सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
भक्तपुर, २० असोज । दसैँको अवसरमा वागीश्वरी मा.वि.तथा कलेजका शिक्षक शिक्षिकाबीच बिहीबार शुभकामना आदानप्रदान भएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख तथा वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले वागीश्वरीले त्रिभुवन विश्वविद्यालयले जस्तै काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले देशको कुल बजेट १६ खर्बमा १ खर्ब ७१ अर्ब शिक्षामा बजेट छुट्याएकोमा अनुसन्धानको निम्ति ७९ लाखमात्र रहेको छ भने वागीश्वरीले त्यसका लागि २६ लाख छुट्याएको शिक्षा क्षेत्रका लागि राम्रो भएको बताउनुभयो । उहाँले भक्तपुरमा १ अर्ब ३२ करोडमा अदालत बनिरहेकोमा भक्तपुर नगरपालिकाले ७६ करोडमै ख्वप अस्पताल तयार गरेको स्पष्ट पार्नुभयो । उहाँले संस्थाको विकासका लागि सबैको उत्तिकै योगदान हुने भएकाले सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा कक्षा ११, १२ र कलेजका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरीको इज्जत प्रतिष्ठामा थोरै पनि झुक्ने काम नगरेको बताउनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वागीश्वरी मा.वि.को ख्यातीबाटै कलेज चलाउन सहयोग गरेको बताउनुभयो ।
प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षकहरू भानुभक्त हुमागाई, दिनेश प्रधान, बब्लुकुमार राई, ग्याहेन्द्रप्रसाद दाहाल, कृष्णप्रसाद कर्माचार्यलगायतले दसैँको शुभकामना व्यक्त गर्नुभएको थियो ।
Leave a Reply