नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, १६ असोज । देशघाती एमसीसी सम्झौताको विरोधमा नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ ताथलीले शनिबार फैढोकाबाट खर्कपुलसम्म संयुक्त जुलस तथा सभा गरेका छन् ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले अमेरिकी साम्राज्यवाद र एमसीसी सम्झौताको विरोध नगर्ने एमाले, माओवादी, एकीकृत समाजवादी पार्टी कम्युनिस्ट नभएको औँल्याउनुभयो ।
म्यानपावर कम्पनी खोलेर युवालाई विदेश पठाउने, किसानलाई समयमा गुणस्तरीय मल सस्तोमा नदिने, भारतीय विस्तारवादको विरोध नगर्ने, जयसिंहको हत्यारालाई कारबाहीको माग नगर्नेहरू कम्युनिस्ट हुननसक्ने उल्लेख गर्दै उहाँले कर्पोरेटहरूको सहयोगमा चुनाव जितेर सरकारमा जानेहरू कम्युनिस्ट नहुने बताउनुभयो ।
सचिव सुवालले एमसीसी सम्झौता हिन्द–प्रशान्त रणनीतिअन्तर्गतको अमेरिकी सैन्य गठबन्धनको पाटो भएको भन्दै एसियामा युद्ध थोपर्ने र हतियार बेच्ने अमेरिकाको उद्देश्य भएको धारणा राख्नुभयो । नेपालमा बन्ने योजनामा भारतको समर्थन चाहिने व्यवस्थाले नेपाललाई अमेरिका र भारतको नवउपनिवेश बनाउने भएकोले विरोध गर्नु जरूरी रहेको बताउनुभयो ।
सांसद सुवालले विदेशी ऋण तथा सहयोगमा कुनै पनि देश विकास नभएको उल्लेख गर्दै चीनमा ७० वर्षअघि सम्पन्न समाजवादी क्रान्तिले देश अगाडि बढेको बताउनुभयो ।
एमसीसी सम्झौतामा भारतको सिमानासम्म विद्युत् प्रसारण लाइन जोड्ने भन्नुको अर्थ अमेरिकी साम्राज्यवादले भारतीय विस्तारवादसँग मिलेर नेपालको बिजुली बङ्गलादेश र सिङ्गापुरसम्म बेच्ने उल्लेख गर्दै सांसद सुवालले नेपालको बिजुली प्रयोग गरी पेट्रोलियम पदार्थमा भइरहेको व्यापार घाटा कम गर्नु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले प्रजातन्त्रको कुरा गरेर नथाक्ने अमेरिकाले जहाँ पुगे पनि विध्वंस मच्चाउने भएकोले एमसीसी सम्झौतामार्फत नेपाल पसेर नेपाललाई पनि रणभूमि बनाउन उद्यत रहेको बताउनुभयो ।
नेपालको कानुनभन्दा माथि हुने एमसीसी सम्झौता गर्ने शासक दलका नेताहरू देशघाती भएको हुँदा त्यस्ता शासक दलहरूलाई नेपाली जनताले ठेगान लगाउनु जरूरी रहेको उल्लेख गर्दै उहाँले नेपालको स्वाधीनता, सार्वभौमिकतामाथि हमला हुने एमसीसी सम्झौता खारेज गर्नु जरूरी रहेको बताउनुभयो ।
नेमकिपा चाँगुनारायण नगर समितिका गणेश त्यातले नेपालीको अहित गर्ने एमसीसी सम्झौता संसद्बाट पारित गराउन खोज्ने शासक दलका नेताहरूलाई सजाय गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय संयोजक प्रकाश गुरूङ, नेक्रायुसङ्घ ताथलीका अध्यक्ष उत्तम साखकर्मी र हरिसुन्दर छुकांले पनि देशघाती एमसीसी सम्झौताको विरोध गर्नुभयो ।
Leave a Reply