नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
(स्कटल्यान्डको ग्लास्गोमा आयोजित विश्व जलवायु सम्मेलनमा नोभेम्बर १ मा चीनका राष्ट्रपति सी चिनफिङद्वारा व्यक्त मन्तव्यको नेपाली अनुवाद)
सम्माननीय प्रधानमन्त्री बोरिस जोनसन,
मित्रहरू
विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी बन्न पाउँदा र जलवायु चुनौती समाधानका उपायबारे छलफल गर्न पाउँदा खुशी लागेको छ । हामीले कुरा गरेजस्तै जलवायु परिवर्तनका नकारात्मक प्रभाव बढ्दैछ । त्यसकारण विश्वव्यापी रूपमा जलवायु परिवर्तन रोकथामको निम्ति काम गर्नु अपरिहार्य बनेको छ । जलवायु परिवर्तनको कसरी सामना गर्ने र विश्व अर्थतन्त्र कसरी पुनःस्थापित गर्ने भन्ने चुनौती हामीले सामना गर्नैपर्ने हाम्रो समयका चुनौती हुन् ।
पहिलो, हामीले बहुपक्षीय सहमतिलाई अघि बढाउनुपर्छ । जलवायु परिवर्तनजस्ता विश्वव्यापी चुनौती आइलाग्दा बहुपक्षवाद नै सबभन्दा सही उपाय हो । जलवायु परिवर्तनबारे संयुक्त राष्ट्र सङ्घीय कार्यक्रमसम्बन्धी सम्मेलन र पेरिस सहमतिले जलवायु परिवर्तनबारे अन्तर्राष्ट्रिय सहकार्यको लागि आधारभूत कानुनी आधार प्रदान गर्छ । ग्लास्गोमा भएको सफल कोप–२६ लाई परिणाममुखी बनाउन विभिन्न पक्षबीच विद्यमान सहमतिलाई अझ बलियो बनाउनुपर्छ, आपसी विश्वास बढाउनुपर्छ, सहकार्य अघि बढाउँदै मिलेर काम गर्नुपर्छ ।
दोस्रो, हामीले मूर्त काममा जोड दिनुपर्छ । कुनै पनि अवधारणा तबमात्र सही हुन्छ जब हामीले त्यसलाई कार्यान्वयनमा ल्याउँछौँ । जलवायु क्षेत्रमा काम गरेर देखाउन सबै पक्षले आफ्ना प्रतिबद्धताको सम्मान गर्नुपर्छ, वस्तुगत लक्ष्य र दृष्टिकोण निर्धारण गर्नुपर्छ र आफ्नो देशको परिस्थितिअनुसार अधिकतम काम गर्नुपर्छ । विकसित देशहरूले आफुले मात्र गरेर पुग्दैन । तर, विकासशील देशहरूलाई पनि अझ काम गर्न सहयोग गर्नुपर्छ ।
तेस्रो, हामीले हरित सङ्क्रमणलाई गति दिनुपर्छ । हाम्रो ऊर्जा र स्रोतलाई रूपान्तरण गर्न र स्तरोन्नति गर्न विज्ञान र प्रविधिमा अनुसन्धानलाई अघि बढाउनु महत्वपूर्ण छ । साथै, हाम्रा औद्योगिक संरचना र उपभोग ढाँचामा परिवर्तन गर्नुपर्छ, हरित अर्थतन्त्र र समाजलाई प्रवद्र्धन गर्नुपर्छ र विकाससँगै संरक्षणलाई समन्वय गर्ने नयाँ बाटोको खोजी गर्नुपर्छ ।
साथीहरू,
मानिस र प्रकृतिको लागि जीवन भन्ने दृष्टिकोणबाट निर्देशित भएर चीनले पर्यावरणीय संरक्षणलाई प्राथमिकता दिंदै आएको छ । विकासमा हरित र न्यून कार्बनको बाटोलाई चीनले पछ्याउँदै आएको छ । हामीले हरित, न्यून कार्बनयुक्त र समग्रताको आर्थिक प्रणालीलाई प्रवद्र्धन गर्नेछौँ । औद्योगिक संरचनागत अनुकूलनलाई प्राथमिकतामा राख्नेछौँ । बेतुकका ऊर्जामुखी र उच्च उत्सर्जनमूलक परियोजनामा हामी नियन्त्रण गर्नेछौँ । हामीले हरित र न्यून कार्बन उर्जाको सङ्क्रमणलाई गति दिनेछौँ, नवीकरणीय ऊर्जाको व्यापक विकास गर्नेछौँ र ठुल–ठुला वायु र प्रकाश ऊर्जाको केन्द्रका योजना विकास र निर्माण गर्नेछौँ । चीनले हालै दुई वटा निर्देशिका जारी गरेको छ ः सन् २०३० अघि कार्बन डायोअक्साइड उत्कर्ष र कार्बन शून्यताको पूर्ण र इमानदार कार्यान्वयनको लागि नयाँ विकासको दर्शन र कार्ययोजनाको लागि कार्य निर्देशिका । ऊर्जा, उद्योग, निर्माण र यातायातजस्ता प्रमुख विषय र कोइला, विद्युत्, फलाम तथा स्ताप र सिमेन्टजस्ता प्रमुख क्षेत्रमा विशिष्ट योजना लागु गर्ने छौँ । विज्ञान प्रविधि, कार्बनलाई निस्क्रिय बनाउने, वित्तीय र कर व्यवस्था, वित्तीय अनुदानजस्ता सहयोगी नीतिमार्फत यो कदमलाई होस्टेमा हैसे गर्नेछौँ । यी सबै नीतिले समष्टिगत रूपमा कार्बनको उत्कर्ष र कार्बन शून्यताको परिणाममा पु¥याउने १ प्लस एन नीतिको ढाँचा बन्नेछ । जसमा प्रष्टतः समयतालिका, कार्ययोजना र आधारपत्र समावेश हुनेछ ।
प्राचीनकालमा चिनियाँहरू ‘सफल शासन मूर्त काममा निर्भर हुने’ कुरामा विश्वास गर्थे । मलाई आशा छ, सबै पक्षले जलवायु चुनौती संयुक्त रूपमा सामना गर्न सशक्त कदम चाल्नेछन् र हामी सबैको साझा घर पृथ्वीको संरक्षण गर्नेछन् ।
धन्यवाद !
नेपाली अनुवादः सुमन
Leave a Reply