भर्खरै :

बुद्धिचाल प्रतियोगिता शुरु

भक्तपुर जिल्लाव्यापी पुरुष तथा महिला खुल्ला रेटिङ्ग बुद्धिचाल प्रतियोगिता बुधबारदेखि शुरु भयो । प्रतियोगिताको उद्घाटन नेपाल बुद्धिचाल संघका वरिष्ठ उपाध्यक्ष विदुर गौतम र सल्लाहकार कुमार ग्वाछाले संयुक्त रुपमा चेसको गोटी चालेर गर्नुभयो । संघका केन्द्रिय उपाध्यक्ष ज्ञानेन्द्र खाइजूले प्रतियोगिता आयोजनामा खुशी व्यक्त गर्नुभयो भने संघका जिल्ला अध्यक्ष निरञ्जन प्रजापतिलाई खेल सामाग्री हस्तान्तरण गर्नुभयो ।
जिल्ला बुद्धिचाल संघका अध्यक्ष निरन्जन प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा भक्तपुर जिल्ला खेलकूद विकास समितिका प्रतिनिधि सञ्जय संैजु, प्रतियोगिता संयोजक तथा संघका उपाध्यक्ष पूर्ण सुन्दर श्रेष्ठ र सहसचिव शिव सुन्दर श्रेष्ठ लगायतले बुद्धिचाल खेलको विकास र बिस्तारमा खेलाडी संघका पदाधिकारी र खेलप्रेमिहरु निरन्तर लागेमा खेलकुद विकास र नयाँ खेलाडीको उत्पादन तीब्र रुपमा हुन्छ भन्नुभयो । सो प्रतियोगितामा ३६ पुरुष र ४ महिला खेलाडीले भाग लिनुभएको थियो ।
प्रतियोगितामा राष्ट्रियस्तरका महिला तथा पुरुष खेलाडीहरुले रोचक प्रतिस्पर्धा गरेका थिए । स्वीस लिग प्रणाली अनुसार ७ चरणसम्म हुने प्रतियोगिता असार ३० गतेसम्म चालु रहने छ । आज सम्पन पहिलो तथा दोश्रो चरणका खेलहरुबाट भेट्रान खेलाडी गणेशमान दुवाल,राज प्रजापति, विक्रम चोकामी, केशव मानन्धर ,दामोदर गाइजु , रवि श्रेष्ठ, कुमार ग्वाछा, शिवभक्त गाइजु र कृष्णगोपाल नापितले सत प्रतिशत जित हासिल गरी अग्रता लिएका छन ।महिला तर्फ भन्ने मतिना कुसी र कविता प्रजापतिले १ अंक सहित अग्रता लिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *