भर्खरै :

अफगानिस्तानमा बेलायत

सन् २०२१ मा अमेरिकी र बेलायती सेनाले जसरी हतार र अनुचितरूपमा अफगानिस्तानको राजधानी काबुल अपमानजनकरूपमा छोडेका थिए, त्यसरी नै सन् १८४२ मा बेलायतीहरूले त्यो सहर छोड्नुपरेको थियो । बेलायतहरूले छोडेर गए पनि त्यसपछिका झण्डै दुई सय वर्ष अफगानिस्तानको निम्ति लामो सङ्कटको अवधि सिद्ध भयो । किन ? बेलायती उपनिवेशवादी र राजनीतिक नेताहरूले अफगानिस्तान र अफगान जनताले व्यहोर्नुपरेको मूल्यले प्रतिकूलता, क्रुरता र अमानवीयताको कथा उजागर गर्छ । ती कथाले सिकाएको पाठ बेलायतले अझै पनि सिक्न सकेको छैन ।
सन् १८३९ मा अफगानिस्तानः पाक्स ब्रिटानिकाको कठपुतली
बेलायती साम्राज्यको लागि संसारका अन्य धेरै ठाउँजस्तै अफगानिस्तान पनि धनसम्पत्ति लुटपाट गर्ने उपनिवेश नभए पनि कम्तीमा आफ्नो प्रभाव थोपर्ने ठाउँ हो । आफ्नो शत्रु रुसलाई माथ पार्ने र मध्य एसियामा आफ्नो शक्ति बिस्तार गर्ने प्रयासमा बेलायतले सन् १८३९ मा अफगानिस्तानमाथि हमला ग¥यो । अफगानिस्तानका शासक दोस्त मोहम्मदलाई सत्ताच्युत गरियो र उनको ठाउँमा अङ्ग्रेजपक्षधर शाह शुजालाई सत्तासीन बनाइयो । अवैधानिक र अलोकप्रिय नयाँ शासकको शासनमा अफगानी जनताको हित मरुभूमिमा पानी खोजेजस्तै भयो । बेलायती उपनिवेशवादीहरूको लागि भने शाह शुजाका कमजोरी नै फाइदाको विषय बन्यो । शुजाले आफूले भनेको कुरा मान्दासम्म अफगान जनताको भाग्यबारे बेलायतको उपनिवेशले कहिल्यै सोचेन ।
तर, अफगानी पहाडियाहरूका सङ्गठित दफ्फाहरूले शक्तिशाली अङ्ग्रेज–भारतीय सेनालाई पराजित ग¥यो । ती पहाडियाहरूलाई बेलायतीहरूले सिन्कीको भाउ पनि दिएका थिएनन् । तर, उनीहरू नै बेलायतको अपराजयतालाई माथ खुवाउने शक्ति प्रमाणित भए ।
सन् २००१ देखि २०२१ सम्ममा बेलायती सेनाले मारेका अफगान नागरिकः हरेकको मूल्य औसतमा २३८० पाउन्ड
सन् १९१९ मा तीन वटा अङ्ग्रेज–अफगान युद्धपछि पनि अफगानिस्तानमा बेलायती उपस्थिति रोकिएन । सन् २००१ मा बेलायती सेना नाटो सेनासँग फेरि अफगानिस्तान गयो । यसपटक उनीहरू न्याय दिने बहानामा अफगानिस्तान गए । तर, वास्तवमा उनीहरू अफगानी जनताको जीवन र आत्मसम्मानमाथि निर्मम दमन गर्न गएका थिए । बेलायतको रक्षामन्त्रालयले बेलायती सेना ८६ जना केटाकेटी (उनीहरूमध्ये सबभन्दा सानो तीन वर्षको थियो) र २ सत्र्न्दा बढी वयस्क सर्वसाधारणको हत्याको निम्ति जिम्मेवारी रहेको अभिलेख बनाएका छन् । बेलायती सेनाले मारेका हरेक अफगानीलाई औसतमा २ हजार ३८० पाउन्ड क्षतिपूर्ति दिएको थियो । केहीलाई त केही सय पाउन्ड मात्र क्षतिपूर्ति दिइएको थियो । कहीं कहीं त मर्नेलाई भन्दा सम्पत्तिको क्षतिपूर्ति बढी थियो । रक्षा मन्त्रालयले दिएको क्षतिपूर्तिको यस्तो टीठलाग्दो सत्य अध्येता मुरे जोन्सले प्रस्टरूपमा औँल्याएका थिए । उनले भनेका छन्, “यस्तो रुखो भाषाको प्रयोगको अर्थ सयौँको दुःखद् निधनलाई मानवीय सङ्कटको रूपमा भन्दा उपलब्धिको रूपमा लिइएको देखिन्छ ।”
सन् २०२१ को अगस्टमा काबुलबाट बहिर्गमन ः कुकुर बिरालो भित्र, अफगान जनता बाहिर
बेलायती मूल्य प्रणालीमा अफगान जनताको मूल्य दुई महिनाअघि काबुलबाट निर्दयी फिर्ताको क्रममा देखियो । सन् २०२१ को अगस्ट २७ मा बेलायतको रक्षामन्त्रालयको अनुमतिमा पशु पक्षीको रक्षा गर्ने नाउजाद नामको गैरसरकारी संस्थाले सफलतापूर्वक १४० वटा कुकुर र ६० वटा बिरालालाई काबुल विमानस्थलबाट चार्टर गरिएको विमानबाट सफलतापूर्वक उद्धार गरिएको थियो । तर, बेलायती सेनाको लागि काम गरेका हजारौँ अफगान र उनीहरूका परिवारको लागि विमानमा स्थान पाउन हम्मेहम्मे भएको थियो । एक जना बेलायती सेनाको लागि भाषा अनुवादको रूपमा काम गरेका एक जना अफगानी नागरिक आक्रोश र सन्तापमा बोलेको कुरा द गार्जियनले रेकर्ड गरेको थियो । उनले भनेका थिए, “के मेरो पाँच वर्षको सन्तानभन्दा कुकुर महत्वपूर्ण हो ?”
विचारा बुढो मान्छेलाई बेलायतको मान्यता थाहा रहेनछ । बेलायतको रक्षामन्त्रालयले पशुहरूको त्यो उद्धारलाई सहृदयताको उदाहरणको रूपमा कदर ग¥यो । उक्त गैरसरकारी संस्थाले ती पशुहरूले अब नयाँ घर पाउनेछन् । ती पशुहरूका कथा थाहा पाएको भए मानिसहरू सद्भावले कति भावुक हुने थिए !
बीस वर्षको अफगान युद्धको क्षतिपूर्ति : हातमा लाग्यो शून्य
अफगानिस्तानमा बीस वर्ष लामो युद्धको क्षतिपूर्ति बेलायतसँग मागिँदा धेरैले उसले दिने उत्तरको अनुमान गरेको हुनसक्छ । अफगानिस्तानमा स्थल सेना बटालियनका पूर्व कमान्डिङ अफिसर कर्णेल रिचर्ड केम्पको ‘देशलाई अस्तव्यस्ततातिर डो¥याउनेहरू’ लाई ‘बेलायत सरकारले एक पैसा पनि दिने सोच्नुहुन्न ।’ सम्मानित कर्णेलले शतप्रतिशत विनाशमा टुङ्गिएको युद्धको निम्ति खासमा को दोषी छ भन्ने कुरा बुझ्न जरुरी छ । अहिले त कर्णेल महानुभावहरू नर्कको ढोका बन्द गरेर भागिसकेका छन् । उनले अहिले अफगान जनताले भोगिरहेको नारकीय अवस्था अनुभव गर्न सक्नेछन् । बेलायतले अफगानी जनतालाई कहिल्यै पनि मानिसको व्यवहार गरेन । शेक्सपियरको शब्दमा ‘मानवता’ को मूल मर्म भनेको जीवन र प्रगतिको अपरिहार्य अधिकार हो । बरु अफगान जनता उनीहरूको लागि देशको उपलब्धिको निम्ति बस्तु जस्तै बनेका छन् ।
यथार्थमा अफगान जनता आफ्नो देशको मामिलामा बेलायतले लामो समयदेखि खेल्दै आएको विषयमा सचेत छन् । त्यही भएर अफगानीहरू ‘खराब अङ्ग्रेज रगत’ भन्छन् । बितेका दुई वर्षमा बेलायतीहरूले अफगानी जनामाथि गरेको अत्याचारको त्यो परिणाम हो । मानवअधिकारबारे दोहोरो मान्यता बेलायती साम्राज्यको भित्री आत्मामा बसेको छ ।
२१ औँ शताब्दीका २१ वर्ष बेलायती अझै पनि भिरालो बाटोको सामना गरिरहेका छन् । पृथ्वीका सबै मानिसले जस्तै अफगानी जनताले पनि आफू मानिस भएको र कसैले उपेक्षा र अपमान गर्न सक्ने वस्तु नभएको कुरा सम्झनु महत्वपूर्ण कुरा हो ।
(लेखक अन्तर्राष्ट्रिय मामिलाका टिप्पणीकार हुनुहुन्छ ।)
स्रोत :ग्लोबल टाइम्स
नेपाली अनुवाद :सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *