सरकारी विज्ञापन निषेध गर्ने सरकारी निर्णय गलत साबित
- असार ३१, २०८३
नेपालमा कोभिड–१९ को खोप लगाउनेको दर सन्तोषजनक देखिए पनि नेपालजस्ता संसारका अधिकांश विकासशील देशमा खोप पूर्ण लगाउनेको दर भने अझै ज्यादै न्यून छ । बेलायत र संरा अमेरिकाजस्ता विकसित र धनी देशमा पूर्ण खोप लगाउने मानिसको प्रतिशत ६० भन्दा उकालो लागिसकेको छ । कोभिडको नयाँ भेरियन्टबाट जोगिन ती देशहरूमा तेस्रो मात्राको खोप लगाउन थालिएको छ । तर, गरिब र अविकसित देशमा सन् २०२१ को अन्त्यसम्ममा १० प्रतिशत मानिसलाई खोप लगाइसक्ने विश्व स्वास्थ्य सङ्गठनको लक्ष्य नै पूरा हुने अवस्था छैन । यसले संसारमा खोपमा विभेद र असमानता छर्लङ्ग बनाएको छ । जबकि संसार कोभिडबाट पूर्णतः मुक्त नभएसम्म कोही पनि पूर्णरूपमा सुरक्षित हुने अवस्थामा छैन ।
खोपमा यस्तो विभेदका केही मूल कारणमध्ये धनी देशहरूको आत्मकेन्द्रित सोच पनि हो । धनी देशहरूले आफूलाई खाँचो परेकोभन्दा धेरै गुणा खोप सञ्चय गरेकोले पनि संसारमा खोपमा समानता कायम हुनसकेको छैन । धनी देशहरूकै नियन्त्रणमा रहेका खोप कम्पनीहरूले खोपलाई नाफा कमाउने वस्तुको रूपमा लिएकोले पनि अहिले गरिब देशहरूले खोप पाउन सकेका छैनन् । कोभिडविरोधी खोपलाई सार्वजनिक वस्तु बनाउनुपर्ने आवाजलाई बेवास्ता गर्दै ती कम्पनीहरूले खोप बेचेर अकुत नाफा कमाइरहेका छन् जब कि महामारीकै कारण अधिकांश गरिब देशहरूको अर्थतन्त्र खराब छ ।
गरिब देशमा तीव्रगतिमा खोप वितरण हुन नसक्नुको अर्को कारण ती देशमा स्वास्थ्य पूर्वाधारको कमजोर अवस्था पनि हो । कोभिडको खोप लान र भण्डारण गर्न आवश्यक पूर्वाधार अनि खोप लगाउने सञ्जाल र जनशक्ति अभावको कारण पनि कतिपय देशले खोप उपलब्ध हुने अवस्थामा पनि खोप लिन सकिरहेका छैनन् । त्यस अवस्थामा कोभिडका बिरामी र मर्नेको सङ्ख्या बढेको हेर्नुको अर्को विकल्प गरिब देशहरूसँग छैन ।
कोभिड सिङ्गो मानव जातिको निम्ति चुनौती हो । कोभिड महामारीबाट प्रभावित नभएका संसारको सायदै कुनै ठाउँ होला । त्यसकारण यसको सामना गर्न संसारका सबै देश एकजुट हुनुको विकल्प छैन । त्यसको निम्ति विशेषतः संसारका धनी देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूले जिम्मेवार भूमिका खेल्न जरूरी छ । धनी देशहरूले आर्थिक र पूर्वाधारको हिसाबमा कमजोर देशलाई सहयोग गरी महामारीलाई जरैदेखि निर्मूल गर्न जरूरी छ । संसारका ठूला औषधि कम्पनी र अनुसन्धान संस्थाले कोभिडको खोपलाई नाफाको वस्तु नभई सार्वजनिक वस्तु बनाई सबै देशलाई खोप बनाउने तरिका र सूत्र सार्वजनिक गर्न जरूरी छ ।
समस्या खोपको मात्र होइन । स्वास्थ्य पूर्वाधारका कमीले पनि खोपको प्रभावकारी वितरण हुन सकेको छैन । त्यस्तै कोभिड रोकथामको निम्ति अपरिहार्य स्वास्थ्य सामग्रीको अभावले पनि गरिब देशमा कोभिडले फेरि फेरि पनि टाउको उठाउने सम्भावना छ । देश जति आर्थिकरूपमा ठूलो हुन्छ, त्यत्ति नै जिम्मेवार हुन जान्नुपर्छ । अरूको रगत चुसेर धनी र ठूला बनेका देशले कहिल्यै पनि गरिब तथा विकासशील देशका दुःख र आँसुको भाषा बुझ्न सक्दैनन् । अहिले महामारीमा पनि यो सत्य पुष्टि भएको छ । धनी देशहरूले फेरि पनि गरिब देशलाई आफ्नो बजारको रूपमा व्यवहार गरेको देखियो । तर, तिनले बुझ्नुपर्ने वास्तविकता के हो एउटै डुङ्गामा बसेका पृथ्वीवासीमध्ये कोही पनि असुरक्षित हुनुको अर्थ अरू पनि सहयात्री सङ्कटमा पर्नु हो । तसर्थ, खोप र जनस्वास्थ्य प्रणालीमा देखिएको असमानता हल गर्न संसारका धनी देश र अन्तर्राष्ट्रिय निकाय अझ गम्भीरतापूर्वक लाग्न जरूरी छ । कोभिड–१९ को महामारी अन्तिम नहुने वैज्ञानिकहरूको भनाइलाई आधार मानेर पनि संसारका धनी देशहरूको मति ठीक ठाउँमा आउने कामना गरौँ ।
Leave a Reply