रास्वपाको राष्ट्र सङ्घमा सम्बोधन अध्ययन – २
- कार्तिक १०, २०८३
भक्तपुर, ११ कार्तिक । बाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा आएको २४ सदस्यीय प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रदेश सभासद् सुरेन्द्रराज गोसार्इँलगायतले दरबार क्षेत्रको प्रवेशद्वारमा बिहीबार स्वागत गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले बाग्मती प्रदेशसभाका सभामुख, उपसभामुख र स्पेनियाली संसदीय प्रतिनिधिमण्डल टोलीलाई भक्तपुर दरबार क्षेत्रमा अवस्थित सांस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक महत्वका सम्पदाहरूको स्थलगत अवलोकन गराउनुभयो ।
भ्रमणका क्रममा स्पेनको संसदीय दलका सभामुख ब्लान्का मार्टिन डेल्गाडो सम्मिलित प्रतिनिधिमण्डलले भक्तपुरका सांस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक सम्पदाहरूको अभिरुचिपूर्वक अवलोकन गरेको थियो ।
भ्रमण टोलीले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला सङ्ग्रहालय, स्वर्णद्वार, पचपन्न झ्याल दरबार, सिद्धिलक्ष्मी मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिलु महादेव मन्दिर र चतुर्ब्रम्ह महाविहार अवलोकन गर्दै टौमढी क्षेत्रको पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको स्थलगत अवलोकन गरेको थियो ।
प्रमुख प्रजापतिले सभामुख डेल्गाडोसहितको प्रतिनिधिमण्डल टोलीलाई ‘मयुरको झ्याल’ र नगरपालिकाका प्रकाशनहरू उपहार प्रदान गर्नुभएको थियो ।
प्रतिनिधिमण्डल टोलीले भक्तपुर नपाले व्यवस्था गरेको सांस्कृतिक नाचहरू माक प्याखं, कवांचा प्याखं र जङ्गली प्याखंको रुचिपूर्वक अवलोकन गरेको थियो ।
स्पेनियाली प्रतिनिधिमण्डलमा स्पेनका प्रदेशमन्त्री, मेयर, पत्रकार, व्यापारीहरूलगायत सहभागी हुनुहुन्छ ।
Leave a Reply