यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सन् १९४८ मा इजरायलको सिर्जना भयो । प्यालेस्टाइनका एक तिहाइ मानिस भागे अथवा उनीहरूलाई नयाँ राज्यका सिपाहींहरूले देश निकाला गरे । त्यो घटनालाई ननबा भनिन्छ । त्यसले प्यालेस्टाइनी जनतामाथि घातक प्रभाव पा¥यो । उनीहरू संरा अमेरिका प्रशासित शरणार्थी शिविरमा बस्न बाध्य भए । अथवा संसारका विभिन्न देशमा लामो समय प्रवासिए ।
यो प्रलयकारी घटना हरेक तहको लागि विस्मयकारी थियो । ठूलादेखि सानासम्म, माथिदेखि तलसम्म । प्यालेस्टाइनीहरूमा यसको प्रभाव लामो समय रह्यो । कतिबेला त्यो प्रभावको कुनै पहिचान पनि भएन । खराब प्रभावका धेरै परिणाममध्ये एउटा प्रभाव भनेको प्यालेस्टाइनी पहिचानमा विभाजन पनि थियो । सुस्त सुस्त र नदेखिने पारामा भएको यो विकास वर्षौं देखे नदेखेकै अवस्थामा रह्यो अथवा निकै कम मात्र बुझियो । यद्यपि, शरणार्थी वा निर्वासनका कुनै पनि अन्य घटनाभन्दा त्यसको परिणाम घातक थिएन ।
सन् १९४९ मा हामी शरणार्थीको रूपमा बेलायत पुग्यौँ । हामी त्यहीँ हुर्कियौँ । हामीलाई कहिल्यै पनि खाना, छाना र शिक्षा अथवा दैनिक जीवनका कुनै पनि आधारभूत पक्षबाट वञ्चित हुनु परेन । तथापि म अझै पनि एउटा कुराबाट वञ्चित रहेछु । जो कुरा मलाई त्यत्तिबेला थाहा थिएन । निर्वासनको असजिलो क्रमशः सहज हुँदै गएपछि र बेलायतको जीवनमा म अभ्यस्त बन्दै गएपछि पहिचानको प्रश्नले मलाई सताइरहेको म सम्झन्छु । म वास्तवमा को हुँ ? म आफैलाई प्रश्न गर्छु । म प्यालेस्टाइनी अरब हुँ वा अङ्ग्रेज ? म मुसलमान हुँ ? कसैको माथि होइन अथवा सबैको माथि ?
आज यी प्रश्न औसत लाग्न सक्छ । युरोपमा मुसलमान अल्पसङ्ख्यकको सङ्ख्या बढेसँगै, अफ्रिकी अमेरिकीहरूले आफ्नो अफ्रिकी मूलथलोको खोजी गर्न थालेसँगै, बेलायतमा हक्की मुसलमान र अरुबीच पहिचानको द्वन्द्वबारे बहस भएसँगै मेरो दुरावस्थाका कुरा केही नयाँ नहुन सक्छ । तर, द्वितीय विश्वयुद्ध पछिको बेलायत फरक देश थियो । सन् १९५० र ६० को दसकमा दक्षिण एसियाली मुसलमान शरणार्थीहरूको ठूलो सङ्ख्या बेलायत आइसकेका थिएनन् । प्यालेस्टाइनीहरूको के कुरा, अरबबाट नै धेरै मानिस बेलायतको शरणमा आइसकेका थिएनन् । मेरो अवस्थाका मानिसलाई अनुभवको आधारमा बाटो देखाउन सक्ने मान्छे कोही थिएन । अरु अल्पसङ्ख्यकहरूको कुनै सार्वजनिक अनुभव थिएन । धेरै पछि बेलायती मुसलमान बनेकाहरूको संस्कृतिको द्वन्द्वको कुरा भन्ने मान्छे कोही थिएन । हरेक हिसाबमा मेरो आदिथलोबाट अलग एउटा देशमा मेरो हुकाइले एक जना बालकको रूपमा मेरो क्षमताभन्दा परको अनुकूलनको माग गरिरहेको थियो ।
धेरै प्यालेस्टाइनीहरू र हाम्रो कथा उस्तै छ । इजरायलको स्थापनापछि हामी हाम्रो आदि थलो जेरुसेलमबाट भाग्यौँ । युद्धबाट भर्खर निख्रिएको लण्डन सहरमा हामी पुग्यौँ । भविष्यमा आउने चुनौतीको सामना गर्न हामी पूर्णतः तयारी अवस्थामा थिएनौँ । मेरो बुबा र ठूली दिदीलाई मात्र अङ्ग्रेजी भाषा बोल्न आउँथ्यो । हामी एउटा सानो र उपेक्षित प्यालेस्टाइनी परिवार बन्यौँ–अचानक जाडो र अपरिचित भूमिमा खसेका । न साथी छन् न आफन्त नै । त्यो समय गा¥हो थियो पक्कै । तर, म भर्खरको केटाकेटी थिएँ । एक वर्षमै म सहज बन्दै गएँ । अङ्ग्रेजी भाषा सिकेँ र साथीहरूसँग घुलमिल हुन थालेँ ।
