भर्खरै :

कवि सयजुको ‘चस्काहरू घाउका’: एक चर्चा

नेपाली साहित्यिक क्षेत्रमा धेरै–धेरै स्रष्टाहरूले आ–आफ्नै किसिमले योगदान पु¥याए तर निकै कममात्रै यथोचित चर्चा हुने गरेको पाइन्छ । अत्यधिक स्रष्टाको सामान्य चर्चासम्म नभएको तीतो यथार्थ सबैसामु छ । यसका अनेक कारण होलान् । जब साहित्यिक कृतिहरू र कृतिकारहरूबारे चर्चा नै हुँदैन तब समाज अँधेरीले छोपेको सुन्दर बगैँचाझैँ बन्न पुग्छ । बगैँचामा रम्न उज्यालो नै चाहिन्छ । अँधेरीमा बगैँचाका रङ्गीबिरङ्गी पूmलहरूको अर्थ नखुल्नु स्वाभाविक हो । तसर्थ, कृति र कृतिकारमाथि बेलामौकामा प्रकाश पार्ने कार्य आवश्यक हुन्छ । मौनतामा मार्नु जति डरलाग्दो हत्या या मृत्यु अरू के होला !
श्यामसुन्दर सयजु एक स्रष्टा हुन् हो भनेर धेरै कमलाई मात्र थाहा होला र अझ नयाँ पुस्तामा त यो नाउँ नौलो हुनुपर्छ । सयजुको काव्य–कृति ‘चस्काहरू घाउका’ बारे नसुन्ने धेरै होलान् । तर, पुरानो पुस्ताबीच सयजु र उनको व्यक्तित्वबारे केही जानकारी या स्मरण छ । उनको लेखन–शैली पृथक छ । उनी ज्यादै कम शब्द प्रयोग गर्छन् तर चोटिलो, मार्मिक तथा अर्थपूर्ण अभिव्यक्ति दिन्छन् । त्यसको एउटा दृष्टान्त हो – ‘चस्काहरू घाउका’ । यो कृतिको हस्तलिखित प्रति अर्थात् पाण्डुलिपि हातमा प¥यो । नयाँ लेखक, नयाँ कृति तथा नयाँ शैलीले उत्सुकता बढायो । विसं २०४६ को जनआन्दोलनपश्चात्को परिवेशमा कोरिएका ‘चस्काहरू घाउका’ बारे सङ्क्षिप्त चर्चा गर्नु सामयिक होला !
यस कृतिमा तीन पङ्क्तिका थुप्रै कविता सङ्ग्रहित छन् । यी के–कति कारणले कविता हुन् र के–कति कारणले होइनन्, छलफलको आवश्यकतालाई अस्वीकार गर्न सकिन्न । कतिपयले मुक्तक, चुट्किला दाबी नगर्लान् भन्न सकिन्न । सहजताका लागि यी फरक खालका कविताका टुक्रा हुन् भन्नु उपयुक्त हुन्छ कि !
यस कृतिका सुरूआती तीन टुक्रामार्पmत कवि सयजुलाई चिनाउन सजिलो होला ! साथै, उनको सीप, दृष्टिकोण, लेखनशैलीलाई पनि चिनाउनेछ ।
जन्मायौ हैन सपूतहरू ?
जति जन्मायौ
शहीदै पारिए ।
……………………
खै, जो जति देखेँ मैले
शहीदका आमाहरू
रोएकै देखेँ ।
………………..
अब बढी गन्थन नगरौँ
प्रजातन्त्र आयो
शहीदहरू नजन्माऔँ ।
‘चस्काहरू घाउका’ मा विशेषगरी प्रजातन्त्र, सहिद र नेताहरूबारे सन्तोष–असन्तोष, आश्चर्य तथा आक्रोश पोखिएको छ । प्रजातन्त्र आइसक्दा पनि त्यसको अनुभूति नमिल्दा, सहिदप्रति अपमान हुँदा, सत्ताधारीहरूको स्वार्थी प्रवृत्ति देख्दा र जनतामाथि अझै दमन जारी रहँदा कवि आक्रोशित हुन पुग्छन्, असह्य पीडा शब्दमार्फत अभिव्यक्त गर्छन् । त्यस क्रममा उनी कलात्मकता, भाषिक सौन्दर्यलाई कम प्राथमिकतामा राख्छन् । बन्दुकको गोलीझैँ सीधा प्रहार गर्छन् । उनी कोही कसैलाई मोलाहिजा राख्दैनन् । व्यक्तिविरूद्ध किटानी जाहेरी शैलीमा भन्छन्–
चस्काहरू घाउका
दिने दिलाउने अजम्बरी छन्
मनमोहन, देउपा ।
कवि सयजुको निर्भिकता विभिन्न कवितामा छचल्किएको अनुभव हुन्छ । प्रजातन्त्र अझै नआएको बारे उनी प्रस्ट छन् । प्रजातन्त्रको नाउँमा सत्तामा पुगेकाहरूको दुष्कर्मको उनी चिरफार गर्छन् । शासक नेताविरूद्ध ठाउँ–ठाउँमा आगो ओकलेका छन् ः
जनता भेडो गणेशमानको
गिरिजाको कानो
मनमोहनको अचानो 
