भर्खरै :

नेमकिपाको एमसीसी विरोधी अभियान

नेपाल मजदुर किसान पार्टीले एमसीसी सम्झौताको विरोधमा थालेको देशव्यापी अभियान चालु छ । देश हितविपरीतको एमसीसी सम्झौताको विरोधमा काठमाडौँ उपत्यकाका सबै नगरपालिकामा विरोध जुलुस र प्रदर्शनपछि यतिबेला पूर्वी नेपालका विभिन्न सहरमा विरोध प्रदर्शन र सभा गरिरहेको छ । त्यस्तै पश्चिमका विभिन्न जिल्लामा पनि यसअघि जनतालाई सचेत बनाउने विभिन्न गतिविधि सम्पन्न भइसकेको छ ।
एमसीसी सम्झौताको विरोध गर्ने राजनीतिक र नागरिक सङ्गठनहरू पनि आफ्ना कार्यक्रम मुलतः राजधानीको माइतीघर मण्डलामा केन्द्रित गरेको देखिन्छ । त्यस्ता कार्यक्रम सस्तो लोकप्रियताको निम्ति काम लागे पनि खास बुझाउनुपर्ने जनता लाभान्वित हुने गर्दैन । राजनीतिलाई काठमाडौँमा बस्ने सीमित धनाढ्य र कुलीन वर्गकै वरपर केन्द्रित गर्ने पुरानो सामन्तवादी सोचकै शिलशिलाको रूपमा त्यस्ता कार्यक्रमलाई लिन सकिन्छ । एमसीसी सम्झौताजस्तो देशको दीर्घकालीन प्रभाव पार्ने विषयमा केही पढेलेखेका स्वघोषित बुद्धिजीवीको बौद्धिक विलासमा मात्र सीमित राख्नु उचित होइन । यो विषयलाई व्यापक नेपाली जनतासम्म पु¥याउन जरुरी छ । त्यसो त देशमा दीर्घकालीन प्रभाव पार्ने यस्ता विषयलाई राज्य आफैले जनताबीच पु¥याएर गहन छलफल गर्नुपर्ने थियो । तर, राज्यको चरित्र पक्कै पनि त्यस्तो छैन । राज्य सकेसम्म सूचना जनताबाट लुकाउन खोज्छ । ज्ञानेन्द्रबहादुर कार्कीले वाशिङ्टनमा पुगेर एमसीसी सम्झौतामा हस्ताक्षर गरेको कुरा नै धेरै पछि मात्र नेपाली जनताले थाहा पाए । राज्य जनतालाई देशको भविष्यमा गम्भीर प्रभाव पार्ने विषयमा छलफल गर्न चाहँदैन भन्ने एउटा पछिल्लो उदाहरण यही पनि हो ।
त्यसकारण, एमसीसी सम्झौताको विरोधमा उभिएका राजनीतिक दल र नागरिक सङ्गठनले जनताको घर–आँगनमै पुग्न जरुरी छ । अहिले नेपाल मजदुर किसान पार्टी र त्यसका जनवर्गीय सङ्गठनले यो अपरिहार्य जिम्मेवारी पूरा गरिरहेका छन् । नेमकिपासम्बद्ध युवा–विद्यार्थीहरू अहिले जनताको घर–दैलो पुगेर एमसीसी सम्झौता किन देशको हितविपरीत छ, साम्राज्यवाद भनेको के हो र अमेरिकी साम्राज्यवादले संसारमा के कस्ता उपद्रव ग¥यो भन्ने विषयबारे सचेतना फैलाउने काम गरिरहेको छ । एमसीसीको विरोध वा समर्थन बुद्धि विलास मात्र होइन । यो खेतमा काम गर्ने किसान, कलकारखानामा काम गर्ने श्रमिकदेखि साधारण व्यापारी र कर्मचारी सबैले बुझ्नुपर्ने विषय हो । ठूला र शासक दलका पक्षधर सञ्चारमाध्यमले एमसीसी सम्झौताको समर्थनमा लगातार प्रचार गरिरहेका छन् । त्यसले कतिपय पढेलेखका मानिसमा पनि नेपालको आर्थिक विकासको निम्ति एमसीसी सम्झौतामा हस्ताक्षर गर्नु अनिवार्य भएजस्तो भ्रम पालेर बसेका छन् । तर, वास्तविकता उनीहरूको बुझात्न्दा नितान्त भिन्न छ । एमसीसी सम्झौताले देशको आर्थिक विकास होइन, बरु साम्राज्यवादको रणनीतिक क्रिडास्थलमा परिणत गर्छ । विडम्बना ¤ सरकारी सञ्चारमाध्यम, ठूलो भनिएका पुँजीवादी सञ्चारमाध्यमहरू यो वास्तविकता प्रचार गर्न तयार छैनन् । तसर्थ, जनतासमक्ष वास्तविकता बताउने जिम्मेवारी नेमकिपाजस्तो देश र जनताको हितमा लगातार इमानदारीका साथ लड्दै आएका राजनीतिक दलको काँधमा आइपुगेको छ । नेमकिपाले यो जिम्मेवारी पूरा गरेको छ । त्यसको निम्ति देशभक्त नेपाली जनताको तर्फबाट नेमकिपालाई धन्यवाद दिनैपर्छ । विगतमा नेपाली जनता गणतन्त्र स्थापनाको आन्दोलनमा होमिंदा नेमकिपाले देशव्यापीरूपमा श्रमिक जनताको हित गर्ने गणतन्त्र अर्थात् समाजवादी गणतन्त्रबारे देशव्यापी प्रचार अभियान थालेको थियो । देशका कुनाकाप्चा पुगेर नेमकिपाका कार्यकर्ताले चलाएको समाजवादी प्रचार अभियानले नेपाली जनतालाई समाजवादी व्यवस्थाबारे जानकारी दिन मद्दत पुगेको थियो । त्यही अभियानको परिणामस्वरुप नेपालको संविधानमा समाजवादउन्मुख व्यवस्था संस्थागत भयो ।
अहिले नेमकिपाले देशव्यापीरूपमा गरिरहेको एमसीसीविरोधी अभियानले पनि देश हितविपरीतको साम्राज्यवादी एमसीसी परियोजना विफल बनाउन मद्दत पुग्ने विश्वास गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *