प्रजग कोरियाद्वारा साइबर चोरीको आरोपलाई उक्साहटको संज्ञाप्रजग कोरियाद्वारा साइबर चोरीको आरोपलाई उक्साहटको संज्ञा
- कार्तिक १८, २०८३
रोम, ३० अक्टोबर । इटालीको रोम सहरमा सुरु भएको युरोपेली सङ्घसहित १९ देशहरूको सङ्गठन जी २० का नेताहरूको १६ औँ शिखर सम्मेलनअघि नेताहरूले विश्वव्यापी चुनौतीको सामना गर्न संयुक्त प्रयास सशक्त बनाउन आग्रह गरेका छन् ।
शुक्रबार संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिओ गुटरेजले देशहरूबीच ‘अविश्वासको गहिरो अवस्था’ रहेको भन्दै आगामी शिखर सम्मेलनले यो दुरावस्था समाधान गर्न भूमिका खेल्ने आशा व्यक्त गरे ।
गुटरेजले संसारको दुई तिहाई जनसङ्ख्याको प्रतिनिधित्व गर्ने, विश्वव्यापी कुल गार्हस्थ उत्पादन (जीडीपी)को झन्डै ८६ प्रतिशत र विश्व व्यापारको ७५ प्रतिशत ओगटेको जी २० समूहले ऋण अनुदान र कोभिड–१९ खोपको पहुँच विस्तार गरेर गरिब देशहरूलाई थप सहायता दिनुपर्ने बताए ।
रोम जानुअघि ब्रसेल्समा युरोपेली आयोगका सभापति उरुसुला भोन देर लेयनले बिहीबार आयोजित पत्रकार भेटघाटमा जी २० ले सन् २०२२ को मध्यसम्ममा विश्वको कुल जनसङ्ख्याको ७० प्रतिशतलाई खोप दिने लक्ष्यमा जी २० प्रतिबद्ध रहने बताइन् ।
उनले आगामी वर्षको मध्यसम्म ५० करोडभन्दा बढी मात्रा खोप चन्दा दिन आग्रह गरेकी छिन् ।
उनले विश्वव्यापी महामारीको तदारुकतामा लगानी बढाउनुको महत्वमाथि जोड दिँदै भविष्यमा आउन सक्ने स्वास्थ्य चुनौती सामना गर्ने क्षमता र स्वास्थ्य प्रणालीको क्षमता बढाउन लगानी बढाउनुपर्ने बताइन् ।
जी २० नेताहरूको शिखर सम्मेलनमा कोभिड–१९ महामारीबीच बृहत् र न्यायपूर्ण विश्वव्यापी आर्थिक पुनःस्थापना कसरी अघि बढाउने, ऊर्जाको मूल्यवृद्धि र आपूर्ति प्रणालीमा समस्याको समाधान गर्नेजस्ता विषयमा छलफल गर्ने भन्दै भोन देर लेयनले सम्मेलनमा विश्वव्यापी कर सुधार तत्काल कार्यान्वयनमा आउनमा युरोपेली सङ्घको अडान कायम नै रहने बताइन् । उनले सो विषयमा जी–२० मा सहमति हुने आशा व्यक्त गरिन् ।
उनले जलवायु परिवर्तनको विषयमा थप विश्वव्यापी नेतृत्व र कदमको लागि आह्वान गरिन् ।
“यो शताब्दीको मध्यावधिसम्ममा कार्बनको तह शुद्ध शून्यमा पु¥याउन विश्वसनीय प्रतिबद्धता बोक्ने नेतृत्वको आवश्यकता छ । तर यो दसकमै उत्सर्जन कटौती गर्न पुग्दो प्रतिबद्धताको आवश्यकता छ”, उनले भनिन् ।
Leave a Reply