चिकपाले भ्रष्टाचारविरोधी प्रयासका साथ पार्टी स्वशासनलाई अगाडि बढाउँदै
- कार्तिक १५, २०८३
(संयुक्त राष्ट्र सङ्घमा जनवादी गणतन्त्र चीनको वैधानिक पुनःस्थापनाको ५० औैँ वर्ष पुगेको अवसरमा आयोजित सम्मेलनमा व्यक्त मन्तव्यको अनुवाद प्रस्तुत छ)
महामहिम महासचिव एन्टोनिओ गुटरेज,
महामहिम कूटनीतिक प्रतिनिधिहरू र अन्तर्राष्ट्रिय स·ठनका प्रतिनिधिहरू,
महिला तथा सज्जनवृन्द
साथीहरू
कमरेडहरू ।
पचास वर्षअघि आजको दिन संयुक्त राष्ट्र सङ्घको महासभाको २६ औँ अधिवेशनमा अत्याधिक बहुमतबाट प्रस्ताव २७५८ पारित भएको थियो । सो प्रस्तावअनुसार जनवादी गणतन्त्र चीनलाई सम्पूर्ण अधिकारसहित संयुक्त राष्ट्र सङ्घमा पुनःस्थापना गरियो । साथै संयुक्त राष्ट्र सङ्घमा जनवादी गणतन्त्र चीनको सरकारका प्रतिनिधिलाई नै मात्र चीनको आधिकारिक प्रतिनिधिको मान्यता दिइयो । त्यो निर्णय चिनियाँ जनता र संसारका जनताको विजय थियो ।
आज, यो विशेष अवसरमा हामी विगत इतिहासको समीक्षा गर्न र भविष्यको खाका बनाउन यहाँ भेला भएका छौँ । त्यसकारण आजको हाम्रो यो भेला विशेषरूपमा उल्लेखनीय छ ।
संयुक्त राष्ट्र सङ्घमा नयाँ चीनको वैधानिकरूपमा पुनःस्थापना हुनु संसार र संयुक्त राष्ट्र सङ्घको लागि महत्वपूर्ण घटना थियो । संसारमा न्यायको पक्षमा उभिएका सबै शान्तिप्रेमी देशहरूको साझा प्रयासको परिणामस्वरूप त्यो उपलब्धि हासिल भएको थियो । त्यो निर्णयसँगै चिनियाँ जनता अर्थात संसारको कुल जनसङ्ख्याको एक चौथाइ जनसङ्ख्याले संयुक्त राष्ट्र सङ्घको दबुमा प्रवेश पाएको थियो । चीन र सि·ो संसारको निम्ति त्यो उल्लेखनीय र दीर्घकालीनरूपमा महत्वपूर्ण थियो ।
यो अवसरमा म चीन सरकार र चिनियाँ जनताको तर्फबाट म संयुक्त राष्ट्र सङ्घीय महासभाको प्रस्ताव २७५८ का प्रस्तावक र समर्थक सबै देशहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । साथै न्यायको पक्षमा उभिने सबै देश र जनताप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु ।
महिला तथा सज्जनवृन्द, साथीहरू र कमरेडहरू
संयुक्त राष्ट्र सङ्घमा नयाँ चीनले वैधानिक स्थान पाएयता बितेका पाँच दसकमा चीनले शान्तिपूर्ण विकास ग¥यो र सम्पूर्ण मानव जातिको हितप्रति आफ्नो प्रतिबद्धता र समर्पणप्रति दृढनिश्चयी रह्यो ।
–यी पचास वर्षमा परिवर्र्तित परिस्थितिमा पनि चीनको विकासलाई सही दिशामा डो¥याउन अथक भावना प्रदर्शन गरिरह्यो । फलतः चीन र मानव जातिको विकासमा एउटा महान खण्ड लेख्न सफल भयो । नयाँ चीन स्थापनायता राष्ट्र निर्माण र विकासमा उपलब्धि हासिल गर्दै चिनियाँ जनताले सुधार र खुलापनको नयाँ ऐतिहासिक युगको सुरुवात ग¥यौँ । चिनियाँ विशेषतासहितको समाजवादको सफलतापूर्वक सुरुवात र विकास ग¥यौँ । हामीले उत्पादकत्व लगातार बढायौँ र जनताको जीवनस्तर उकास्यौँ । फलतः आज चीन तुलनात्मकरूपमा न्यून उत्पादकत्व भएको देशबाट संसारकै दोस्रो ठुलो अर्थतन्त्रमा पुग्न सफल भएको छ । कठिन मिहिनेत गरेर चिनियाँ जनताले चीनको विशाल भू–भागमा मध्यम ढ·ले समृद्ध समाज बनाउने लक्ष्यमा पूर्ण सफलता हासिल गरेको छ । हामीले गरिबीविरुद्धको लडाइँ जित्यौँ । फलतः निरपेक्ष गरिबी उन्मुलनमा हामीले ऐतिहासिक सफलता हासिल ग¥यौँ । अब हामी आधुनिक समाजवादी देश निर्माणतिरको नयाँ यात्रामा अघि बढेका छौँ । चिनियाँ राष्ट्रको महान पुनःजागरणको उज्यालो सम्भावनाको ढोका खोल्न सफल भएका छौँ ।
– यी पचास वर्षमा संसारभरका जनतासँग चीनका जनताले ऐक्यबद्धता र सहकार्य ग¥यो । विश्व शान्ति र विकासमा उल्लेखनीय योगदान गर्न अन्तर्राष्ट्रिय समता र न्यायको पक्षमा उभियो । चिनियाँ जनता शान्तिप्रेमी छन् । हामीलाई शान्ति र स्थायित्वको महत्व थाहा छ । हामीले अथक रूपमा शान्तिपूर्ण र स्वतन्त्र विदेश नीति अ·ीकार गरेका छौँ । निष्पक्षता र न्यायको पक्षमा हामी दृढतापूर्वक उभिएका छौँ । हामी प्रभुत्ववाद र शक्ति राजनीतिको दृढतापूर्वक विरोधमा छौँ । सार्वभौमिकताको रक्षा, सुरक्षा र विकासको लागि अन्य विभिन्न विकासशील देशहरूका न्यायपूर्ण सङ्घर्षका चिनियाँ जनता दृढ समर्थकहरू हौँ । चिनियाँ जनता साझा विकास हासिल गर्नेमा प्रतिबद्ध छौँ । तजारा रेलमार्गदेखि बेल्ट एन्ड रोड परियोजनासम्म हामीले अन्य विकासशील देशहरूलाई सक्दो सहयोग गरेका छौँ । हाम्रो आफ्नै विकासमार्फत् हामीले संसारलाई नयाँ अवसरका ढोका खोलेका छौँ । कोभिड–१९ महामारीको चुनौतीपूर्ण समयमा चीन संसारलाई कोभिडसँग लड्दाको आफ्नो अनुभव संसारलाई बाँड्न सक्रिय भयो । विभिन्न देशलाई ठुलो परिणाममा आवश्यक सामग्री, खोप र औषधि उपलब्ध गरायौँ । हामीले गम्भीरतापूर्वक विज्ञानमा आधारित सहकार्यमार्फत कोभिड–१९ को उत्पत्तिको स्रोत खोज्यौँ । महामारीमाथि मानव जातिको अन्तिम विजय हासिल गर्न इमानदार र सक्रिय पहलमा योगदान गर्न चीनले ती सबै काम ग¥यो ।
– यी पचास वर्षमा चिनियाँ जनताले संयुक्त राष्ट्र सङ्घको प्राधिकार र पवित्रतालाई समर्थन ग¥यो । बहुपक्षतावादको अभ्यास ग¥यो । संयुक्त राष्ट्र सङ्घसँग चीनको सहकार्य गम्भीरतापूर्वक अघि बढिरहेको छ । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को स्थायी सदस्यको नाताले चीन्ले आफ्ना जिम्मेवारी र लक्ष्य इमानदारीका साथ पूरा गरेको छ । संयुक्त राष्ट्र सङ्घको बडापत्रका लक्ष्य र सिद्धान्तमा चीन इमानदार छ । अन्तर्राष्ट्रिय मामिलामा संयुक्त राष्ट्र सङ्घको केन्द्रीय भूमिकालाई कदर गरेको छ । चीन कुनै पनि विवादको शान्तिपूर्ण राजनीतिक समाधानको पक्षमा सक्रियतापूर्वक उभिएको छ । संयुक्त राष्ट्र सङ्घको शान्ति सेनामा चीनले ५० हजारभन्दा बढी शान्ति सेना पठाएको छ । संयुक्त राष्ट्र सङ्घ र संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसन दुबैमा चीन संसारकै दोस्रो सबभन्दा धेरै पैसा दिने देश बनेको छ । संयुक्त राष्ट्र सङ्घीय