यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुरको देकोचामा असोज ३१ गते आइतबार र कार्तिक १ गते सोमबार गरी दुई दिन सञ्चालन भएको एकचालीसौँ नेपालभाषा साहित्य तःमुंज्याको दोस्रो दिन सहभागी हुने अवसर पाएँ । अघिल्लो दिनको कार्यक्रममा सहभागी भई विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूका कुरा सुनेर सुसूचित हुने मौका गुमाएकोमा भारी पश्चात्ताप मान्दै भोलिपल्ट बेलैमा जाने निर्णय गरेको थिएँ ।
यस वर्षको विनाशकारी ‘कार्तिके वर्षा’ आइतबारैदेखि सुरु भएको हुँदा त्यस दिन पनि बिहानैदेखि त्यसले आफ्नो रौद्र रूप देखाइरहेकै थियो ।
सिर्जनानगर (भक्तपुर) देखि कमला र म छाता ओढेर पैदलै १.३० तिर ख्वपः कलेज देकोचा पुग्दा कार्यक्रम सुरु भइसकेको रहेछ । गेटबाट छिर्नासाथ बायाँतिर तापक्रम परीक्षण गर्ने, स्यानिटाइजर दिने र आवश्यक परे मास्क पनि दिइने व्यवस्था भएको देखियो । त्यसभन्दा अगाडि गएपछि किताब प्रदर्शनी । त्यसभन्दा पनि अगाडि गएपछि बल्ल कार्यक्रम स्थल ¤ विशेष प्रकारको आकर्षक पाल टाँगेर कार्यक्रमस्थललाई दुलहीझैँ सिङ्गारिएको देख्दा साँच्चै नै त्यो कुनै पार्टी प्यालेसमा आयोजित भव्य वैवाहिक स्थल हो झैँ लाग्थ्यो । त्यति राम्रो सजावट र व्यवस्थापनका लागि आयोजक समितिलाई सहस्र धन्यवाद दिनैपर्छ ।
पानीको गति नरोकिएका कारण, सुन्दर पालबाट ठाउँठावैँ चुहिने पानीलाई बीचैमा एकत्रित गरी एक ठाउँमा प्वाल पारेर तर्काउनका लागि युवाहरूको एक टोली भित्रबाट सेतो प्लास्टिक मिलाएर बाँधिरहेको थियो । फलामे भ¥याङ चढेर वा फलामे पोलमा त्यत्तिकै माथि पुगी, साना र चिल्ला फलामे बलोमा टेकेर यताउति तेर्सो हिँड्नु पक्कै पनि गा¥हो थियो होला ¤ तर युवाहरूको टोलीले बडो होसियारीका साथ खतरा मोलेर काम गरिरहेको थियो ।
त्यसैबीच नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेँको उपस्थिति भयो । उहाँलाई ताली बजाएर स्वागतका साथ मञ्चासन गराइयो ।
कार्यक्रमस्थलको मञ्च विशेष प्रकारले सजाइएको थियो । दर्शकहरूका लागि पर्याप्त कुर्सी । साउन्ड सिस्टमको उचित व्यवस्था । एकजना बुबाले खर्पनको दुईतिर गाग्री झुन्ड्याएर पानी ल्याउनुभयो । उहाँको उमेर ७५ को हाराहारी थियो कि भन्ने अनुमान गर्छु । त्यो उमेरका बुबालाई बसाएर अरुले चियापानी दिनुपर्नेमा, उहाँले पो गाग्री बिसाएर करुवामा पानी बोकीबोकी दर्शकहरूलाई सोध्दै हिँड्दै हुनुहुन्थ्यो । उहाँको नाम र घर सोध्न मन थियो मलाई, त्यत्तिकै भयो । पानीका बोतल बाँड्दै हिँड्ने स्वयंसेवक दिदीबहिनीहरू पनि हुनुहुन्थ्यो ।
कार्यक्रममा कहिले कवितावाचन, कहिले कथावाचन हुँदै थियो । नृत्य र गायनले पनि मौका पाएका थिए । त्यो कार्यक्रम नै नेपालभाषाको भएको हुँदा सबै नेवारीमा हुने नै भयो । मचाहिं ‘भादगाउँले नेवार’ (पहिला हाम्रा पुर्खा भक्तपुरबाटै पूर्व ३ नम्बर ओखलढुङ्गा गएका रहेछ !) भएर पनि केही नबुझ्ने हुँदा ट्वाल्ल पर्न थालेँ । केही समययता भक्तपुरमा बस्न थालेपछि यहाँका विभिन्न रमाइला रमाइला थरका प्यारा र आदरणीय ‘नेवारज्यूहरू’ सँग परिचय गर्दा गर्वका साथ ‘म पनि नेवारै हुँ’ त भन्छु तर त्यसपछि उहाँहरूले ‘तपार्इँलाई नेवारी भाषा आउँछ ?’ भनेर प्रश्न गर्दा, ‘त्योचाहिँ आउँदैन’ भनेर मुन्टो निहु¥याउनुपरेको अवस्था छ ।
भाषा नबुझे पनि ध्यान दिएर सुन्दै थिएँ । प्रायः सबैजसो वक्ताले देशघाती एमसीसीका विषयमा चर्चा गरेका थिए । मजस्ताको भाषिक समस्या बुझेर होला, कसैकसैले मूल रचना नेपालभाषामा भनेर फेरि त्यसलाई नेपालीमा उल्था गरेर सुनाइदिन्थे । त्यो तरिका मलाई निकै राम्रो लाग्यो । त्यत्तिकैमा हाम्रा हेडसरले मलाई देख्नुभएछ र बोलाएर वासु माविका प्रअ अम्बिका न्याइँच्यार्इँ र शारदा माविका प्रअ रोशनराज तुईतुईसँग चिनजान गराइदिनुभयो । म नयाँ भएको हुँदा मौका पर्नासाथ हेडसरले यताका शिक्षक, भूतपूर्व शिक्षक र अन्य समाजसेवीसँग परिचय गराउनुभयो । उहाँको यो असल कामले मलाई धेरै फाइदा भएको छ ।
अम्बिका म्याम अलि परतिर हुनुहुन्थ्यो । उहाँले मेरो नाम सुनेको कुरा गर्नुभयो ।
म एकछिन रोशन सरसँगै बसेँ । उहाँले मेरा लेखहरू पढेको कुरा गर्नुभयो । बस्दाबस्दै मनमा लागेको कुरा प्वाक्क भनिहालेँ, “तपार्इँहरू हेडसर भएर पनि कति सरल”
झट्ट, यस्तो भन्नु हुँदैनथ्यो कि” भन्ने पनि लाग्यो । तर, उहाँले सहजै, हामी त्यस्तो स्कूलिङबाट आएकै होइनौं ” भन्नुहुँदा मन शान्त भयो ।
उता कार्यक्रममा वक्ताको रूपमा राजदास श्रेष्ठलाई बोलाइएको सुनेँ । उहाँ देश विदेश घुमेका इन्जिनियर र लेखक पनि भएको कुरा पहिला नै थाहा पाएको थिएँ । ‘मजदुर’ दैनिकमा उहाँका धारावाहिक लेखहरू (सक्वःको म राजदास) पढेको पनि हुँ । कहिलेकाहीँ फेसबुकमा थोरै कुरा पनि भएको थियो । आफ्नो बगैँचाका फलफुल, घरका सामान अरूलाई दिन पाउँदा र अरूको सेवा गर्न पाउँदा खुसी हुने राजदास सरको घर साँखुमा एउटा रुसी भाषाको र अर्को नेपाली तथा नेवारी भाषाका पुस्तक भएको दुईवटा पुस्तकालय छन् । त्यहाँ अध्ययन गर्न जानेका लागि आफैं पकाएर खाने व्यवस्था पनि छ भन्ने कुराचाहिं साहित्यकार रमेश भट्टराई ‘पुजारी’ बाट सुनेको हुँ ।
उहाँले आफ्नो बारेमा थोरै परिचय दिएर नेपालभाषाका महाकवि गिरिजाप्रसाद जोशीका बारेमा बताउनुभयो । केही किताबहरू देखाउनुभयो । उहाँले आफ्नै बारीमा फलेका फलफुलहरू कुनै डालोमा र कुनै ढकीमा ल्याउनुभएको रहेछ । ती, मञ्चमा रहनुभएका महानुभावलाई बाँड्नुभयो । दर्शकगणले खुसी भएर ताली बजाए । भाषिक कठिनाइका कारण उहाँका कुरा त मैैले बुझिनँ तर फलफुल बाँडेको देख्दा कृषिकर्ममा सबैले मन लाउनुपर्छ भन्ने कुरा पनि उहाँको सम्बोधनमा पक्कै समेटिएको थियो होला भन्ने अनुमान गर्न सकेँ ।
साहित्यिक, सांस्कृतिक र राजनीतिक मञ्चका रूपमा रहेको यस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा, ९४ वर्षीय वरिष्ठ पत्रकार भैरव रिसालको पालो आयो । उहाँका बारेमा धेरै पढेको सुनेको थिएँ । त्यसदिन प्रत्यक्ष देख्न पाउँदा धेरै खुसी लाग्यो । अहिले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरामा २०१८ सालमा जनगणना गराउने जीउँदो इतिहास हुनुहुन्छ उहाँ । अब हुनै लागेको जनगणनामा ती ठाउँको पनि छुटाउनु हुँदैन भन्ने भनाइ उहाँको थियो । सरकारी मन्त्रीले भने, “त्यसका लागि भारतलाई सोध्नुपर्छ” भनेर उहाँको प्रश्नको गैरजिम्मेवार उत्तर दिइसकेका छन् ।
त्यसपछि विभिन्न क्षेत्रमा ख्याति कमाएका थुप्रै वरिष्ठ व्यक्तित्वहरूले बोल्नुभयो । त्यसमध्ये सीमा जानकार रतन भण्डारीको कुरा उल्लेख गर्न मन लाग्यो । उहाँ बझाङी हुनुहुँदो रहेछ । बझाङबाट भक्तपुर आउने बझाङीभन्दा भक्तपुरबाट बझाङ जाने भक्तपुरे व्यापारी पहिला थिए भन्ने बताउँदा आश्चर्य लाग्यो । त्यतिमात्र होइन, यसअघि सत्यमोहन जोशीले लेख्नुभएको कुराको खण्डन गर्दै न्यूजिल्यान्ड, बेलायत, फ्रान्स र अमेरिका जाने पहिलो नेपाली पनि भक्तपुरे नै थिए भन्ने कुरा पनि उहाँले प्रमाणसहित पेश गर्नुभयो । अघिल्लो दिन सीमाविद् बुद्धिनारायण श्रेष्ठको कुरा सुन्न पाइएको होइन । त्यस दिन भण्डारीले, चीनसँग सीमा विवाद नभएको, नेपाल भारतको सीमा भने ५२ ठाउँमा विवाद भएको र पहिलादेखि नै नेपाली सीमा मिचिंदै आउनुमा बुद्धिनारायण श्रेष्ठजस्ता तात्कालिक नापी विभागका उच्च कर्मचारीको पनि गल्ती र कमजोरी भएको कुरा खोलिदिनुभयो । पहिला गोविन्द गौतम मारिँदा ‘सहानुभूति रकम’ (यसलाई क्षतिपूर्ति भन्न सकिएन) नेपालले दिएको र पछिल्लो पटक जयसिंह धामी मारिँदा पनि नेपालले नै निजको परिवारलाई आर्थिक सहानुभूति दिएको कुरा उल्लेख गर्दै भण्डारीले “हाम्रा नेपाली दाजुभाइ भारतले मार्दै जाने र तिनको पैसा नेपालले तिर्दै जाने कहिलेसम्म ?” भनेर प्रश्न गर्नुभएको थियो । सीमा र राष्ट्रियताका विषयमा उहाँका उठाएका कुरा सुन्दा भ्रम र वास्तविकताको बोध भएको थियो ।
यी हरफहरू लेख्नुअघि यस कार्यक्रमलाई सफल पार्न खट्नेमध्येका एकजना जगन्नाथ सुजखु सरलाई भनेको थिएँ, “रतन भण्डारी सरलाई फेरि एकपटक बोलाएर हामीले थप जानकारी पाउने व्यवस्था मिलाउनुप¥यो है सर ¤
उहाँको सङ्क्षिप्त भनाइ थियो, “यो कार्यक्रम भनेको एउटा ‘क्लास’ हो । यसमा उठाइएका कुराको बारेमा छलफल भइ नै रहन्छ ।”
अब अर्को ‘भव्य क्लास’का लागि त एक वर्षपछि आयोजना हुने बयालीसौँ नेपालभाषा साहित्य तःमुंज्या कार्यक्रमलाई नपर्खी धर छैन तर एउटा सानोतिनो ‘क्लास’ त फेरि पनि तुरुन्तै लिएर स्पष्ट हुनैपर्ने भयो रतन भण्डारीसरलाई बोलाएर । यसबारेमा विचार गर्न भक्तपुरका विद्वान, इतिहासकार, बुद्धिजीवी, शिक्षक र समाजसेवीहरूलाई हार्दिक अनुरोध छ ।

इन्द्रकुमार श्रेष्ठ
Leave a Reply