नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
ल्याटिन अमेरिकीहरू धेरै प्रतिभाशाली छन् । उनीहरूका प्रतिभामध्ये एउटा उल्लेखनीय प्रतिभा भनेको आफैमाथि कुशासन लाद्ने प्रतिभा पनि हो । महामारीले यो कुरा प्रस्ट पारिसकेको छ । कोभिड–१९ को कारण प्रतिव्यक्ति धेरै मानिसको निधन हुने संसारका २० देशमध्ये ६ देश ल्याटिन अमेरिकामा छन् । तीमध्ये पेरु सबभन्दा अगाडि छ । ब्राजिल आठौँ क्रम सङ्ख्यामा छ ।
हो, गरिबी, अस्पतालमा शय्याको अभाव र निकै खँदिलो आवास क्षेत्रले भाइरस फैलिन मद्दत गर्छ । तर, ती कारणले मात्र सो क्षेत्रमा भाइरस यसरी व्यापकरूपमा फैलिएको थिएन । एसिया र अफ्रिकाका धेरै देशहरूमा पनि उस्तै समस्या छन् । तर, त्यहाँ प्रतिव्यक्ति मृत्युदर कम छ । चिलीजस्तो धेरैअघि नै खोप अभियान थालेको देश होस् अथवा भाइरस सुरुमा फैलिँदा नियन्त्रण गर्न सफल भएको देश उरुग्वे नै किन नहोस्, उनीहरूको अन्तिम नतिजा भने त्यत्ति राम्रो भएको देखिएन ।
ल्याटिन अमेरिका फेरि एकपल्ट संसारलाई नेतृत्व गर्ने तयारी अवस्थामा छ । यो पटक ल्याटिन अमेरिकाले महामारी पछिको आर्थिक असफलतामा संसारको नेतृत्व गर्न खोजिरहेको छ । उच्च वस्तु मूल्यको कारण ल्याटिन अमेरिकाले महामारीपछिको आर्थिक पुनःस्थापनामा केही उल्लेखनीय सफलता हासिल गरेको थियो । तर, आज विभिन्न ल्याटिन अमेरिकी देशमा आर्थिक वृद्धिको इन्जिन भने शिथिल बन्दै गएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले आगामी सन् २०२२ मा ल्याटिन अमेरिका सबभन्दा सुस्त गतिमा आर्थिक वृद्धि हुने क्षेत्र बन्ने अनुमान गरेको छ ।
खराब कुरो त के हो भने यस्तो अवनतिको अवस्था स्थायी हुने देखिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले ल्याटिन अमेरिकाबारे हालै सार्वजनिक प्रतिवेदनले महामारीअघिको प्रतिव्यक्ति आयको अवस्थामा ल्याटिन अमेरिका फर्किन मुस्किल नै छ । बरु मुद्रा कोषले ल्याटिन अमेरिकाका अघि बढेका केही देशहरू पनि महामारी फैलिनुअघिको अवस्थामा फर्किनेछन् ।
स्थापित आर्थिक वृद्धिको सिद्धान्तअनुसार गरिब देशहरूले क्रमशः धनी देशहरूलाई भेटाउने छन् । ल्याटिन अमेरिका भने यो नियमको ठीक अपवाद छः कम्तीमा अहिले देखिने भविष्यमा ल्याटिन अमेरिका आगामी दिनमा अझ पछाडि धकेलिने छ ।
विगतमा वस्तु मूल्य ओरालो लागेपछि मात्र ल्याटिन अमेरिकी अर्थतन्त्र प्रभावित हुन्छ । यो पटक भने वस्तु मूल्यमा आएको सानोतिनो उछाल (बुम) को अवस्थामा समेत यहाँको अर्थतन्त्र उकासिएन । त्यसको एउटा कारण उत्पादकत्व र आम्दानीमा सुस्त वृद्धिको दीर्घकालीन समस्या हो ।
सन् १९७० दशकदेखि सन् १९९० दसकसम्म ल्याटिन अमेरिकाले निर्यातमुखी उत्पादनबाट लाभ उठाउने अवसर गुमायो । त्यही निर्यातमुखी उत्पादनको बाटोले पूर्वी एसियालाई धनी बनाएको थियो । एक्काइसौँ शताब्दीमा आपूर्ति प्रणालीबाट हुने आर्थिक उछाल पनि ल्याटिन अमेरिकाले गुमायो । त्यही आर्थिक उछालबाट बुल्गेरियादेखि भियतनामसम्मले लाभ उठाए । मेक्सिकोको कुरा अर्कै छ । ऊ उत्तर अमेरिकी आपूर्ति प्रणालीसँग नजिकबाट गाँसिएको छ । दक्षिण अमेरिकाका ठुला अर्थतन्त्रजस्तै अर्जेन्टिना, ब्राजिल र कोलोम्बियाको हकमा मेक्सिकोको अवस्था लागु हुँदैन ।
महामारीको कारण कमजोर बनेको अर्थतन्त्रले दीर्घकालीनरूपमा आर्थिक वृद्धिलाई शिथिल बनाउने सम्भावना प्रबल रहन्छ । अन्य विभिन्न क्षेत्रका मजदुरहरू आ–आफ्ना काममा फर्किसकेपछि पनि ल्याटिन अमेरिकी शिक्षक सङ्गठनहरूले लामो समयसम्म विद्यालय पुनःसञ्चालन नगर्ने प्रष्टतः स्वार्थी व्यवहार गरे । महामारीको समयमा ल्याटिन अमेरिकाका विद्यार्थीहरू औसतमा ४८ साता विद्यालय जान पाएनन् ।
अन्य उदयीमान र विकासशील देशहरूमा विद्यार्थीहरू औसत ३० साता विद्यालय बाहिर रहे । इन्टरनेटको सुविधासम्पन्न परिवारका बालबालिकाहरूले घरमै बसेर पनि धेरै कुरा सिके । तर, गरिब परिवारका केटाकेटीले यो अवधिमा केही सिक्न पाएनन् । यो अवस्थाले ल्याटिन अमेरिकी उत्पादकत्वमा पारेको प्रभाव दसकौंसम्म कायम रहनेछ र त्यसले आर्थिक असमानतालाई अझ खराब बनाउने छ ।
लगानीमा खराब अवस्थाले आर्थिक वृद्धिलाई अझ भयावह बनाउँदै छ । चिलीमा हालै गरिएको एक सर्वेक्षणले त्यहाँका ७० प्रतिशत कम्पनीले आफ्नो उत्पादन बिस्तारको योजनालाई स्थगनमा राखेको देखाएको छ । त्यसो गर्नुको कारण बुझ्न गा¥हो छैन । सर्वेक्षण गरिएको सातामा नै चिलीको राजधानी सान्टियागोमा हुलदङ्गा मच्चियो । त्यत्तिञ्जेल आगामी नोभेम्बर २१ मा हुने राष्ट्रपति निर्वाचनअघिको मत सर्वेक्षणमा कट्टर दक्षिणपन्थी उम्मेदवारको लोकप्रियता दर वामपन्थी उम्मेदवारको हाराहारीमा पुगिसकेको चिलीका जनताले थाहा पाए ।
ल्याटिन अमेरिका लामो समयदेखि वामपन्थी लोकप्रियतावाद (लेफ्ट पपुल्यारिज्म) बाट पीडित छ । भेनेजुयलाका निकोलस माडुरो, इक्वेडरका राफेल कोरेया र अर्जेन्टिनाका श्रीमान–श्रीमती केर्चनरले आफूलाई जनताका असली प्रतिनिधिको रूपमा चित्रण गर्न सफल भए । त्यही क्रममा उनीहरूले आफ्ना खराब नीतिको लागि आफूलाई उत्तरदायी बनाउने प्रजातान्त्रिक संस्थाहरूलाई कमजोर बनाए ।
अहिले आएर ल्याटिन अमेरिका दक्षिणपन्थी लोकप्रियतावादबाट पीडित बनेको छ । ब्राजिलका जाएर बोल्सोनारो, कोलोम्बोका अल्भारो उरिबका केही समर्थक र चिलीका जोसे एन्टोनिओ कास्टहरू आज ट्रम्पकै संवाद दोहो¥याइरहेका छन् । उनीहरू कानुन र व्यवस्था, आप्रवासीविरोधी राष्ट्रवाद र जनजागरणविरोधी सांस्कृतिक सङ्घर्षका कुरा गरिरहेका छन् ।
चिली, ब्राजिल र कोलोम्बियामा निकट भविष्यमा अर्को राष्ट्रपति निर्वाचन हुँदैछ । यी निर्वाचनमा दक्षिणपन्थी किङ कोङ र वामपन्थी गोड्जिल्लाबीच लडाई हुनेछ । चलचित्रमा यी दुई राक्षस एकअर्कासँग लड्दा विनाशबाहेक केही हात लाग्दैन । ल्याटिन अमेरिकामा पनि त्यस्तै हुँदैछ ।
