पूर्ण र कठोर पार्टी स्वशासनका साथ अडिग रहने सङ्कल्प पारित गर्दै चिकपाको पूर्ण बैठक सम्पन्न
- कार्तिक १४, २०८३
नयाँ दिल्ली, २७ अक्टोबर । गत साता भारतका हिन्दू दक्षिणपन्थी शक्तिहरूले एउटा कम्पनीको चाडपर्वको शुभकामना विज्ञापनमा केही शब्द उर्दु भएपछि त्यो विज्ञापन नै फिर्ता लिन बाध्य बनाए । उनीहरूले उर्दु भाषालाई ‘मुसलमान भाषा’ भन्दै यस्तो दबाब दिएका थिए ।
फ्याबइन्डिया नामको कम्पनीले हिन्दूहरूको ठूलो पर्व दिवालीको अवसरमा आफ्ना पछिल्ला डिजाइनका पोशाक प्रदर्शन गर्दै दिएको विज्ञापनमा ‘जस्न–इ–रिभाज’ शब्द प्रयोग भएको थियो । उर्दु शब्द ‘जस्न’ को अर्थ उत्सव हुन्छ भने ‘रिभाज’ को अर्थ रिवाज वा परम्परा भन्ने लाग्छ । त्यसअर्थमा ‘जस्न–इ–रिभाज’ को अनुवाद उत्सवको परम्परा हुन्छ ।
तर, मुसलमानहरूविरुद्धको कडा टिप्पणीका कारण बेला – बेलामा चर्चामा आइरहने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीका युवा सांसदले ती शब्दहरूमा आपत्ति जनाए ।
“दीपावली ‘जस्न–इ–रिभाज’ होइन”, ३० वर्षका सांसद तेजस्वी सूर्यले दिवालीको पुरानो नाम उद्धृत गर्दै ट्वीटरमा लेखे ।
“हिन्दू चाडपर्वको अब्राहमकरणको यस्तो खुलमखुला प्रयास र हिन्दू परम्पराको कुनै छनक नभएको यस्ता कामलाई बन्द गरिनुपर्छ”, उनले भने ।
फ्याबइन्डिया भारतमा लुगा, फर्निचर, घर फनिर्सिङ र खानाका परिकारको लागि लोकप्रिय नाम हो । भारत र विदेशमा पनि यसका कैयौँ शो रुमहरू छन् ।
सांसद सूर्यले ‘यस्ता कामका कारण कम्पनीले आर्थिक क्षति व्यहोर्नुपर्ने’ चेतावनी दिए ।
लगत्तै पछि भाजपाका अन्य सदस्य र हिन्दू राष्ट्रवादी समूहले पनि फ्याबइन्डियाको सामाजिक सञ्जालमा विरोध गरे । फ्याबइन्डियाले हिन्दूहरूको धार्मिक भावनालाई ‘आघात’ पारेको उनीहरूको भनाइ थियो ।
“हिन्दूत्व पक्षधरहरू उर्दु भाषालाई ‘मुसलमान’ भाषा मान्छन् । अनि उर्दु भाषामाथि हमला मुसलमान समुदायमाथि हमलाको हिस्सा हो”, भारतको राजधानी नयाँ दिल्लीस्थित जेएनयूअन्तर्गत राजनीतिशास्त्रका प्राध्यापक निभादिता मेननले भनिन् ।
‘हिन्दूत्व’ को अर्थ शताब्दी पुरानो हिन्दू सर्वोच्चतावादी आन्दोलन हो जसले भारतलाई हिन्दू राज्य बनाउने लक्ष्य बोकेका छन् ।
उर्दुको जन्मस्थान भारत
तर, उर्दु भाषाको खास जन्म थलो भने भारत नै हो । मुगल शासनकालमा उत्तरी भारतमा उर्दु भाषाको विकास भएको थियो । भाषाशास्त्री र इतिहासकारहरू उर्दु र हिन्दीको सुरुवात दिल्ली क्षेत्रको खादी बोली र प्राकृतबाट विकास भएको बताउँछन् । उर्दु भाषामा पर्सियाली, टर्किस र अरबी भाषाका शब्दहरूको सघन प्रयोग हुने गर्दछ ।
बेलायतले हिन्द उपमहाद्वीपमा शासन गर्दा उर्दु र हिन्दी भाषा दुवैलाई हिन्दूस्तानी भाषा भन्ने चलन थियो । बेलायतका भाषाशास्त्री जोन गिलक्राइस्टले पहिलो पटक हिन्दूस्तानी भाषालाई दुई भागमा विभाजन गरी व्याख्या गरेका थिए । पर्सियाली र अरबी भाषाबाट बढी प्रभावित भाषालाई उर्दु र संस्कृतबाट बढी प्रभावित भाषालाई हिन्दी भाषा भनिन थालियो ।
तथापि, बोल्दा उर्दु र हिन्दी उस्तै सुनिन्छ । दुवैको व्याकरण उस्तै छ । उनीहरूबीच ठूलो सङ्ख्यामा शब्दभण्डार पनि एउटै छ ।
शताब्दियौँदेखि उर्दु भाषा हिन्दू, मुसलमान र सिखहरूले व्यापकरूपमा बोल्दै आए । हिन्दूस्तानका धेरै कवि र लेखकहरू जस्तै मुन्सी प्रेमचन्द, राजिन्द्र सिंह बेडी, फिरक गोरखपुरी र गुलजारहरू मुसलमान होइनन् ।
भारतको संविधानले औपचारिकरूपमा मान्यता दिएका २२ भाषामध्ये उर्दु पनि पर्दछ ।
कविता र साहित्यका अतिरिक्त उर्दु भाषाको प्रभाव भारतीय हिन्दी चलचित्रहरूमा पनि उर्दु भाषाको प्रभाव बढी छ । ती चलचित्रमा ठूलो सङ्ख्यामा उर्दु कवि र लेखकहरूले चलचित्रका पटकथा, गीत र कथा लेख्ने गर्छन् ।
भारतका धेरै मानिसहरू उर्दु भाषाको कारण पनि धार्मिकरूपमा विभाजित भारतलाई एकगठ बनाएको विश्वास गर्छन् ।
फ्याबइन्डियाको विवादपछि सामाजिक सञ्जालका धेरै प्रयोगकर्ताहरूले बलिउडका धेरै गीत र संवादमा उर्दु शब्दहरूको सट्टा हिन्दू शब्द राखेर व्यङ्ग्य पनि गरेका छन् । त्यसो गर्दा गीत र संवाद रसविहीन सुनिएको थियो ।
Leave a Reply