भर्खरै :

सुस्त मनस्थिति कल्याण विद्यालय भवनको उद्घाटन

भक्तपुर, १५ कार्तिक । नेपाल सरकार राष्ट्रिय पुनः निर्माण प्राधिकरणको विद्यालय पुनः निर्माण कार्यक्रमलाई सहयोग गर्दै यूनओपीएसले नर्वेली सरकारको आर्थिक सहयोगमा बनेको ७ कोठे तीनतले सुस्त मनस्थिति कल्याण विद्यालय भवनको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा सोमबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले धैर्यतापूर्वक गरेको कामबाट सफलता मिल्ने धारणा राख्दै नवनिर्मित विद्यालय भवनको सही सदुपयोग हुने आशा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सुस्त मनिस्थति भएका व्यक्तिलाई सक्षम बनाउने लक्ष्यका साथ उनीहरूमा भएका प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्नु आवश्यक छ ।”
कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार चवालले भवन निर्माणमा आत्मीय सहयोग प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा सीसीपीआईयूका प्रतिनिधि उद्धव नेपाल, सुस्त मनस्थिति कल्याण सङ्घका केन्द्रीय अध्यक्ष लम्बोदरप्रसाद कायष्ठ, अनन्तप्रसाद धौभडेल, प्रधानाध्यापक तारादेवी किजुलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *