलिटब्युरोको अध्यक्षमण्डलका सदस्य पाक जोङ चोनले राष्ट्रिय रक्षा विज्ञानका प्रमुख वैज्ञानिकहरूसँग बसेर परीक्षणको अवलोकन गरेका थिए ।
Leave a Reply