नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
ग्लासगोमा संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप २६) हुँदै गर्दा चिन्ता र आशा दुवै बढ्दै छ । चिन्ता छ किनभने देखे पनि नदेखेजस्तो गर्ने केही मुट्ठीभर मानिसहरूबाहेक हामी सबैले पृथ्वीमा पु¥याइरहेको क्षति देखिरहेका छौँ । डढेलो, बाढी पहिरो र समुद्रको सतह बढ्दा संसारभर भयावह अवस्था निम्तिएको छ । वातावरणीय विनाश र त्यसले निम्त्यिाएको द्वन्द्वले ठूलो आकारको शरणार्थी समस्या जन्माइरहेको छ ।
तर, आशाका किरण पनि देखिँदै छ । किनभने, थप महत्वाकाङ्क्षी सक्रियताको लागि जलवायु अभियन्ता गे्रटा थुनबर्गको दीर्घकालीन र हृदयविदारक आह्वानमात्र होइन, केही मानिसले मानव जातिले सामना गरिरहेको चुनौतीलाई भित्रैबाट बुझ्न थालेका छन् । यही भावनाबाट युरोपेली सङ्घले ‘युरोपेली हरित सम्झौता’ सार्वजनिक गरेको छ । सन् २०५० भित्र युरोपेली सङ्घलाई कार्बन–तटस्थ बनाउने त्यो सम्झौताको लक्ष्य हो ।
संरा अमेरिकाले पनि यो शताब्दीको मध्यसम्म अर्थात् सन् २०५० भित्र शुद्ध–शून्य उत्सर्जन (नेट जिरो इमिसन) मा पुग्ने लक्ष्य राखेको छ । हालै संरा अमेरिकी सरकारले जलवायु सङ्कट सामना गर्न विकासशील देशहरूलाई मद्दत गर्न आफूले दिँदै आएको आर्थिक सहायता दोब्बर बनाउने घोषणा गरेको छ । उसले प्रतिवर्ष ११ अर्ब ४० करोड अमेरिकी डलर त्यसको लागि खर्च गर्ने भएको छ । संरा अमेरिकी सांसद अलेसान्द्रिया ओकासिओ–कार्टेज र सिनेटर इद मार्केलगायत केही सांसदहरूले ‘हरित नयाँ सम्झौता’ को प्रस्ताव गरेका छन् । त्यसमा संरा अमेरिकी अर्थतन्त्रको पुनः संरचना र समयान्तरमा संरा अमेरिकाका सबै कार्बन उत्सर्जन निर्मुलन गर्ने महत्वाकाङ्क्षी योजना घोषणा गरिएको छ ।
तथापि, यी सबै पहलपछि जलवायु परिवर्तनको प्रतिरोध हामीले निकै ढिलामात्र सुरु गरेको यथार्थ हो । मानिसले डायनासोरको नियति भोगेको हामी चाहँदैनौँ भने हामीले जलवायु परिवर्तन रोकथामको प्रयास थालिहाल्नुपर्ने अवस्था छ । जलवायु सङ्कट विश्वव्यापी मुद्दा हो । यसको निम्ति सबै देशले तदारुकता देखाउनुपर्छ । तर, जलवायु परिवर्तनबाट सबभन्दा बढी मारमा पर्ने केही देशहरूसहित धेरै विकासशील देशहरूलाई आफैले केही गर्न आर्थिक अभाव छ । दक्षिण अफ्रिका, अधिकांश दक्षिण तथा दक्षिणपूर्वी एसियाली देशहरूसहित केही उदयीमान अर्थतन्त्रहरू कोइलाप्रति निकै निर्भर छन् । उनीहरूले अहिलेको अवस्था बिथोल्ने गरी हरित सङ्क्रमण भोग्नुपर्नेछ ।
त्यसकारण, आर्थिक र वैज्ञानिक सहायता प्रणाली बनाउन हामीलाई सामूहिक प्रतिबद्धताको खाँचो छ । त्यो सहायता प्रणालीमार्फत सबै देशले आ–आफ्ना भूमिका निभाउन सक्नेछन् । सन् २०१५ मा पेरिसमा भएको जलवायु सहमति कूटनीतिकरूपमा सफल थियो । त्यसले झन्डै २ सय देशबाट अनुमोदन प्राप्त गरेको थियो । तर, विश्व तापमान वृद्धिलाई १.५ डिग्री सेल्सेसमा सीमित राख्ने लक्ष्यमा आजको संसार निकै नराम्ररी असफल बनिरहेको छ । १.५ डिग्री सेल्सेस भनेको औद्योगिक क्रान्तिअघिको पृथ्वीको तापमान हो । पेरिस सहमतिमा पृथ्वीको तापक्रम त्यत्तिमा सीमित राख्ने सहमति भएको थियो ।
ग्लासगो सम्मेलनले के कुनै ठोस काम अघि बढाउला ? थुनबर्गले हालै चेतावनी दिएकी छिन्, “नेताहरूले यसो गर्छौँ, उसो गर्छौँ भन्नेछन्, … तर, उनीहरूले केही गर्नेछैनन् ।” नेताहरूले जलवायु परिवर्तन रोक्न तय गरेको लक्ष्य पूरा गर्न पुग्दो काम नगर्दा फैलिएको निराशा युवाहरूमा मात्र सीमित छैन । बेलायतकी महारानी एलिजावेथ द्वितीयले पनि उस्तै भावना पोखेकी छिन् । उनले भनेकी छिन्, “हामी कुरामात्र गर्छौं, तर काम नगर्दा त्यो अवस्था वास्तवमै दिक्कलाग्दो हो ।”
जलवायु परिवर्तन रोकथामको निम्ति हाम्रो काम कुराभन्दा निकै कम हुँदा हाम्रा कुरा पाखण्डीमात्र हुन् कि भनेर हामी आत्तिनु अन्यथा होइन ।
तर, त्यसो हुनु हुन्न । यदि हामी भावी पुस्ताको निम्ति यो जीवन्त ग्रह दिन चाहन्छौँ भने हामीले हरेक मानिसले गर्न चाहेको काम र सामूहिकरूपमा वास्तवमा हामीले गर्न सकेको कामबीचको अन्तरबारे बुझ्न अपरिहार्य छ । स्वार्थमा आधारित निर्णय प्रक्रियाको कारण सबैको अहित हुने ‘बन्दीको अलमल’ (प्रिजनर्स डेलिमा) को नियति हामीले भोग्नुपर्ने अवस्था छ । जलवायु सङ्कट समाधान गर्न आवश्यक प्रतिबद्धता र वचनबद्धताको परिचालन सामाजिक विज्ञान र नैतिक दर्शनका साथै राजनीतिक नेताहरूको पनि समस्या हो ।
नवशास्त्रीय अर्थतन्त्रले हामीलाई बुझाएभन्दा फरक आधुनिक अर्थतन्त्रले केही व्यक्तिको चाहनाबाट निर्देशित भई निरपेक्ष बजारको शृङ्खलाको रूपमा काम गर्दैन । मरियाना मजुकाटोले आफ्नो पुस्तक ‘मिसन इकोनोमी ः अ मुनसट गाइड टु चेन्जिङ क्यापिटालिज्म’ मा बजार ‘सङ्गठनात्मक व्यवहार, अन्तरक्रिया र संस्थागत संरचनालाई प्रभावित बनाउने नियम, मान्यता र करारमा अन्तरनिहीत हुने’ लेखेकी छिन् ।
त्यसकारण, कुल व्यक्तिगत मनसायलाई सामूहिक कामसँग बराबर गर्नु गल्ती हुन्छ । जब मानिसहरू जलवायु सङ्कटलाई रोक्न सबै थरी काम गर्ने कुरा गर्छन् भने त्यो पाखण्ड नहुनसक्छ । उनीहरू हालसालै मैले एउटा कार्यपत्रमा भनेको ‘ग्रेटा डेलिमा’ मा परेको हुनसक्छ ।
‘ग्रेटा डेलिमा’ मा एउटा समूह मानिसले सुरुमा आफ्ना स्वार्थ अघि बढाउँछ । त्यसक्रममा उनीहरूलाई आफ्ना कामले वातावरणमा कसरी क्षति पुगिरहेको छ भन्ने कुरामा चासो हुन्न । आफ्नो कामले भावी पुस्ताको भविष्यलाई कसरी प्रभावित बनाउन सक्छ भन्नेमा उनीहरूलाई खास चिन्ता लाग्दैन । त्यत्तिबेला मानिसहरू वातावरणीयरूपमा सचेत भएको भए र सुधारात्मक कदम चालेको भए पुराना आर्थिक ढाँचाले भविष्यको पुस्ताको हितमा सुधारका कदम चाल्ने अनुमान गरिन्थ्यो ।
तर, हामी बाँचेको आजको यो जटिल र रणनीतिकरूपमा जोडिएको संसारमा भने परिणाम अर्कै आउन सक्छ । ग्रेटा डेलिमाले विरोधाभासपूर्ण परिणाम दिन्छ । जसमा वातावरणीय रूपमा सचेत मानिसहरूले नै वातावरणमा ठूलो क्षति पु¥याइरहेको हुन्छ । एमसी इस्चरका विरोधाभासपूर्ण चित्रहरूमध्ये एउटा चित्रमा जस्तै यो स–साना व्यक्तिगत पाइलाबीचको अन्तरसम्बन्ध हो, जसको अन्तिम परिणाम ती सबै व्यक्तिहरूले चाहेको भन्दा फरक आउँछ । भावी पुस्तालाई सहयोग गर्नुको सट्टा त्यसले ठूलो चोट पु¥याउँछ ।
प्रस्टतः यो खेल त्यसका विरोधाभासलाई झल्काउन योजित हो । तर, आजको जटिल विश्व अर्थतन्त्रमा हामीले जलवायु सङ्कटको जोखिमबाट जोगाउने ढङ्गको नीति बनाउने मानवीय अन्तरक्रियाको रणनीतिक आधारमा हामीले बढी जोड दिन आवश्यक छ ।
यो साँघुरो प्राज्ञिक तर्क जस्तो लाग्न सक्छ । तर, त्यसो होइन । यदि हामीले थुनबर्गको महत्वाकाङ्क्षालाई बुझ्ने हो भने मेरो विचारमा धेरै नेताहरूसहित धेरै मानिसले इमानदारीपूर्वक ग्रेटा डेलिमालाई हामीले चाहेका नीति र संस्थाको योजनाका लागि प्रयोग गर्न आवश्यक छ ।
कोप २६ मा नेताहरूले पुग्दो काम नगर्नेमा हामी सजग हुन जरुरी छ । तर, त्यसो हुनुमा वैज्ञानिक कारण पनि भएको हामीले बुझ्न जरुरी छ । जलवायु परिवर्तन र अन्य मुद्दामा हामीले खेलिरहेका सामाजिक र आर्थिक खेलबारे बुझ्न जरुरी छ । अनि त्यसका नियमहरू बदल्न प्रयास गर्नुपर्छ ता कि हाम्रा व्यक्तिगत नैतिक मनसायले हाम्रा सामूहिक परिणाम झल्काउन सकियोस् ।

कौशिक बासु
Leave a Reply