सहस्राब्दी विकास लक्ष्य हासिल गर्ने सुरुका देशहरूमध्ये चीन पनि पर्दछ । सन् २०३० दिगो विकास एजेन्डा कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेल्नमा पनि चीन अग्रपङ्क्तिमा छ । संसारबाट ७० प्रतिशतभन्दा बढी गरिबी निवारण गर्न संयुक्त राष्ट्र सङ्घले सो परियोजना लागु गरेको हो । चीनले संयुक्त राष्ट्र सङ्घीय बडापत्र र मानवअधिकारबारे विश्वव्यापी घोषणाको भावनाअनुसार काम गरिरहेको छ । चीन मानवअधिकारको विश्वव्यापी मान्यतालाई चीनको सन्दर्भमा लागु गर्न व्यग्र छ । चीनले मानवअधिकार विकासको बाटो खनेको छ । त्यो बाटो समयानुकूल दिगो छ र आफ्नै चिनियाँ विशेषता बोकेको छ । फलतः चीनले मानवअधिकारमा प्रगतिको लागि प्रमुख योगदान गरिरहेको छ । साथै अन्तर्राष्ट्रिय मानवअधिकारको क्षेत्रमा पनि चीनले योगदान गर्दै आएको छ ।
महिला तथा सज्जनवृन्द, मित्र र कमरेडहरू,
विशाल र शक्तिशाली यो संसारको धार नै जसले उसलाई पछ्याउँछ ऊ अघि बढ्छ, जो उसको विरोधमा उभिन्छ, ऊ नष्ट भएर जान्छ । बितेका ५० वर्षमा अन्तर्राष्ट्रिय क्षेत्रमा आएका सबै उथलपुथलमा संसार समग्रतामा स्थिर नै रह्यो । त्यसको निम्ति सबै देशका जनताको सजग प्रयास कदरयोग्य छ । संसारको अर्थतन्त्र तीव्र गतिमा फैलिएको छ । विज्ञान र प्रविधिमा अनुसन्धानले नयाँ नयाँ उपलब्धि हासिल गरेको छ । धेरै विकासशील देशहरू बलियो भएका छन् । अरबौँ जनता गरिबीबाट मुक्त भएका छन् । अरबौँ जनता आधुनिकतातिर अघि बढिरहेका छन् ।
आजको संसारले एक शताब्दीमा नदेखेका परिवर्तनहरू तीव्र गतिमा भोगिरहेको छ । शान्ति, विकास र प्रगतिका शक्तिहरू लगातार बढिरहेका छन् । इतिहासको विद्यमान धार पछ्याउने र द्वन्द्वको ठाउँमा सहकार्य, निषेधको ठाउँमा खुलापन र शून्य योगको खेलको ठाउँमा आपसी हितको विकल्प छान्ने जिम्मेवारी हाम्रो हो । हामीले सबै खालका प्रभुत्ववाद र शक्ति राजनीतिको विरोध गर्नुपर्छ । साथै सबै खालका एकपक्षतावाद र संरक्षणवादको पनि विरोध गर्नुपर्छ ।
– हामीले शान्ति, विकास, समता, न्याय, प्रजातन्त्र र स्वतन्त्रताको ख¥हो वकालत गर्नुपर्छ । यी सबै मानव जातिका साझा मूल्यमान्यता हुन् । उत्तम विश्व निर्माणको निम्ति सही निर्देशक दर्शनको लागि यी सबैले एक साथ काम गर्छन् । शान्ति र विकास हाम्रा साझा भावना हुन् । समता र न्याय हाम्रा साझा चाहना हुन् । प्रजातन्त्र र स्वतन्त्रता हाम्रा साझा लक्ष्य हुन् । हामी बाँचिरहेको यो संसार विविधतायुक्त र रङ्गीन छ । विविधताले मानव सभ्यतालाई उसको खास र· दिन्छ । विविधता जीवन्तताको स्रोत हो । विविधता विश्वको विकासको चालक शक्ति हो । एउटा चिनियाँ भनाइ छ, “एक सय थरी विभिन्न विचारबिना एउटाको विशिष्टता थाहा हुँदैन ।” संसारको कुनै पनि सभ्यता अर्को सभ्यताभन्दा अब्बल होइन । हरेक सभ्यता आफ्नो क्षेत्रमा विशेष र विशिष्ट हुन्छ । सभ्यताहरूबीच आपसी संवाद र सम्पर्क भए मात्र सद्भाव