प्रजातन्त्र पुनः स्थापनाको निम्ति त्याग, तपस्या तथा बलिदान गर्ने बहुसङ्ख्यक जनताको दैनिक जीवनमा तात्विक हेरफेर नआएको र जनतामाथि शासकको अत्याचार तथा शोषण कायम रहेको यथार्थ देखे–नदेखेझैँ गर्न कवि सयजु सक्दैनन् । भ्रष्ट नेताहरूको जयगान गाएर ‘राष्ट्रिय’ तक्मा पाउने लालसामा उनी अल्मलिँदैनन् । जनविरोधी शासकको हनुमान बन्न र स्तुतिगान गाउन पटक्कै मञ्जुर भएनन् । तसर्थ उनी भन्छन्–
तिमीले भन्यौ
बिहान हुँदै छ
मैले भनेँ रात रहेकै छ ।
कवि सयजु कुरा लुकाउन चाहँदैनन् । कालोलाई कालै र सेतोलाई सेतै भन्छन् । मौकाअनुसार र आफ्नो नाफा–नोक्सान हेरेर अभिव्यक्ति दिने उनी अवसरवादी चरित्र देखाउँदैनन् । उनी खुसामदको भाषामा अलमलिँदैनन् । प्रजातन्त्र आएपछि मन्त्री, प्रधानमन्त्री, उच्चपदस्थहरूमा मालिक्याइँ बढेको र सर्वसाधारण जनताप्रति हेपाइको दृष्टिले हेर्न थालेको उनी खरो भाषामै भन्छन् ः
प्रजातन्त्र आएदेखि
तिम्रो पेटिकोट
बढी गन्हाउन थाल्यो ।
यस कृतिमा उनले पुँजीवादी प्रजातन्त्रको कुरूप पक्ष तथा त्यसका घृणित पात्रहरूलाई उदाङ्गो पार्ने काम हाकाहाकी गरेका छन् । प्रजातन्त्र आएर पनि सुरक्षा, शान्ति तथा सुव्यवस्थाको प्रत्याभूति नमिलेको कवि यसरी पोख्छन् ः
मर्नु र बाँच्नु
न तिम्रो हातमा न मेरोमा
छोडिदियौँ देउपाको हातमा ।
तर, सहिदप्रतिको सम्मानभाव यसरी व्यक्त गर्छन्–
ऊ मात्र उसको छोरो थियो
आज बित्यो
सबैको भयो ।
यी छोटा कवितामा कवि सयजु जीवनका विभिन्न रङ्गबारे चर्चा गर्छन् । सामाजिक विषयवस्तुबारे छलफल गर्छन् । उनका कवितामा जीवन दर्शनका केही अंश पनि कहीँकतै भेटिन्छन् । उनी सवाल अघि सार्छन् ः
मृत्यु तिम्रो मेरो पनि हो
जायजेथा मात्र
किन तेरो मेरो ?
सामाजिक विडम्बनाबारे रोचक तथा घोचक शैलीमा उनी भन्छन् ः
कथा सुन्दा सुन्दै
दिक्क भई ऊ निदायो
कथा उसकै थियो ।
कवि श्यामसुन्दर सयजुका कवितामा हास्य, व्यङ्ग्य, विरोध तथा सन्देश पाइन्छ । उनका कविता सामाजिक यथार्थवादको धारमा हिँडिरहेको अनुभूत हुन्छ । आजको यथार्थ तथा शासकहरूको निर्लज्जता यसरी उनी उदाङ्ग्याउँछन् –
प्रजातन्त्र हो
कहिल्यै नभाको कुरो
शहीदहरूको मोलमोलाइ भयो ।
यो हामीले वर्तमानमा भोगेको भोगाइको यथार्थ चित्रण हो ¤ शासकहरूले देशमा भिœयाएको विकृत राजनीति तथा सहिदको अवमूल्यनको दृष्टान्त हो ¤ निश्चय पनि यो कसैका निम्ति सुखद छैन । सुन्दैमा घृणाभाव जाग्ने ! उनी अगाडि भन्छन् –
भन त तिमी यो देश
बर्बाद नभई आवाद हुन्छ
शहीदहरूको जहाँ मोलमोलाइ हुन्छ ।
कवि…
हाँसो र व्यङ्ग्यको सम्मिश्रण कवि सयजु यसरी गर्छन् ः
हैन किसुनजी किन शहीद हुनुहुन्न
उहाँका परिवारै छैन
क्षतिपूर्ति कसैले पाउँदैन ।
यी कवितामा तात्कालीन समय बोल्छ, प्रवृत्ति बोल्छ र पात्र बोल्छ । देशको बागडोर सम्हालेका नेताहरू किसुनजी, मनमोहन, देउपा आदिलाई जनताको अदालतमा उभ्याउने चेष्टा गरिएको हो कि भन्ने आभास हुन्छ । अथवा, ती राजनीतिक वृत्तका तत्कालीन मूल–पात्रहरूप्रतिको आक्रोश पोखिएको हुनुपर्छ ।
बडो मर्ममा छुने गरी प्रजातन्त्रलाई परिभाषित गर्ने या थप अर्थ प्रदान गर्ने यत्न कवि यसरी गर्छन् ः
तिम्रो मनको घाउ
मेरोमा नसरेसम्मन्
प्रजातन्त्र आउँदैन ।
कविले ठाउँ–ठाउँमा देउपाप्रति घृणा, आक्रोश तथा विरोध प्रकट गरेका छन् । सायद, आज पनि कविता लेखिए यस्तै कविताको जन्म हुनेछ !
आजभोलि मृत्युको पनि दोहोलो छ
रात भन्नु हुन्न दिन भन्नु हुन्न
उसलाई देउपाले बोलाइरहन्छ ।
देउपाको शासन शैली विगतमा कस्तो थियो भन्ने उदाङ्ग्याउँदै कवि लेख्छन् ः
कहीँ कतै गोली चल्छ
थाहा पाउनु त्यहाँ देउपा हुन्छ
कम्युनिस्टको नारा जनताको चित्कार हुन्छ ।
धेरै वर्षअगाडि लेखिएका यी छोटा कविताहरूमध्ये धेरैजसो आज पनि सान्दर्भिक छन् । आजकै सन्दर्भमा कोरिएका हुन् कि भन्ने अनुभव हुन्छ । तीमध्ये एक टुक्रा ः
नेता बिक्यो जेता बिक्यो
धन्य म बाँचिरहेछु
मेरो देश नबिकोस् ।
शासक नेताहरूको कुरूप अनुहार कवि यसरी खुलस्त पार्छन् ः
थाहा छ खोला बग्दै जान्छ तल
त्यो भन्दा अझै बग्छन्
हाम्रा नेताहरू तल ।
जनतालाई मौनता तोड्न गरिएको यो आह्वानले धेरै धेरैलाई सोच्न बाध्य पार्नेछ ः
जहाँ खाँदिन्छ मौनता
त्यहाँ बुँख्याचा पनि डरलाग्दो हुन्छ
देउपाको के कुरा !
शासकका देश र जनताविरोधी कदमको विरोध नगर्ने हो भने झन् बढी दमन हुनेछ र शासकको दम्भ, अत्याचार, हैकम झन् बढ्नेछ भन्ने भाव यसमा अन्तरनिहित छ ।
कतिपय कविताका टुक्राहरू के प्रसङ्ग, कुन परिवेश तथा उद्देश्यका साथ लेखिएका हुन् भन्ने पत्ता लगाउन पाठकहरूले जतिसुकै घोत्लिए पनि गा¥है हुन्छ । केही दृष्टान्त प्रस्तुत छन् ः
काङ्ग्रेस भन्छन् आन्दोलनमा
जेजति मारिए कम्युनिस्टले मारे
देउपा त निमित्त रे ।
थप छलफल तथा विश्लेषणको आवश्यकता महसुस गराउने अर्को टुक्रा ः
मर मनमोहन मर त्यसरी
शहीद मरे जसरी
देउपाको हातबाट ।
कोष्ठकमा भए पनि साङ्केतिक व्याख्या, विवरण या प्रष्टीकरण भएको भए बुभ्mन सहज हुने अर्को टुक्रा ः
साँच्चै मर्दा के हुन्छ होला
खै मलाई त थाहा छैन
मनमोहनलाई था’ होला ।
कवि सयजुसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर नपाएकाहरूले यी कविता पढेर उनको व्यक्तित्वबारे अनुमान गर्नसक्नेमा शङ्का छैन । उनको साहित्यिक व्यक्तित्व चिनाउन ‘चस्काहरू घाउका’ नै पर्याप्त छ । टुक्रा कविताहरूले गहिरो अर्थ या भाव दिन कठिन हुने यथार्थलाई अस्वीकार गर्न सकिन्न । यद्यपि, केही कविता भावका हिसाबले गहिराइसहितका नभएका होइनन् । विषयगत विविधता, गतिमा उतार–चढाव, लेखकको चञ्चलता या स्वच्छन्दता, विभिन्न प्रसङ्गमा घनकै प्रहार आदिले पाठकले फरक स्वाद, फरक शैली तथा फरक अनुभूति हासिल गर्ने मौका पाउनेछन् ।
अन्त्यमा, कवि सयजूका छलफलयोग्य केही टुक्राहरूः
त्यता काग कराउँदै थियो
उता पिना सुक्दै थियो
यता देउपाले गोली हान्या हान्यै थ्यो ।
……………………
पुजारी भन्छः
देवता भाग्यो
मन्दिर अब मेरै भयो ।
……………
शेरबहादुर देउपा
ॐ शान्ति
जय नेपा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *