भर्खरै :

दसैँलाई रचनात्मक गतिविधिमा सदुपयोग गरौँ

सामान्यतः दसैँ मनाउने भन्नासाथ मीठो मसिनो खाने, चिटिक्क राम्रो लगाउने, मनोरञ्जन गर्ने, आफन्त परिवारसँग भेटघाट गर्ने भन्ने बुझ्छौँ । तर, स्वास्थ्यकर्मीहरू दसैँको नाममा धेरै खानपिनमा जोड दिनु स्वास्थ्यको लागि लाभदायक नभएको बताउँछन् । त्यसकारण, दसैँमा पनि सन्तुलित आहारमा ध्यान दिनुपर्ने र व्यायामलाई निरन्तरता दिनुपर्ने उनीहरू सल्लाह दिन्छन् । दसैँमा मासुजन्य खाद्यपदार्थको अत्याधिक प्रयोग हुने गर्छ । छोटो अवधिमा धेरै मासु सेवन गर्नु पनि स्वास्थ्यको लागि हितकारी होइन ।
दसैँमा मनोरञ्जनको नाममा जुवातास खेल्दा समाज नै विकृत बनेको हुन्छ । राणा शासनमा जनतालाई विकृतिमा भुलाउन दसैँ तिहारमा जुवा खोल्ने चलन थियो । तर, अहिले पनि त्यही शिलशिला चलेकै छ । दसैँलाई रमाइलो बनाउने नाममा जाँडरक्सीको अत्याधिक सेवन गर्दा घर परिवार र टोल छिमेकमा झै–झगडा बढ्ने गर्छ । त्यसकारण, दसैँमा फौजदारी अपराधका घटना पनि बढेको हुन्छ ।
दसैँलाई रचनात्मक गतिविधिमा संलग्न भएर समाजलाई अझै सुसंस्कृत बनाउन उपयोग गर्नुपर्छ । दसैँलाई समाजमा विकृति फैलाउन नभई संस्कृतिको उद्बोधनको निम्ति उपयोग गर्नुपर्छ । दसैँको समयलाई खानपिन र मनोरञ्जनको निम्ति मात्र नभई केही सिक्ने, केही सिकाउने, विचारको आदानप्रदान गर्ने, नयाँ विचार र पुस्तकबारे अन्तरक्रिया गर्ने समयको रूपमा उपयोग गर्नुपर्छ ।
समाजलाई प्रगतिशील बाटोमा डो¥याउने लक्ष्य लिएका प्रगतिशील विचारका मानिसहरू दसैँलाई भोजभत्तेर र मनोरञ्जनमा मात्र सीमित नगरी प्रगतिशील चिन्तन र विचार आदानप्रदानमा पनि विस्तारित गर्न खोजिरहेका छन् । उनीहरू दसैँमा अरू समय कार्यव्यस्तताले पढ्न नभ्याएका पुस्तकको अध्ययन गरेर मनाउँछन् । कतिपय लेखकहरू दसैँको मेसोमा लामो समयदेखि दिमागमा हलचल मच्चाइरहेका विचार र आख्यान लेख्ने गर्छन् । प्रगतिशील साहित्यप्रति रुचि राख्ने मानिसहरू साहित्य सम्मेलन आयोजना गरेर समाजमा परिवर्तनकारी विचार प्रवाहको निम्ति आफ्नो सक्रियतालाई निरन्तरता दिन्छन् । हिजोआज केही युवाहरू दसैँमा विभिन्न ज्ञानबद्र्धक चलचित्र हेरेर पनि रचनात्मक उपयोग गर्छन् । दसैँमै बुधबार सम्पादक तथा स्तम्भकार लक्ष्मणराज जोशी ‘जोराल’ ले श्रमिक र मजदुर दैनिकमा लेख्नुभएका लेख र स्तम्भवको सङ्कलन ‘प्रतिपक्षी कलम’ पुस्तक सार्वजनिक हुँदै छ । दसैँकै मेसोमा पत्रकार समाज नेपालले सोभियत नेता जेभी स्तालिनका अङ्गरक्षक एटी रेबिनको पुस्तकको नेपाली अनुवाद ‘स्तालिनसँग’ पनि प्रकाशित हुँदै छ । आगामी असोज ३१ र कार्तिक १ गते ४१ औँ नेपालभाषा साहित्य तःमुँज्या हुँदै छ । दसैँको रचनात्मक उपयोग गर्न यही समयमा विभिन्न महत्वपूर्ण कृति र लेखहरूमाथि विचार विमर्श पनि हुँदै छ ।
निश्चय पनि दसैँमा लामो समयदेखि भेटघाट नभएका साथीभाइ र आफन्तबीच भेटघाट हुँदा उल्लास अनुभव हुन्छ । रिसराग, इस्र्या, द्वैष भावना त्यागेर सबैसँग सद्भावपूर्वक आत्मियता साट्ने समय पनि दसैँ हुने गरेको छ । आपसी सम्बन्ध आत्मिय बनाउँदै समाजलाई सकारात्मक दिशातिर डो¥याउन गतिविधिमा पनि सहभागी जनाएर सुसंस्कृत समाज निर्माण योगदानमा आफ्नोतर्फबाट पनि इँटा थप्ने काम गरौँ । दसैँलाई रचनात्मकरूपमा उपयोग गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *