तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, १७ कार्तिक । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, केन्द्रीय समितिले बुधबार एक वक्तव्य जारी गरी नेपाल आयल निगमले हालै पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोध गरेको छ । सङ्घका केन्द्रीय संयोजक प्रकाश गुरूङले जारी गर्नुभएको वक्तव्यको पूर्ण पाठ प्रस्तुत छ :
नेपाल आयल निगमले पछिल्लो पटक २०७८ कार्तिक १२ गते मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको चर्को मूल्यवृद्धिको नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ विरोध एवम् भत्र्सना गर्दछ । जनताप्रति जिम्मेवार सरकारले भारतमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको कारण देखाएर नेपालमा मूल्यवृद्धि गर्दैन । तिहारको मुखमा भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै दैनिक जीवनमा उपभोग्य वस्तुहरूको पनि मूल्यवृद्धि हुने निश्चित छ । मूल्यवृद्धिले गर्दा उपभोक्ताको ढाड भाँचिने छ । सो मूल्यवृद्धिको निर्णय तत्काल फिर्ता गरी निगमभित्रको भ्रष्टाचार नियन्त्रण गर्न नेक्राविसङ्घ जोड दिन्छ ।
यसअगाडि पनि भारतमा तेलको मूल्य बढ्न नपाउँदै नेपाल आयल निगमले नेपालमा तेलको मूल्य बढायो । तर, भारतमा मूल्य घट्दा नेपालमा कहिल्यै घटाइएन । स्वचालित मूल्य प्रणालीको नाममा आयल निगमले मूल्य बढाउने तर घट्दा नघटाउने काम जनतालाई ठग्नु हो । आपूर्तिमन्त्री कमिसनप्रिय र आयल निगमका मुख्य कर्माचारीहरूको सुविधाभोगी प्रवृत्तिका कारण सर्वसाधारण जनताले दुःख पाइरहेका छन् । निगमभित्रको भ्रष्टाचारको कारण निगम सुक्दै गएको छ भने त्यहाँका मुख्य कर्मचारी र कालाबजारियाहरू ‘मोटाउँदै’ गएका छन् । निगमका भ्रष्टाचारी, कमिसनखोर र कालाबजारियाहरूलाई कडा कारबाही गर्न नेक्राविसङ्घ सरकारको ध्यानाकर्षण गराउँदछ ।
नेपालमा पेट्रोलियम पदार्थ आपूर्तिमा भारतको एकाधिकार छ । नेपाल सरकारले इन्डियन आयल कर्पोरेसनसँग मात्रै पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । भारतबाहेक अन्य देशबाट तेल ल्याउन नेपाललाई अघोषितरूपमा रोक लगाएको छ । भारतबाहेक अन्य देशबाट तेल ल्याउन पटक–पटक प्रयास भए पनि भारतीय दबाबको कारण सफल हुनसकेन । नयाँ संविधान घोषणा भएपछि भारतले नेपालमाथि थोपरेको नाकाबन्दीको बेला तेल आपूर्तिको विकल्प खोज्ने प्रयास पनि हल्लामै सीमित भयो । पाँचौँपटक प्रम भएका देउवा भारतीय एकाधिकार पुँजीको कब्जामा परेको प्रस्ट हुँदै छ । सरकारले पेट्रोलियम पदार्थकोे विकल्पमा वैकल्पिक ऊर्जाका स्रोतहरू जलविद्युत् र सौर्य ऊर्जालगायतलाई जोड दिनु आवश्यक छ ।
पेट्रोलियम पदार्थमा हालै गरिएकोे मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न यो सङ्घ पुनः जोड दिन्छ ।
Leave a Reply