नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
ग्लासगो, १ नोभेम्बर । संयुक्त राष्ट्र सङ्घको २६ औँ जलवायु सम्मेलन (कोप २६) आइतबारबाट स्कटल्यान्डको ग्लासगोमा सुरु भयो । कोभिड–१९ महामारीको कारण अघिल्लो वर्ष हुनुपर्ने सम्मेलन यो वर्षमात्र भएको हो ।
यसअघि सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा पच्चीसौँ जलवायु सम्मेलन भएको थियो । सो सम्मेलनमा भएको पेरिस जलवायु सम्झौताको समीक्षा यो वर्षको सम्मेलनमा हुने अपेक्षा गरिएको छ । दुई साता चल्ने सम्मेलनमा सहभागी प्रतिनिधिहरूबीच जलवायु परिवर्तन रोकथामको निम्ति भएका प्रयास र भावी योजनाबारे चर्चा गर्नेछन् ।
संसारभर बाढी पहिरोदेखि डढेलोसम्मका जलवायु परिवर्तनसम्बन्धी मौसम सङ्कटको शृङ्खला चलिरहको बेलामा यो सम्मेलन भइरहेको छ । पेरिस सम्झौताको बजार संयन्त्रका नियम टुङ्गो लगाउने र जलवायुसम्बन्धी चुनौती सामना गर्न विकासशील देशहरूलाई मद्दत गर्न धनी देशहरूका पूरा नभएका आर्थिक सहयोगको वाचालाई सम्मेलनको प्रमुख विषय बनाइएको छ ।
कोप २६ का सभापति आलोक शर्माले आफ्नो शुभारम्भ भाषणमा भने,“हामीले एक वर्षको लागि कोप २६ पछाडि सारेका थियौँ । तर, यो एक वर्षमा जलवायु परिवर्तन भने स्थगित भएन । …अनि १.५ डिग्री कायम राख्ने समय सीमा पनि नजिकिँदै छ ।”
“हामीलाई थाहा छ, हाम्रा साझा ग्रह अझ खराब बन्दै छ । अनि हामीले यो अन्तर्राष्ट्रिय प्रणालीमार्फत त्यो समस्या समाधान गर्नसक्छौँ । …अनि यदि हामीले अहिले काम थाल्ने हो र मिलेर काम गर्ने हो भने हामीले हाम्रो बहुमूल्य पृथ्वीलाई जोगाउन सक्छौँ,” उनले भने ।
Leave a Reply