यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
(पत्रकार समाजको आयोजनामा शुक्रबार सम्पन्न ‘स्तालिनसँग’ पुस्तकबारे अन्तरक्रिया कार्यक्रममा व्यक्त मन्तव्य)
पत्रकार समाजले पठनीय र सङ्ग्रहणीय पुस्तकहरू प्रकाशन गर्दै आएको छ । यसै क्रममा भर्खरै एउटा अर्को पठनीय र सङ्ग्रहणीय पुस्तक प्रकाशन गरेको छ । विश्वका सर्वहारा वर्गका एक महान् गुरु, विश्वको पहिलो समाजवादी देश सोभियत सङ्घका एक महानतम् नेता स्तालिनबारेको यसै पुस्तकबारे आज हामी अन्तरक्रिया गर्दै छौँ ।
‘स्तालिनसँग’ शीर्षकको पुस्तक स्तालिनका २५ वर्षभन्दा बढी अङ्गरक्षकको जिम्मेवारी सम्हालेका ए.टी. रेबिनको संस्मरण हो । साढे दुई दशकसँगै उठबस गरेका अङ्गरक्षकको संस्मरणले स्तालिनका धेरै अज्ञात पाटाहरूलाई जनसमक्ष ल्याएको छ । यसमा स्तालिनको स्वभाव, चरित्र, व्यवहार, रुचि, जीवनशैलीलगायतका पक्षलाई उजागर गरिएको छ । यस पुस्तकले रुसी संस्करणको प्रकाशकीयमा भनिएको ‘पाठकसामु एक नयाँ स्तालिन देखापर्नेछ’ भन्ने वाक्य शतप्रतिशत सही साबित गरेको छ ।
एउटा आरोप हो – स्तालिन युद्धसँग डराउँथे । यो आरोप या भनाइमा यदि सत्यता भए दोस्रो विश्व युद्धमा नाजी र फासीवादीहरूलाई परास्त गर्ने सोभियत सङ्घको नेतृत्व कसले गरेका थिए ? यदि त्यसबेला स्तालिनको नेतृत्व नभएको भए सोभियत सङ्घ त रहने थिएन नै विश्व नै ग्यास च्याम्बरमा परिणत हुन्थ्यो । के युद्धसँग डराउने व्यक्ति या नेताले सोभियत सङ्घको रक्षा गर्नसक्थ्यो ? नाजी र फासीवादी बर्बरताबाट विश्वलाई मुक्त गर्नसक्थ्यो ?
पुस्तकको भूमिका नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष का. रोहितले लेख्नुभएको छ । जोसेफ स्तालिनका जीवनीकारसमेत रहनुभएका का. रोहितको भूमिकाले स्तालिनको राजनीतिक र सैद्धान्तिक पक्षलाई उजागर गरेको छ । यसबाट पुस्तक थप बोझिलो बनेको छ ।
पुस्तकमा महान् समाजवादी देश सोभियत सङ्घको नेतृत्व तहमा नक्कली कम्युनिस्टहरूको जालझेल र षड्यन्त्रहरूको विवरण पढ्दा, कम्युनिस्टको मुकुण्डो लगाएकाहरूको कुटीलता, बेइमानी, विश्वासघातका कुरा भूमिकामा का. रोहितले लेख्नुभएको ‘देखिने शत्रुहरूभन्दा लुकेका शत्रुहरू झन् डरलाग्दा हुन्छन्’ भन्ने वाक्य पटक–पटक स्मरण हुन्छ ।
‘क्रान्ति गर्नभन्दा क्रान्तिको उपलब्धिको रक्षा गर्न गा¥हो हुन्छ भन्ने कुरा हामी सबैले पढेका छौँ । यो पुस्तकले त्यस तथ्यलाई थप साबित गरेको छ । समाजवादविरोधी देशी–विदेशी तत्वहरूले सोभियत सङ्घ र बोल्शेभिक नेताहरूविरुद्ध जालझेलदेखि हत्यासमेत गरेका तथ्यहरूले थुप्रै पानाहरू भरिएका छन् । ती विवरण पढ्दा र स्तालिनलाई जानेसम्मका निराधार आरोप र सत्तोसराप गरेको पढ्दा मनमा धेरै प्रश्नहरू उब्जिन्छ । यदि विरोधीहरूले स्तालिनमाथि थोपरेका आरोप सही हो भने समाजवादका विरोधीहरूलाई सखाप नै पार्नुपथ्र्यो । तर, त्यस्तो घटना भएन उल्टो पार्टीमा घुसेका नक्कली कम्युनिस्टहरूको घेरामा स्तालिन पर्नुभयो । परिणामतः स्तालिनको अन्तिम समयमा चिकित्सा सेवासमेत झन्डै एकदिनपछि मात्र प्राप्त भयो ।
पुस्तकमा एक अङ्गरक्षकको संस्मरणमा धेरै कुरा समेटिए पनि माक्र्सवाद–लेनिनवादलाई अघि बढाउन विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता स्तालिनले पु¥याउनुभएको सैद्धान्तिक योगदानको चर्चा छैन बराबर छ । यद्यपि, झूटो कुरा सयपटक दोहो¥याए सत्य हुन्छ भन्ने गोएबल्सहरूले स्तालिनबारे फैलाएका भ्रम, लगाएका मिथ्या आरोप, चरित्रहत्या गर्ने हल्ला आदिलाई छ्यान्नब्यान्न पार्न सफल रहेको छ ।
यसै क्रममा स्तालिनविरुद्ध लगाइने दुई आरोपको चर्चा गर्नु सान्दर्भिक हुनेछ ।
एउटा आरोप हो – स्तालिन युद्धसँग डराउँथे । यो आरोप या भनाइमा यदि सत्यता भए दोस्रो विश्व युद्धमा नाजी र फासीवादीहरूलाई परास्त गर्ने सोभियत सङ्घको नेतृत्व कसले गरेका थिए ? यदि त्यसबेला स्तालिनको नेतृत्व नभएको भए सोभियत सङ्घ त रहने थिएन नै विश्व नै ग्यास च्याम्बरमा परिणत हुन्थ्यो । के युद्धसँग डराउने व्यक्ति या नेताले सोभियत सङ्घको रक्षा गर्नसक्थ्यो ? नाजी र फासीवादी बर्बरताबाट विश्वलाई मुक्त गर्नसक्थ्यो ? यथार्थमा साम्राज्यवादीहरूको कलुषित मनसायलाई स्तालिनको सक्षम नेतृत्वले असफलमात्र बनाएन, समाजवादको रक्षक र विश्वका जनताको मुक्तिदातासमेत प्रमाणित गरेको छ ।
स्तालिनलाई ‘तानाशाह’ भन्न प्रतिक्रियावादीहरू अझै थाकेका छैनन् । स्तालिन सोभियत सङ्घका राष्ट्र प्रमुख हुनुहुन्थ्यो । राज्य भनेकै एउटा दमनकारी संस्था हो । राज्य वा सत्तामा जुन वर्ग पुग्यो त्यसले विरोधी वर्गलाई दमन गर्छ । त्यसैले दमन नगर्ने राज्य विश्वमा कतै छैन । तर, साम्यवादमा दमन गर्नुपर्ने वर्ग नहुने भएकोले त्यहाँ राज्य अर्थात् दमनकारी संस्था हुँदैन । सोभियत सङ्घ एउटा समाजवादी राज्य अर्थात् कामदार वर्गको राज्य थियो । कामदार अर्थात् काम गरी खाने वर्ग छोटोमा शोषित वर्गको राज्यले शोषक वर्गमाथि दमन स्वाभाविक छ । अर्को शब्दमा बहुमत जनताको राज्य सत्ताले अल्पमत चुसाहा वर्गमाथि शासन गर्न नै समाजवादको स्थापना भएको हो । किनभने, समाजवाद सर्वहारा वर्गको अधिनायकत्वमा चल्छ । पुँजीवादी राज्य सत्ता पुँजीपति वर्गको शासन, हुकुम, तानाशाहीले चल्छ भने समाजवादी राज्य सत्तामा सर्वहारा वर्गको शासन, हुकुम, तानाशाही चल्नु सिद्धान्त र नीतिसम्मत कुरा हो । यसकारण, सर्वहारा वर्गको राज्यसत्ता भएको सोभियत सङ्घका राष्ट्र प्रमुख स्तालिन सर्वहारा वर्गका अधिनायक हुनुहुन्थ्यो । अर्को शब्दमा सर्वहारा वर्गको समाजवादको नेता स्तालिन तानाशाह हुनुहुन्थ्यो जसरी पुँजीवादी र प्रतिक्रियावादी राज्य सत्ताका शासकहरू तानाशाह हुन्छन् । तर, समाजवादी तानाशाह र पुँजीवादी तानाशाहका स्वार्थ, उद्देश्य र लक्ष्य भने फरक हुन्छन् । विश्वलाई ध्वस्त बनाउन उद्यत नाजी र फासीवादी तानाशाहहरूलाई स्तालिनको नेतृत्वले पराजित गरेको तथ्य सर्वविदित्तै छ ।
यदि तत्कालीन सोभियत सङ्घका देशी–विदेशी घुसपैठिया र शत्रु नाश होस् भनी ध्यान, तपस्या र यज्ञ गरेर बसेको भए के समाजवादको रक्षा हुन्थ्यो ? साम्राज्यवाद र पुँजीवादका दलालहरूबाट सोभियत सङ्घ सुरक्षित हुन्थ्यो ? निश्चय पनि सम्भव थिएन । त्यसैले, तपाईँहरू मान्नुहुन्छ हुन्न तर मलाई भन्न मन लाग्छ – “स्तालिन विश्वका सर्वहारा वर्गका प्रिय तानाशाह हुनुहुन्थ्यो । विश्वको पहिलो समाजवादका रक्षक तानाशाह हुनुहुन्थ्यो । विश्वलाई ग्यास च्याम्बर हुनबाट बचाउने मुक्तिदाता हुनुहुन्थ्यो ।” यद्यपि, ‘स्तालिनसँग’ का लेखक रेबिनले लेखेका छन् “उहाँको एउटै दोष भनेको उहाँ सधैँ ‘सामूहिक निर्णय’ को पक्षमा उभिनुभयो । त्यसो नभई एकल निर्णयले सत्ता सञ्चालन गरेको भए कम्युनिस्ट पार्टीभित्र घुसेका ख्रुश्चेभ, बेरियाजस्ता विश्वासघातीहरू बच्न सक्ने थिएनन् ।
परन्तु स्तालिनको अवशानपछि सोभियत राज्यसत्ताको नेतृत्व हत्याउनेहरू सर्वहारा वर्गको तानाशाह बन्नुको सट्टा पुँजीपति वर्गको तानाशाह बने । परिणामतः सोभियत समाजवादमात्र गुमेन, सोभियत सङ्घ नै क्षतिविक्षत भयो । सर्वहारा वर्गका महान गुरु स्तालिन कति योग्य, सक्षम, लोकप्रिय विश्व नेता हुनुहुन्थ्यो भन्ने कुरा चर्चिलको अभिव्यक्तिले पनि स्पष्ट गर्छ । उनले भनेका थिए, “यदि ब्रम्हाण्डका सबै ग्रहको सम्मेलन हुने भए पृथ्वीको तर्फबाट प्रतिनिधित्व गर्न स्तालिन नै एकमात्र योग्य पात्र हुन् ।”
पुस्तकको साज–सज्जा, आवरण सबै आकर्षक भएर पनि लेखकको एउटा तस्बिर र उपशीर्षक भइदिएको भए सुनमा सुगन्ध हुने थियो ।
लेखकले स्तालिनकै पालामा केजीबीको कुरा लेखेका छन् तर केजीबीको स्थापना स्तालिनको निधन भएको एक हप्तापछि १३ मार्च १९५३ मा भएको लिखत पाइन्छ ।
Leave a Reply