ल्याटिन अमेरिकामा महामारी समाप्त भए पनि ऋण सङ्कटको भूतले भने अझै पनि सताइरहनेछ । राम्रो समाचार के छ भने अधिकांश देशका सरकारले बजारमाथि आफ्नो नियन्त्रण गुमाइसकेको छैन । त्यसकारण सरकार र सम्बद्ध निकायले महामारीको जञ्जालबाट निस्कन सहायता लिइरहन सकेका छन् । खराब समाचार के हो भने अब उनीहरू त्यसरी सहायता लिएको पैसाले निम्त्याउने नियति भोग्न बाध्य हुनेछन् ।
जति धेरै सरकारी र निजी ऋण बढ्छ, दिगोपना त्यत्ति नै कमजोर हुनेछ र विश्वको व्याज दर बढ्दै जानेछ । ती सबैको सम्मिलनले सो क्षेत्रको समग्र अर्थतन्त्रमा घातक प्रभाव पार्नेछ । ब्राजिल
र अर्जेन्टिनाजस्ता देशहरूमा सरकारी ऋणको अनुपात अहिले नै चिन्ताजनक अवस्थामा छ । संरा अमेरिकी सङ्घीय रिजर्भले अपेक्षितभन्दा छिटो ऋण असुली गर्न दबाब दिए त्यस अवस्थामा आइलाग्ने सङ्कटले सो क्षेत्रको आगामी अवस्था निक्र्योल गर्छ । तथापि, यी सबै प्रतिकूलताबीच पनि ल्याटिन अमेरिकाले दुई वटा अवसर छोप्न सके फेरि पनि अघि बढ्ने बाटो खुल्न सक्छ । पहिलो, महामारीको कारण ल्याटिन अमेरिकी कम्पनीहरूले आफ्नै देशमा फर्केर उत्पादन गर्ने अवस्थाको लाभ उठाउनुपर्छ । दोस्रो चीन र पश्चिमबीचको बढ्दो द्वन्द्वबाट पनि उनीहरूले लाभ लिन सक्नुपर्छ ।
यदि सबभन्दा अघि बढेका दक्षिण अमेरिकी देशहरूले आफ्ना बन्दरगाह र बाटाघाटामा सुधार गर्न सके र आफ्ना वित्तीय व्यवस्थालाई तुलनात्मक रूपमा स्थीर राख्न सके त्यसबाट पनि लाभ लिन सकिन्छ । ल्याटिन अमेरिकाले एक पुस्ताअघि गुमाएको आपूर्ति प्रणालीको डुङ्गामा बस्ने उनीहरूको लागि अहिलेको परिस्थिति दोस्रो र सम्भवतः अन्तिम मौका हो ।
हरित पूर्वाधारमा ठुलो लगानीले पनि केही मद्दत गर्न सक्छ । बहुपक्षीय ऋणदाताले वातावरणीय हिसाबमा राम्रो कुनै पनि परियोजनामा लगानी गर्न खोजिरहेका छन् । ल्याटिन अमेरिकाले यो अवस्थाको पूर्ण लाभ उठाउन सक्नुपर्छ । यो चलाखीले लगानी बढाउनुका साथै सो क्षेत्रमा सरकारी–ऋणको बोझलाई सकेसम्म कम गर्नेछ । न्युन आयका देशहरूमा अनुदानले मुख्य भूमिका खेल्न सक्छ । मध्यम आय भएका देशहरूमा समतामूलक लगानी, निजी–सरकारी साझेदारी र अन्य विभिन्न नयाँ किसिमका वित्तीय व्यवस्थाले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
अन्तर अमेरिकी विकास बैङ्क अनुसार ल्याटिन अमेरिकी सरकारले यदि प्रतिगामी (परम्परागत) खर्च कटौती गर्ने हो भने हरित लगानी बढाउन सक्छ । यो सही हो । तर, यो कुरा बोल्न जति सजिलो छ, गर्न त्यत्ति नै गा¥हो छ । शक्तिशाली खेलाडीहरूले प्रायशः अनिच्छित क्षेत्रमा धेरै लगानी गर्न इच्छा राख्छ । प्रतिगामी र पर्यावरण अमैत्री ऊर्जा अनुदान यसका उदाहरण हुन् । अर्जेन्टिना र इक्वेडरका राजनीतिक नेताहरूलाई सोध्दा हुन्छ, उनीहरूले यो कुरा हटाउन कति दुःख गर्नुपरेको थियो ।
“ब्राजिल भविष्यको देश हो र सधैं रहनेछ”, एउटा पुरानो भनाइ छ । आजभोलि पनि निकै खराब ढङ्गले शासित ल्याटिन अमेरिकी देशहरू यही नियति भोग्न बाध्य छन् ।
(लेखक चिलीका पूर्वराष्ट्रपति उम्मेदवार र पूर्वअर्थमन्त्री हुनुहुन्छ ।)
स्रोत : प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवाद : सुशिला
Leave a Reply