‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
न्यून आय भएका, थोरै रकमबाट सानोतिनो व्यापार व्यवसाय गरी आप्mनो आर्थिक हैसियतमा थोरैमात्र भए पनि सुधारको अपेक्षा गरेदेखि लिएर भविष्यको लागि रकम जोहो गर्ने र आइपर्न सक्ने सम्भावित आर्थिक समस्या सुल्झाउने उद्देश्यले सर्वसाधारण जनताले सहकारी संस्थाहरूमा रकम जम्मा गर्न थालेको देखिन्छ । आफ्नो आयको थोरै थोरै अंश नियमितरूपमा आफूलाई पायक पर्ने सहकारी संस्थाहरूमा रकम जम्मा गर्ने नागरिकहरूको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दो छ । हिजोआज धेरै ब्याजको आशामा पनि सहकारी संस्थाहरूमा रकम जम्मा गर्ने गरेकाहरू थुपै्र भेटिन्छन् । केही सहकारी संस्थाहरूले निक्षेपकर्ताहरू बढाएर होस् वा लाभांशमा लोभ देखाएर अझ भनौँ ‘फिक्स डिपोजिट’ मार्फत बचतकर्ताहरू तानेर आप्mनो सङ्घसंस्थाको रकम बढाउन कम्मर कसेर लागेका छन् । पुँजीवादी बजारमा जनताको रकम आ–आप्mनो मुठ्ठीमा पार्न थुप्रै सङ्घसंस्थाका सञ्चालकहरूले विभिन्न प्रकारका कार्यक्रम ल्याउने गरेका हुन्छन् भने आयआर्जनको निम्ति दौडधूप गर्ने नागरिकहरू पनि बिनासोच विचार, बिनाजानकारी प्रचारप्रसारको पछि लाग्ने गर्छन् ।
सहकारी संस्थाहरूले तय गरेका आकर्षक नाराहरूको पछि लाग्ने नागरिकहरूले उक्त सहकारीको पृष्ठभूमि एवम् सञ्चालकहरूबारे थोरबहुत जानकारीसम्म राख्ने प्रयत्न नगर्दा आज थुप्रै निक्षेपकर्ताहरू पुर्पुरोमा हात राखेर बस्न बाध्य छन् । सहकारीहरूबीच प्रत्यक्ष वा अप्रत्यक्षरूपमा चलेका अस्वस्थ प्रतिस्पर्धाको पछाडि लाग्दा सञ्चालकहरूलाई मोटाउने अवसर स्वयं बचतकर्ताहरूले दिएका छन् भने यता बचतकर्ताहरू दिनदिनै पीडित भएका समाचारहरूले पीडा दिएको पिनर्द बुझ्न सकिन्छ । यस किसिमका आकर्षक नाराले नाराको पछि लाग्ने र ब्याजको लोभमा लागेका बचतकर्ताहरूलाई नराम्ररी झस्काउने गरेको पाइन्छ ।
समाज वर्गमा विभाजित छ । आर्थिकरूपले बलिया र कमजोरहरू पनि यही समाजमा छन् । पुँजीवादी समाजमा धनीहरू झन् धनी हुने र गरीबहरू झन् गरीब हुने गर्दछन् । यसले समाजमा धनी र गरीबको दूरी क्रमशः बढ्दै जान्छ र समाजमा अस्थिरता एवम् अराजकताले स्थान पाउने सम्भावना बलियो रहन्छ । वर्गीय समाजले बहुमत जनताको हित नगर्ने वास्तविकताबारे अवगत भएका समाजका प्रगतिशील विचारधाराका नागरिकहरूको प्रयासस्वरूप यस्ता वित्तीय संस्थाहरूको जन्म र विकास भएका हुन् । ‘थोपा थोपा मिलेर समुद्र बन्छ’ भनेझैँ थोरै थोरै रकम पछि धेरै हुने कसैको समस्यालाई सम्बोधन गर्नसक्ने, कम लगानी गरी मीठो प्रतिफल पनि पाउन सक्ने सम्भावना भएकोले पनि यस्ता संस्थाहरूप्रति मानिसको आकर्षण बढेको हो । आजको बचत भोलिको आर्थिक सहारा पनि हुने भएकोले यतातिर आकर्षित हुनु स्वाभाविक भयो । धनी र गरीबबीचको खाडल वा दूरी थोरै भए पनि कम गर्ने उद्देश्यले सहकार्यमा आधारित सहकारीको अवधारणा लिएर सहकारी संस्थाहरू खुल्ने गरेका हुन् ।