हो, त्यहीबेला पहिचानको द्वन्द्वको थालनी भयो । मेरा आमाबुबाले हाम्रो घरलाई अरब गृह बनाइरहे । अरबी साथीहरू बनाए । अरबी भाषामात्र बोले । त्यहीबेला म भने हरेक दिन त्यो संसारभन्दा बिल्कुल भिन्न संसारतिर तेज गतिमा दौडिरहेको थिएँ । मेरो मातापिताको लागि त्यो सामान्य कुरा थियोः हामी अरबी हौँ, मुसलमान हौँ, आफ्नै देशबाट लखेटिएको राष्ट्रका हिस्सा हौँ र आफ्नै देशमा फर्किन वञ्चित गरिएका मानिस हौँ । हामी को हौँ भन्ने आधार त्यही थियो र हामीले त्यो कदापि बिर्सन हुन्न । तर, अङ्ग्रेज परिवेशको दबाबमा परेको मेरो लागि कुरा अलि फरक थियो । अङ्ग्रेज परिवेशको कारण अरबी संस्कृति र मूल्यमान्यता मेरो लागि त्यत्ति सरल थिएन । हरेक दिन म दुई वटा दिशामा तानिन्थेँ– म घरमा ‘प्यालेस्टाइनी’ थिएँ । मेरी आमाले पकाउनुभएको अरबी खाना खाने, अरबी रेडियो स्टेसनले बजाउने सङ्गीत सुन्ने । अनि अरबी शैलीका व्यवहार गर्ने । तर, जब म मेरो घरको ढोकाबाट बाहिर निस्कन्थेँ, त्यहाँको अङ्ग्रेजी पाराले ती सबैलाई निषेध गरेको हुन्थ्यो ।
जति जति मेरो उमेर बढ्दै गयो, यस्ता अन्तरविरोधले मलाई असहज र बढी तनावमा राख्न थाल्यो । तथापि घरमा बस्दा भने मैले जसोतसो दुवै पक्षमा सन्तुलन मिलाउने कोसिस गरिरहेँ । तर, विश्वविद्यालय छोडेपछि भने सबै कुरा बदलियो । एक जना आम विद्यार्थीको रूपमा जीवन अघि बढाउने मेरो चाहना मेरो परिवारको हिसाबमा अतिशक्ति थियो । म त्यही बाटो हिँड्ने निधोमा पुगेँ । मैले मेरो अरब पहिचान छोडेँ । अरबी भइरहनु खुशीहीन भएर घरमै कोचिनु थियो । त्यसकारण मेरो सहपाठीहरूसँगै नयाँ जीवन अङ्गीकार गरेँ । म सम्भव भएसम्म अङ्ग्रेज हुन कोसिस गरेँ । अनि म हुर्केको परिवेशबाट मुक्त हुने सोचेँ । अरू साथीहरूले जस्तै मैले पनि प्रेमीहरू बनाए । त्यत्तिबेलासम्म यसरी प्रेमी बनाउनु पनि सामाजिक रूपमा अमान्य थियो । उही प्रेमीहरूमध्ये एक जनासँग विवाह गरेँ । म ऊसँग भन्दा उसको जीवनशैलीलाई बढी माया गर्थेँ । अनि ऊसँग विवाह गर्दाको सुरक्षाभावको कारण पनि उनीसँग विवाह गरेँ ।
उनी किसानका छोरा थिए । उनको परिवार सम्पूर्णतः अङ्ग्रेज थियो । कुकुरहरू, काठका मुढाको आगोको लप्का, गाउँले परिवेश, उसको आमाको चर्चमा आउजाउ । मेरो आमाबुबाको विमतिबीच हाम्रो विवाह भयो । मलाई ‘काली अङ्ग्रेज केटी’ को रूपमा स्वीकारियो । प्यालेस्टाइन, अरब र इस्लामका पुराना संसार क्रमशः मेरो जीवनबाट विलिन भयो । बेलायतमा मेरो जीवनबाट म खुशी थिएँ । मलाई विगतमा नभएजस्तो अपनत्वको भावना अनुभव भइरहेको थियो ।
पक्कै पनि त्यस्तो अवस्था लामो समय रहेन । सन् १९६७ मा भएको अरब–इजरायलले अवस्थामा ठुलो हेरफेर ल्यायो । जोर्डन, सिरिया र इजिप्टमाथि इजरायलले शानदार विजय हासिल ग¥यो । मेरो दुर्भाग्य, मेरो सबै अङ्ग्रेज साथीहरू र परिवार इजरायलको पक्षमा खुब उत्साहित भएर लागेका थिए । त्यही भएर मेरो विपक्षमा थिए । त्यो ज्यादै रुखो घटना थियो । तर, त्यो घटनाले मेरो अङ्ग्रेजी ‘पहिचान’ को कृत्रिमताबारे आँखा खोल्ने काम ग¥यो । म पानीमाथि तैरिरहेको अनुभव भयो । मजस्तो मान्छेको लागि प्रश्नको जवाफ सजिलो नभएको अनुभव गर्न थालेँ । मलाई आफू एक्लो नभएको कुरा बुझ्न वर्षौं लाग्यो । आफ्नो मूलथलोबाट विस्थापित भएका प्यालेस्टाइनीहरूसँग मैले आफ्नो अनुभव साटेँ । अनि एउटा राम्ररी परिभाषित समाज र संस्कृतिबारे चर्चा गरेँ ।
इजरायलको स्थापनापछि प्यालेस्टाइनीहरूबीच विभाजनको ७० वर्ष बितिसकेको छ । आज प्यालेस्टाइनीहरू विभिन्न समुहमा विभाजित छन् ः इजरायलका प्यालेस्टाइनी मूलका नागरिक, कब्जा गरिएको क्षेत्रका प्यालेस्टाइनी, शिविरमा बसेका शरणार्थी प्यालेस्टाइनी र निर्वासनमा रहेका प्यालेस्टाइनी । उनीहरूको जीवनशैली फरक फरक छ । कोही पनि एक छैनन् –कुनै समुदाय त अझ धेरै उपसमूहमा विभाजित छन् । पश्चिम किनाराका प्यालेस्टाइनीहरू पनि इजरायली चौकीले एकअर्कालाई विभाजित गरेको छ । उनीहरूलाई गाजा र अन्य देशमा निर्वासित प्यालेस्टाइनीबाट अलग बनाइएको छ । ती सबै समूहले आफू बसेको ठाउँकै विशिष्टता र पहिचान अङ्गीकार गरेका छन् । त्यसले उनीहरूको फरक फरक अनुभवको प्रतिनिधित्व गर्छ ।
हरेक पटक जब म इजरायल–प्यालेस्टाइनको भ्रमणमा निस्कन्छु, मलाई यही वास्तविकताले सताउँछ । युरोप वा अमेरिकामा कोही प्यालेस्टाइनीलाई भेट्दा म उनीहरूलाई ‘बेलायती प्यालेस्टाइनी’, ‘जर्मन प्यालेस्टाइनी’, ‘प्यालेस्टाइनी अमेरिकी’ आदि विशेषण झुण्ड्याइएको देख्छु । कुरा के हो भने यी सबै संयोगले भएको होइन । सुखको खोजीमा आफ्नो देश छोडेर अर्को देशमा जाने क्रममा आफ्नो पहिचान गुमाउनु एउटा कुरा हो । हाम्रो सन्दर्भ फरक हो । हामीलाई आफ्नो पहिचान गुमाउन बाध्य बनाइएको छ । इजरायलको स्थापना सुरुदेखि नै प्यालेस्टाइनी विशिष्ट समाज नष्ट गर्नमा लक्षित थियो । त्यसको निम्ति उनीहरूले भौतिक हमला गरे । त्यसमा उनीहरू पूर्णतः सफल नभएपछि पुनः समूहमा एकताबद्ध हुने र प्रतिरोधमा उत्रने सम्भावनालाई छिन्नभिन्न बनाएका छन् ।
के इजरायलको यो घातक रणनीतिले काम ग¥यो ? के आज विभाजित प्यालेस्टाइनी पहिचानले प्यालेस्टाइनी राष्ट्रिय लक्ष्यलाई पनि विभाजित ग¥यो ? यी प्रश्नको उत्तर इजरायलसँगै छ । यदि ऊ आफ्नो रणनीतिमा सफल भए प्यालेस्टाइनी दमनको अभियान, प्यालेस्टाइनविरोधी प्रतिप्रचारबाजी र तथ्यलाई दबाउने काम चालु राखे धेरै लामो समयअघि नै प्यालेस्टाइनको अस्तित्व समाप्त भइसक्ने थियो ।
(लेखक पेशाले चिकित्सक हुनुहुन्छ । उहाँ इजरायल–प्यालेस्टाइन द्वन्द्वको विषयमा लेख्ने र बोल्ने राजनीतिक टिप्पणीकार हुनुहुन्छ ।)
Leave a Reply