भर्खरै :

मध्यपुर थिमि नगरपालिकाको सभा

मध्यपुर, ३० असार । मध्यपुर थिमि नगरपालिकाको शुक्रबार आर्थिक वर्ष ०७४÷७५ को नीति, बजेट तथा कार्यक्रम संशोधनसहित पारित गरियो ।
नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठको सभाध्यक्षमा भएको सो सभामा उपप्रमुख तथा एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक अञ्जनादेवी मधिकर्मीले आव ०७४-७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
उपप्रमुख मधिकर्मीले नीति, बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न रू. ७३ करोड ९८ लाख ८९ हजार रकम विनियोजन गरेको जानकारी दिनुभयो । कूल विनियोजन रकममध्ये चालूतर्फ १७ करोड ६५ लाख ६५ हजार र पूँजीगततर्फ रू. ५६ करोड ३३ लाख २४ हजार रहेको पनि उहाँले बताउनुभयो ।
आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक आयबाट रू. ३४ करोड ८८ लाख ७४ हजार, नेपाल सरकारको समानीकरण अनुदानबाट रू. २० करोड २९ लाख ९१ हजार, सशर्त अनुदान रू. ११ करोड ३० लाख २४ हजार र सामाजिक सुरक्षा रकमबाट रू. ७ करोड ५० लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *