हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
लखनउ, ५ अक्टोबर । भारतीय काङ्ग्रेस नेतृ प्रियङ्का गान्धी भद्रा, दीपेन्द्र सिंह हुडा र उत्तर प्रदेश पार्टी एकाइ प्रमुख अजेयकुमार लालुमाथि शान्ति सुव्यवस्थामा खलल पु¥याएको भन्दै उत्तर प्रदेश प्रहरीले उजुरी (एफआइआर) दर्ता गरेको छ ।
यसअघि नेतृ गान्धीलाई बिना एफआइआर वा आदेश २८ घण्टाभन्दा बढी समय प्रहरीको नियन्त्रणमा राखिएको थियो ।
आइतबार उत्तर प्रदेशको लखिमपुरा खिरा जिल्लामा किसानहरूको प्रदर्शनमाथि गाडी चलाउँदा चार जना किसानको निधन भएपछि किसानहरूलाई भेट्न जाने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । भारतको केन्द्रीय सरकारले पारित गरेका कृषि कानुनको विरोधमा आयोजित विरोध प्रदर्शनमा अचानक पछाडिबाट बेगमा गाडी छिराउँदा चार किसानले ज्यान गुमाउनुका साथै धेरै किसानहरू घाइते भएका थिए ।
यसरी जुलुसमाथि चलाइएको गाडी भारत सरकारका मन्त्री अजय मिश्रका छोरा आशिष मिश्रको भएको बताइएको छ । घटनामा चार जना किसानबाहेक अरू जना मानिस पनि मारिएका छन् ।
प्रहरीले नियन्त्रणमा लिएका प्रियङ्का गान्धीलाई सीतापुर जिल्लाको अतिथि सदनमा राखिएको समाचार स्रोतहरूले बताएका छन् ।
नियन्त्रणमा लिनुअघि प्रहरीले गान्धीलाई लखनउ सहर पस्न नै दिइएको थिएन । उनलाई घरमै नजरबन्दमा राखिएको थियो । तथापि, उनी हिँडेरै लखनउ प्रवेश गरेकी थिइन् । पछि काङ्ग्रेसका कार्यकर्ताहरूले उनलाई गाडीको व्यवस्था गरेका थिए । सार्वजनिक भएको एउटा भिडियोमा गान्धी बिनापुर्जी आफुलाई नियन्त्रणमा लिने प्रयासको विरोधमा प्रहरीसँग बाझाबाझ गरिरहेकी देखिन्छन् ।
यसैबीच भारतका छत्तिसगढका मुख्यमन्त्री भुपेश बाघेललाई विमानस्थलबाट कतै जान नदिए पछि विमानस्थलमै धर्ना बसेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले विमानस्थलमै धर्ना बसेको तस्वीर राखेका छन् । उनले बिनापुर्जी सुरक्षाकर्मीले आफूलाई कहीँ पनि जान रोक लगाएको बताएका छन् ।
एउटा भिडियोमा उनले सुरक्षाकर्मीलाई आफू लखिमपुर खेरा जान नलागेको बताइरहेका देखिन्छ ।
यसैबीच उत्तर प्रदेशको घटनाबारे अनुसन्धान गर्न भारतको सर्वोच्च अदालतमा रिट दायर भएको छ । घटनाबारे केन्द्रीय अनुसन्धान व्युरोमार्फत् अनुसन्धानको निम्ति आग्रह गर्दै रिट दायर गरिएको छ । दुई जना कानुन व्यवसायीहरूले सो रिट दायर गरेका हुन् ।
Leave a Reply