यस्तो राम्रो सामाजिक र आर्थिक उद्देश्य बोकेको सहकारीभित्र मौलाएका केही विकृत अनुहारहरूका कारण आज सहकारीप्रति केही मानिसको बुझाइमा फेरबदल आएको महसुुस हुन थालेको छ । निक्षेपकर्ताको रकम लिएर सञ्चालकहरू भाग्ने वा निक्षेपकर्ताहरूको रकम फिर्ता दिन नसक्ने गरी संस्था टाट पल्टिने गरेका माचारहरूले एकातिर बचतकर्ताहरूलाई सतर्क गराएको छ भने अर्कोतिर सञ्चालकहरूलाई जिम्मेवार । जिम्मेवारीका साथ पूर्ण उत्तरदायी भएर गतिविधि सञ्चालन नगर्दा त्यसको परिणाम सहकारीले आफ्नो उद्देश्य पूरा गर्न सकिँदैन भन्नेतर्फ सचेत गराउने गरेको छ ।
यद्यपि, सञ्चालकहरू स्वयंले आप्mना नजिकका मानिस वा आफन्तलाई विनाधितो सरल तवरले करोडौँ ऋण प्रवाह गर्ने तर सर्वसाधारण जनता तथा पहुँच नभएकाहरूका लागि धितो बुझाउँदासमेत अनावश्यक झन्झट व्यहोर्नुपर्ने भएका कारण सहकारी संस्थाहरूलाई जनताले आशातीत विश्वास गर्न नसकेको विषय पनि चर्चामा आउने गरेको पाइन्छ ।
निक्षेपकर्ताहरूको सुझबुझमा आएको कमी र सञ्चालकहरूको उच्च नाफामुखी प्रवृत्तिका कारण आज राजधानीमा खोलिएका थुप्रै सहकारी संस्थाहरूबाट सर्वसाधारण सँगसँगै विशिष्ट व्यक्तित्वहरूले समेत दुःख पाउने गरेका छन् । ब्याजको आशमा रकम जम्मा गरेकाहरूले ब्याज त कता हो कता साँवासमेत फिर्ता पाउन नसक्दा र पाइहाले तापनि आप्mनै रकम आप्mनो लागि भनेको समयमा पाउन नसक्दा ‘लगनपछिको पोते’ हुने गरेका घटनाका कारण सहकारी सञ्चालक र बचतकर्ताहरूको सम्बन्ध जटिल बन्दै गइरहेको छ । ओरेन्टल बचत तथा ऋण सहकारी लिमिटेडका सञ्चालक सुधीर बस्नेतले निक्षेपकर्ताहरूको रकम हिनामिना गरेको समाचार सेलाउन नपाउँदै ललितपुरको गुडविल सहकारीका सञ्चालक दिवाकर श्रेष्ठले निक्षेपकर्ताहरूमाथि गरेको अन्यायको कुरा बाहिर आयो । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङको कारण यस प्रकारका वित्तीय संस्थाहरू बदनाम हुन थालेका छन् । यसबाट उत्पन्न परिणामको रूपमा निक्षेपकर्ताहरूले आप्mनो निक्षेप फिर्ता पाउन नसकेका कारण आर्थिक एवम् पारिवारिक अवस्थासमेत बर्बादीको दिशातिर अगाडि बढेको छ ।
केही वर्षअघि सञ्चालक सुधीर बस्नेतले अन्य नाम चलेका कतिपय सहकारीहरूले भन्दा बढी ब्याज दिने प्रलोपन देखाए । उनको त्यो प्रलोभनसँगै कैयौँ मानिसले ब्याजको लोभमा थुप्रै निक्षेपकर्ताहरूबाट निक्षेप सङ्कलन गरे । उनले ११ हजार ८ सय ४० निक्षेपकर्ताहरूबाट रु. ६ अर्ब ८६ करोड रूपैयाँ सङ्कलन गरे । तर, सहकारीको उद्देश्य तथा मर्मविपरीत उनले उक्त रकम हाउजिङ तथा घरजग्गामा लगानी गरे । उक्त व्यवसायबाट उनले आशागरे अनुसार सफलता पाउन सकेनन् । यसबाट समस्या सृजना भयो । समस्या घट्नुको साटो थप बल्झिँदै गयो । उनले निक्षेपकर्ताहरूको निक्षेप फिर्ता गर्न नसक्ने देखेपछि पीडितहरूले बस्नेतविरुद्ध उजुरी हाले र उनी पक्राउ परे । पछि धरौटीमा रकम बुझाएर उनी छुटे । यद्यपि, निक्षेपकर्ताहरूले आप्mनो डुबेको रकम फिर्ता पाउन सकिरहेका छैनन् ।
