पुँजीवादी व्यवस्थामा आमूल परिवर्तन असम्भव
- असार ९, २०८३
काठमाडौँ उपत्यकाका सांस्कृतिक गतिविधिमा नयाँ पुस्ताको सहभागिता उत्साहप्रद देखिँदै छ । विभिन्न जात्रा पर्वमा बजाइने धिमे, बाँसुरी, धाँ लगायतका परम्परागत बाजा बजाउनेमा किशोरकिशोरीदेखि युवाहरूको सङ्ख्या उत्साहजनक रूपमा बढिरहेको छ । सबभन्दा उत्साहप्रद विषय त दशकअघि महिलाको निम्ति वर्जित मानिएका बाजागाजा बजाउने कर्ममा अहिले उनीहरूकै सहभागिता निकै बढेको छ । कुनै बेला केटीले बाजागाजा सिक्नु अमर्यादित मान्ने समाजले आज त्यसलाई स्वाभाविकमात्र होइन, अपरिहार्य मान्न थालेको छ । विगतमा छोरीहरूलाई बाजा बजाउन निषेध भएको वास्तविकता बताउँदा आजका किशोरी र युवतीहरू पत्याउन गा¥हो मान्छन् । बाजागाजामा महिला सहभागिता त्यो हदमा स्वाभाविक र सामान्य बनिसकेको छ ।
महिला र पुरूषबीच समानताको कोणबाट विश्लेषण गर्दा यो दृश्यलाई सामाजिक गतिविधिमा महिला सहभागिताको एउटा मापन मान्न सकिन्छ । महिलाहरू सडकमा बाजा बजाउँदै हिँड्नु महिलाप्रति हिजोको अनुदार समाजको तुलनामा उल्लेखनीय परिवर्तन हो । आज महिलाहरू सांस्कृतिकरूपमा आफूलाई अभिव्यक्त गर्नसक्छन् । आफ्नो संस्कृतिको मौन पर्यवेक्षकमात्र होइन, सक्रिय सहभागी पनि बन्न आजको पुस्ता अग्रसर छ ।
महिलावादी सिमोन द वुअरले महिलाले पुरूषजस्तै बन्न खोज्नु महिलामा विद्यमान पुरूषवादी चिन्तनकै निरन्तरता वा अवशेष भनेका छन् । बाजागाजा इतिहासदेखि नै पुरूषको कर्म हुँदै आएकोले त्यसमा स्थापित मानक पुरूषमै आधारित छन् अथवा पुरूषले नै बनाएका हुन् । बाजागाजा बजाउन उही पुरूषकै ढाँचाको नक्कल गर्न खोज्नु भने पुरानो मान्यताबाट मुक्त हुन नसक्नुको द्योतक हो । त्यसकारण, बाजागाजा बजाउने सन्दर्भमा पनि महिलाहरूले आफ्नो नयाँपना विकास गर्न जरूरी छ । हिजोको शैलीमा केही विकृति र अतिरञ्जना पनि मिसिएको छ । ती कुराबाट अलग बनाएर बाजागाजाको संस्कृतिलाई अझ सुन्दर बनाउन आवश्यक छ ।
दाफाजस्ता परम्परागत सामाजिक सङ्गठनमार्फत बाजागाजा सञ्चालित हुँदै आएकोमा आज त्यसमा पनि परिवर्तन देखापर्दै छ । दाफामार्फत सञ्चालन वा प्रशिक्षण हुने अवस्थामा महिलाको सहभागिता फेरि पनि लामो समयसम्म निषेध अथवा न्यून हुने अवस्था थियो । तर, सामाजिक सङ्गठनका नवीन संस्करणहरूले आज महिला सहभागितालाई फराकिलो बनाएको छ । विभिन्न टीम, क्लव, सहकारी संस्था, समूह, विद्यालयमार्फत महिलाहरू यो क्षेत्रमा सक्रिय हुने बाटो खुलेको छ ।
समाजका कुनै पनि क्षेत्रमा महिला र पुरूष समान गतिमा अघि बढ्नु प्रगतिशील समाज निर्माणको दिशामा अघि बढ्नु हो ।
काठमाडौँ उपत्यकाको परम्परागत संस्कृतिमा सुधार र परिमार्जन गर्नुपर्ने पक्ष धेरै छन् । अझै पनि सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा महिलाको सहभागिता निषेधित छ । ती क्षेत्रमा पनि महिलालाई पुरूषसरह सक्षम र सक्रिय सहभागी बनाउन अझ लामो सङ्घर्षको खाँचो छ ।
परम्परागत बाजागाजा र संस्कृतिलाई शैक्षिक निकायमार्फत अघि बढाउँदा तिनमा महिला सहभागिता अझ बढेको अनुभवले देखाएको छ । छात्र–छात्राबीच विभेद ज्यादै न्यून रहेको शैक्षिक संस्थामा हुने सांस्कृतिक गतिविधिले परम्परागत पूर्वाग्रह पनि भत्काएको हुन्छ । जसले महिला सहभागिताको बाटो फराकिलो बनाएको देखिन्छ ।
संस्कृतिको विशाल रथ अब महिला वा पुरूष एक्लैले अघि बढाउन सकिँदैन । त्यसको निम्ति दुवै पाङ्ग्राको समान महत्व रहन्छ । त्यसकारण सांस्कृतिक गतिविधिमा महिला सहभागितालाई अझ प्रोत्साहित गर्नु समयको आवश्यकता हो । नेपालको लोकतन्त्रको साख ध्वस्त बनाउने यो घटना सत्य नहोस्, नेपाली जनताको कामना !
Leave a Reply