प्राप्त गर्न सकिन्छ । अनि सद्भावले मात्र प्रगति सम्भव हुन्छ । कुनै पनि देशको विकासको बाटोले काम गर्छ वा गर्दैन भन्ने कुराको निक्र्योल त्यो विकासको बाटो देशअनुकूल छ वा छैन भन्ने कुराले गर्छ । त्यसले समयलाई पछ्याएको छ वा छैन भन्ने कुरामा निर्भर रहन्छ । त्यसले आर्थिक वृद्धि, सामाजिक अग्रगति, उत्तम जीवनशैली र सामाजिक स्थायित्व ल्याउन सक्छ वा सक्दैन भन्नेमा निर्भर रहन्छ । त्यो विकासको बाटोलाई जनताले अनुमोदन गर्छ वा गर्दैन, समर्थन गर्छ वा गर्दैन भन्ने कुरामा निर्भर रहन्छ । त्यसले मानिसका प्रगतिशील लक्ष्यप्रति योगदान गर्छ वा गर्दैन भन्ने कुराले निक्र्योल गर्छ ।
– हामी आपसी हित र सबै पक्षको हित हुने परिणामप्रति प्रतिबद्ध रहनुपर्छ । जनताको बृहत् हितको लागि आर्थिक र सामाजिक विकासको प्रबद्र्धनको निम्ति मिलेर काम गर्नुपर्छ । प्राचीन चिनियाँहरूले बुझेका थिए,“शासनको प्रयोजन जनजीवन हो र जनजीवनको प्रयोजन मनग्यता हो ।” विकास र खुशी जीवन नै सबै देशका जनताको साझा भावना हो । जनताको हित गरे मात्र विकास अर्थपूर्ण हुन्छ । जनताबाट उत्प्रेरित भए मात्र विकास दिगो हुन सक्छ । देशहरूले आफ्ना जनतालाई नै अग्रपङ्क्ति र केन्द्रमा राख्नुपर्छ । उच्च तहको समानता, प्रभावकारिता, समानता, दिगोपना र सुरक्षा दिने विकास हासिल गर्न अघि बढ्नुपर्छ । असन्तुलित र अपुग विकासका समस्या समाधान गर्नु महत्वपूर्ण छ । विकासलाई थप सन्तुलित, समन्वयात्मक र समावेशी बनाउनुपर्छ । विकासको लागि जनताको क्षमता बलियो बनाउन पनि महत्वपूर्ण छ । सबैले सहभागिता जनाउने र हिस्सेदारी हुने विकासको वातावरण प्रवद्र्धन गर्नुपर्छ । हरेक देशका हरेक नागरिकलाई थप प्रत्यक्ष र न्यायपूर्ण ढङ्गले लाभ दिन विकासको आयाम सिर्जना गर्नुपर्छ । धेरै समयअघि होइन, संयुक्त राष्ट्र सङ्घीय महासभाको ७६ औँ अधिवेशनमा मैले दिगो विकास कार्यक्रम प्रस्ताव गरेको थिएँ । विश्वव्यापी विकासमा कोभिड–१९ को प्रभाव, सन् २०३० दिगो विकास एजेन्डाको कार्यान्वयनलाई गति दिन र साझा भविष्य भएको विकासको विश्व समुदाय बनाउन देशहरू मिलेर काम गर्ने आशासहित मैले त्यो प्रस्ताव अघि सारेको थिएँ ।
–मानिसले आज सामना गरिरहेका विभिन्न चुनौती र विश्वव्यापी मुद्दा समाधान गर्न हामीले सहकार्य र मिलेर काम गर्नुपर्छ । अन्तर्राष्ट्रिय समुदाय आज क्षेत्रीय विवादहरूमा अल्झिरहेको छ । साथै आतङ्कवाद, जलवायु परिवर्तन, साइबर सुरक्षा र जैविक सुरक्षा जस्ता विश्वव्यापी मुद्दाहरू पनि सामना गरिरहेको छ । अझ समावेशी विश्व शासन प्रणाली, थप प्रभावकारी बहुपक्षीय संयन्त्र र थप सक्रिय क्षेत्रीय सहकार्यले मात्र ती मुद्दाहरूको प्रभावकारी समाधान हुन सक्छ । जलवायु परिवर्तन मानिसका बानी व्यवहार सुधार्न प्रकृतिले बजाएको सजगताको घण्टी हो । प्रकृति आमाको रक्षामा देशहरूले आफ्नो गतिविधि केन्द्रित हुनुपर्छ । हामीले हरित पुनःस्थापना, हरित उत्पादन र हरित उपभोगलाई जोड दिनुपर्छ । सभ्य र स्वस्थ जीवनलाई प्रवद्र्धन गर्नुपर्छ । मानिस र प्रकृतिबीच सद्भाव प्रवद्र्धन गर्नुपर्छ । स्वस्थ पर्यावरण र वातावरण नै दिगो विकासको कहिल्यै नसुक्ने स्रोत हो ।
–संयुक्त राष्ट्र सङ्घको प्राधिकारलाई हामीले दृढतापूर्वक सम्मान गर्नुपर्छ र इमानदारीका साथ बहुपक्षवाद मिलेर अभ्यास गर्नुपर्छ । मानिसको लागि साझा भविष्य बोकेको समुदाय निर्माण गर्न संयुक्त राष्ट्र सङ्घ बलियो हुनुपर्छ । विश्व शासन व्यवस्थामा सुधार र विकास हुनुपर्छ । संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर देशहरूले अन्तर्राष्ट्रिय प्रणालीको प्रवद्र्धन गर्नुपर्छ । अन्तर्राष्ट्रिय कानुनबाट निर्देशित अन्तर्राष्ट्रिय व्यवस्था हुनुपर्छ । संयुक्त राष्ट्र सङ्घको बडापत्रका लक्ष्य र सिद्धान्तमा आधारित अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मूल्य मान्यता तय हुनुपर्छ । संयुक्त राष्ट्र सङ्घका सबै १९३ देशहरू मिलेर मात्र अन्तर्राष्ट्रिय कानुन बनाउन सक्छन् । केही देशहरू र देशहरूका मोर्चाले त्यसको निर्णय गर्न सक्दैन । संयुक्त राष्ट्र सङ्घका सबै १९३ वटै देशहरूले अन्तर्राष्ट्रिय नियमको पालना हुनुपर्छ । कसैलाई कुनै पनि कारण छुट छैन, हुनु हुँदैन । देशहरूले संयुक्त राष्ट्र सङ्घप्रति सम्मान गर्नुपर्छ, राष्ट्र सङ्घ परिवारको राम्रो हेरविचार गर्नुपर्छ । स·ठनको दुरूपयोग गर्नुहुन्न । त्यसलाई कसैको चाहनामा चल्ने बनाउनु हुन्न । शान्ति र विकासको आदर्श लक्ष्यमा अघि बढ्न संयुक्त राष्ट्र सङ्घलाई थप सकारात्मक भूमिका खेल्न सक्ने बनाउनुपर्छ । सहकार्यको नयाँ ढाँचा र नयाँ विचारको खोजी गर्न र नयाँ परिस्थितिमा बहुपक्षतावादको अभ्यासलाई अझ समृद्ध बनाउन बिस्तारित सरसल्लाह, साझा योगदान र साझा हितको सिद्धान्तअन्तर्गत सबै देशसँग काम गर्न पाए चीन खुशी हुनेछ ।
महिला तथा सज्जनबृन्द, मित्र र कमरेडहरू,
विगतको समीक्षाले आगतको बाटो उज्यालो हुन्छ । नयाँ ऐतिहासिक प्रस्थानबिन्दुमा उभिएर चीन शान्तिपूर्ण विकासको बाटोमा हिँड्न प्रतिबद्ध छ । चीन सधैँ विश्व शान्तिको निर्माता बन्नेछ । चीन सुधार र खुलापनको बाटोमा हिँड्न प्रतिबद्ध रहनेछ । विश्वव्यापी विकासको निम्ति चीनले सधैं योगदान गर्नेछ । चीन बहुपक्षतावादको बाटोप्रति प्रतिबद्ध छ । चीनले सधैँ अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षा गर्नेछ ।
चीनको एउटा प्राचीन कविता छ, “हरिया पहाडहरू उही बादल र वर्षाबाट उठेका हुन्छन् । जतिसुकै टाढा भए पनि उही चन्द्रमाको किरणले सहरमा प्रकाश छर्छ ।” इतिहासको सही ठाउँमा र मानव प्रगतिको पक्षमा उभिन हातमा हात मिलाऔँ । विश्वको दिगो र शान्तिपूर्ण विकासको लागि अथक काम गरौँ । मानिसको साझा भविष्यको समुदाय निर्माण गर्न मिलेर अघि बढौँ ।
धन्यवाद !
नेपाली अनुवादः सुशिला
Leave a Reply