भर्खरै :

रुकुममा चेस प्रतियोगिता

रुकुम ३०, असार
रुकुममा दोस्रो अन्तर विद्यालयस्तरिय चेस प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सहयोगमा समृद्ध समाज नेपाल रुकुमले जिल्लाको सिस्ने गाउँपालिकाको रुकुमकोटमा ३ वटा उमेर समुहमा प्रतियोगिता सञ्चालन गरेको हो । १२ वर्ष मुनिको उमेर समुहमा दिपकजंग बुढा प्रथम, लेनिन घर्ती द्वितिय, प्रगति घर्ती तृतिय, सन्तोष कुँवर चौथो र निश्चल रोका पाँचौ हुनुभएको छ । प्रथमलाई २ हजार, द्वितीयलाई १५ सय, तृतीयलाई १ हजार, चौथोलाई ८ सय र पाँचौलाई ६ सय नगद, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
१४ वर्ष मुनि उमेर समुहमा भने अभिषेक बुढा प्रथम, धिरज रेउले द्वितीय र अभिषेक सेन तृतिय हुनुभयो । प्रथमलाई २५ सय, द्वितीयलाई २ हजार र तृतीयलाई १५ सय नगद, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ । त्यस्तै १६ वर्षमुनि उमेर समुहमा भएको चेस प्रतियोगितामा मदन बिएम बी प्रथम, सुवोचन रेउले द्वितीय, सुर्यप्रकास रेग्मी तृतीय, ओपेन्द्र बुढा चौथो र प्रशु पुन पाँचौ हुनुभयो ।
प्रथमले ३ हजार नगद प्राप्त गर्दा द्वितीयले २५ सय, तृतीयले २ हजार, चौथोले १५ सय र पाचौंले १ हजार नगद, मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजकले बताएको छ । प्रतियोगिताको ३ वटै उमेर समुहमा उत्कृष्ट १० जनालाई नगद, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ ।
गल्र्स चेसमा कविता प्रथम
समृद्ध समाज नेपालकै आयोजनामा दोस्रो गल्र्स जिल्ला स्तरिय चेस प्रतियोगीता पनि सम्पन्न भएको छ । यसमा कबिता बस्नेत प्रथम, कोपीला केसी द्धितिय र कुश्मा ओली तृतिय हुन सफल हुनुभएको छ । प्रथमले नगद ४ हजार, द्वितीयले ३ हजार र तृतियले २५ सय नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । विद्यालय स्तरिय चेस र गल्र्स जिल्ला स्तरिय चेस प्रतियोगीतामा कुल ४८ जनाले प्रतिस्पर्धा गरेका थिए । चिफ आरविटर सुवोधराज शिर्पाली, नेशनल आरविटर लक्ष्मण ओली र आरविटर गोपाल रेउलेले प्रतियोगिता संचालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *