“पुँजीवादी निर्वाचनमा हुने नहुने सबैखाले तिकडम हुनुमा कुनै आश्चर्य होइन”
- जेष्ठ २६, २०८३
भक्तपुर, ३० असार । ‘राष्ट्रपतिको लागि गाडी किन्ने भनिएको १६ करोडले नेपालमा राम्रो अस्पताल बन्दा जनतालाई सजिलो हुनेछ ।’
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले नेपाल क्रान्तिकारी महिला सङ्घले ऐतिहासिक भ्रष्टाचारविरोधी दिवसको स्मरणमा आयोजित प्रवचन कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
२०२५ असार १९ र २०२६ साउन २ गतेको भ्रष्टाचारविरोधी आन्दोलन तथा जनताद्वारा तत्कालीन नवदुर्गा सहकारीका भ्रष्ट पदाधिकारीलाई गरिएको सजायबारे स्पष्ट पार्दै अध्यक्ष रोहितले भ्रष्टाचारका फरक फरक रूप हुने बताउनुभयो ।
उहाँले नेपालका उच्चपदस्थ व्यक्तित्वका लागि गाडी खरिद कार्यमा भारतका गाडी कम्पनीका दलालहरू सक्रिय भएको हुनसक्ने तर्क राख्दै यसअघि पनि सांसदलाई पजेरो सुविधाको नाममा लाखौं कमिसन खाने, ख्वाउने काममा भारतीय गाडी कम्पनी सक्रिय भएर लागेको चर्चा गर्नुभयो ।
तत्कालीन संसदमा पजेरो सुविधाको विरोध गर्ने र बहिष्कार गर्ने एकमात्र पार्टी नेमकिपा रहेको स्पष्ट पार्दै अध्यक्ष रोहितले भन्नुभयो, ‘अर्बाैं अरब गाडीमा खर्च हुनु भ्रष्टाचारको अर्को रूप हो ।’
नेमकिपाका कार्यकर्ताहरू पैसाको लागि नभई जनतालाई सचेत पार्नको निम्ति राजनीतिमा लागेको उल्लेख गर्दै उहाँले २०२५ सालदेखि नै नेमकिपा भ्रष्टाचारविरोधी आन्दोलनमा सक्रिय रहेको प्रस्ट्याउनुभयो ।
अध्यक्ष रोहितले थप्नुभयो, ‘भ्रष्टाचारविरोधी आन्दोलन चालू नराखे भोलिका दिनमा अन्य सहकारी संस्था र कार्यालयमा भ्रष्टाचार बढ्नेछ, ओरेण्टल सहकारीले जनताबाट अर्बौं रूपैयाँ उठाई भ्रष्टाचार गरेको बिर्सनुहुन्न ।’
अध्यक्ष रोहितले कतिपय स्कूल, कलेजमा पनि परीक्षाको कापी, कलम, कपडालगायत कम मूल्य तिरी बढी मूल्यको बील बनाउने र केही छुट दिएबापत आफ्नो छोराछोरीलाई काठमाडौंको राम्रो स्कूल÷कलेजमा पढाउन पठाउने काम पनि भ्रष्टाचारको अर्को रूप भएको उल्लेख गर्नुभयो ।
अहिलेको सरकार झन् ठूलो भ्रष्टाचारी भएको तर्क राख्दै उहाँले भन्नुभयो, ‘अहिले हामी पूँजीवादी व्यवस्थामा छौं, डोकोभरि नै प्वाल भएजस्तै यो व्यवस्थामा सिंहदरबारदेखि नगरपालिका र सामान्य कार्यालयसम्म भ्रष्टाचार व्याप्त छ ।’
अध्यक्ष रोहितले देशको मुख्य सचिवको पदमा रहेको व्यक्ति डलरकै लोभमा त्योभन्दा तल्लो पदमा जानुले देशकै बेइज्जत भएको बताउँदै नेपाली जनताले आफ्नोमात्र हाइन, देशकै इज्जत र प्रतिष्ठानलाई केन्द्रमा राखेर काम गर्नुपर्ने धारणा राख्नुभयो ।
सङ्घका अध्यक्ष अनुराधा थापामगरको सभापतित्वमा भएको उक्त कार्यक्रममा सङ्घका उपाध्यक्ष एवं भक्तपुर जिल्लाका अध्यक्ष कमलमैया सुवाल, सदस्यहरू कान्ति अवा र सुलोचना छ्वाजूले पनि बोल्नुभएको थियो ।
केन्द्रीय सदस्य हिमाली रानामगरले भ्रष्टाचारबारे दृश्य सामग्रीसहित प्रस्तुति राख्नुभएको थियो ।
Leave a Reply