भर्खरै :

संसारको छानोमा सुखद जीवन

पृथ्वीको तेस्रो पोल मानिएको छिङहाई–तिब्बत पठारभूमिलाई स्वर्गसँग तुलना गरिन्छ । स्वच्छ, सफा सँगसँगै रहस्यमय लाग्ने यस क्षेत्रमा पहिला कठोर प्राकृतिक वातावरण र कमजोर यातायात प्रबन्धका कारण स्थानीय बासिन्दाको जीवन यापनमा ज्यादै कठिनाइ थियो । केही वर्षयता तिब्बतमा अर्थतन्त्रको द्रुतगतिले विकास हुनुका साथै शिक्षा, चिकित्सा, वातावरण संरक्षण आदि क्षेत्रमा व्यापक सुधार हुँदै छ । तिब्बती सर्वसाधारणको जीवनमा ठूलो परिवर्तन भएको छ । केही वर्षदेखि ल्हासा सहर चीनमा सुखमय सूचकाङ्कमा सबैभन्दा अगाडि रहेको मूल्याङ्कन गरिएको छ । हामी संसारको छानो मानिने तिब्बतको सुखद जीवनको अनुभव गरौँ ।
कसाङ यिसी ल्हासो याङट्रोयुङ ताल पर्यटकीय क्षेत्रनजिकैको एउटा रेस्टुराँका प्रबन्धक हुन् । सन् २०१८ मा उनले जागिर छोडी साथीहरूसँग मिलेर उक्त रेस्टराँ खोलेका थिए । तिब्बतमा यातायात तथा पर्यटनको ठूलो विकासका साथै रेलमार्ग, विमानस्थल र राजमार्ग घरसम्म पुग्ने गरी निर्माण गरिएको छ । जसबाट कसाङ यीसीको रेस्टुराँमा धेरैभन्दा धेरै ग्राहकहरूको पहुँच पुगेको छ । उनको व्यापार पनि फस्टाउँदै गएको छ ।
“पहिला यातायात राम्रो थिएन । सडकका साथै बिजुलीको राम्रो बन्दोबस्त थिएन । खानपान र बसाइमा पनि असुविधा थियो । केही वर्षअघि याङट्रोयुङ ताल नजिकै हाम्रो रेस्टुराँ एउटामात्रै थियो ।” कसाङ यीसीले भने ।
तर, हाल फरक छ । विभिन्न क्षेत्रबाट पर्यटकहरू आएका छन् । विशेषगरी हरेक वर्षको व्यस्त सिजनमा प्रत्येक दिन रेस्टुराँमा खाना खाने पर्यटकको सङ्ख्या एक–दुई सय पुगेको छ । हरेक महिना कसाङको आम्दानी सरदर दस–बीस हजार युआन पुगेको छ ।
वाङच्यू ल्हासाको लालु सिमसारमा १४ वर्ष अघिदेखि कार्यरत छन् । हरेक दिन उनी सिमसारको सफाइ कार्यमा संलग्न रहनुका साथै गस्ती पनि गर्छन् । हरेक दिन सडकबाट शान्तिपूर्ण जङ्गल पुगेर हरिया दृश्यहरू हेर्छन् ।
सन् २०१९ देखि सिमसारको गस्ती मार्ग सर्वसाधारणका लागि निःशुल्क खुला गरिएको छ । विभिन्न जातीय सर्वसाधारणले त्यहाँ घुमेर स्वच्छ तथा ताजा हावा लिन पाएका छन् । वाङच्यूले गौरवका साथ भन्छन्, “यहाँको वातावरण राम्रो हुँदै गएको छ र सर्वसाधारणहरू यहाँ हरियाली दृश्यसँग रमाएको देख्दा आफ्नो काम देखेर गौरव र सुखद् लागेको छ ।”
सीआरआई.

Leave a Reply

Your email address will not be published. Required fields are marked *