नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, १७ असोज । देशघाती एमसीसी सम्झौताको विरोधमा भइरहेको विरोध सभा आइतबार पनि जारी रह्यो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको आयोजनामा मध्यपुर थिमिको दक्षिणबाराहीदेखि तरखगालसम्म जुलुस भयो ।
जुलुसपछि भएको सभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले एमसीसी सम्झौताको दफा ४.२, अनुसूची ५ (क), दफा ६.८, दफा ७.१ अनुसूची १ नेपालको हितमा नभएको बताउनुभयो ।
अमेरिकी रक्षा विभागको दस्तावेजअनुसार एमसीसीमार्फत हुने सहयोग हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धन नै भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य कमान्डर डाभिड्सनले सन् २०१८ मा काभ्रेको पाँचखालस्थित नेपाली सेनाको प्रशिक्षालयबारे जानकारी लिएका थिए । सन् २०१२ देखि नेपाल र संरा अमेरिकाबीच संयुक्त सैन्य अभ्यास भइरहेको छ । हिन्द–प्रशान्त सैन्य रणनीतिअन्तर्गत अमेरिकाले सन् २०१७ मा नेपाली सेनाको छाउनीस्थित विशेष फोर्स रेन्जर गणमा रू. १८ करोड सहयोग गरी क्राइसिस म्यानेजमेन्ट सेना बनाएको थियो ।”
हिमालपारिको जिल्ला मुस्ताङस्थित नेपाली सेनाको माउन्टेन वारफेर तालिमस्थललाई अमेरिकी सेनाले केही आर्थिक सहयोग गरी तालिम लिएको पनि सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सन् २०१२ मा प्रम बाबुराम भट्टराईले सुरू गरेको एमसीसी सम्झौतामा चौथो पटक प्रम भएका शेरबहादुर देउवाले आफ्ना अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अमेरिका पठाएर सही गराउनुभएको थियो । पाँचौँ पटक प्रम भएका देउवा सम्झौता संसद्बाट पारित गराउन लाग्नुभयो ।”
सचिव सुवालले एमसीसी सम्झौता र अमेरिकी साम्राज्यवादको विरोध नगर्नेहरू र स्रोत नखुलेको कालो धन राष्ट्रियकरण नगर्नेहरू कम्युनिस्ट हुनै नसक्ने दाबी गर्नुभयो ।
भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद एसियामा युद्ध सुरू गर्न खोज्दै छन् । अमेरिकी साम्राज्यवाद युद्ध सरदार र हतियार व्यापारी हो, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “भारत र अमेरिकी साम्राज्यवादको पछि लाग्ने होइन, दक्षिण एसियामा शान्ति र विकास गर्न लाग्नुपर्छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले प्रजातन्त्र र मानव अधिकारको नाममा संरा अमेरिकी सरकारले साम्राज्यवादी चरित्र देखाइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालको कानुनभन्दा माथि हुने एमसीसी सम्झौताले देशको सार्वभौमिकता खतरामा पर्ने निश्चित छ । विकास र सहायताको नारा दिएर एमसीसीमार्फत साम्राज्यवादीहरू नेपाललाई युद्ध मैदान बनाउन चाहन्छन् ।”
कार्यक्रममा नेक्राविसङ्घका प्रकाश गुरूङ, सुरेश परियार र युवा सङ्घका सुरेश बखुन्छेँले पनि एमसीसीको विरोधमा बोल्नुभएको थियो ।
Leave a Reply