यसरी नै अर्का व्यवसायी दिवाकर श्रेष्ठले लगभग पाँचसय निक्षेपकर्ताहरूबाट करोडौँ रूपैयाँ सङ्कलन गरी घरजग्गामा लगानी गरे । उनको व्यवसाय पनि डुब्यो । व्यवसायमा लगानी गरेको पैसामात्र डुबेन त्यससँगै उनले लगानीकर्ताहरूको विश्वासलाई नराम्ररी डुबाए । हाल उनी पुर्पक्षका लागि हिरासतमा रहेको समाचार बाहिर आएको छ । निक्षेपकर्ताहरूले पैसा फिर्ता पाउने हो वा होइन अत्तोपत्तो छैन ।
मानिसले आप्mनो पसिनाबाट आर्जेको रकम यस्ता वित्तीय संस्थामा जम्मा गरेका हुन्छन् तर सञ्चालकहरू जनतालाई विश्वासघात गर्छन् । यो वा त्यो बहानामा उनीहरू जनताबाट रकम उठाउँछन्, व्यक्तिगत फाइदाको निम्ति लगानी गर्छन् र जनताको रकम डुबाउन पुग्छन् । तिनीहरूविरुद्ध उजुरी पनि पर्छ तर राजनीतिक दलका नेताहरूको बलियो समर्थन रहेका कारण कारबाहीको भागीदार बन्दैनन् । यसप्रकार हिजोआज सहकारीहरूको माध्यमबाट जनता लुट्ने र ठगिने धन्दा फस्टाउन थालेको छ ।
यहाँ निक्षेपकर्ताहरूले निक्षेप गरेको आप्mनो रकम फिर्ता नपाउनुको पीडा त छँदै छ, साथै रक्त रकमको अभावमा आफ्ना आफन्तको ज्यानसमेत गएको घटनाले झन् ठूलो पीडा दिएको छ । भविष्यमा आइपर्ने आर्थिक समस्या समाधान गर्न आफूले जम्मा गरेको रकम फिर्ता नपाउँदा अहिले सिभिल सहकारीका बचतकर्ताहरूलाई ठूलो चोट पुगेको छ । भविष्यमा कुनै न कुनै प्रयोजनमा चाहिने र सो बेला ब्याजसहित निकाल्न सकिनेसम्म जानकारी भएका बचतकर्ताहरूले रकम बचत गरे । कसै कसैले त जीवनभर आर्जन गरेको रकम जम्मा गरेर राखे । आज सोही रकम परिवारजनको उपचारको लागि निकाल्न खोज्दा सञ्चालकले फिर्ता दिन नसकेको पीडा बोकेर दिन काट्दै छन् पीडितहरू । आफ्नै रकम पनि फिर्ताको लागि याचना गर्नु परिरहेको छ र गरिरहेका छन् । सिभिल सहकारीका सञ्चालकमध्येका एक इच्छाराज तामाङले ४ अर्ब ६६ करोड १५ लाख ८२ हजार रकम हिनामिना गरेको आरोप छ । उनले विनाधितो आप्mनै सहकारीबाट ८ अर्ब रूपैयाँ ऋण लिएर विभिन्न कम्पनीमा लगानी गरेको तर हाल उनले आफूसँग साढे दुई अर्बको मात्र सम्पत्ति देखाएको छ । यस सहकारीका लगानीकर्ता वा बचतकर्ताहरू हाल आप्mनो जीवनभरको रकम डुबेकोमा गहिरो चिन्तामा छन् भने परिवारजनको मृत्युको शोकमा रहन विवश भइरहेका छन् । उनीहरू डुबेको रकम फिर्ता आउने आशामा छन् । पीडितहरू सङ्घर्षमा जुटेका छन् तर बचत रकम फिर्ता आउने वा नआउने भन्ने जवाफ कसैसँग छैन ।
Leave a Reply