“पुँजीवादी निर्वाचनमा हुने नहुने सबैखाले तिकडम हुनुमा कुनै आश्चर्य होइन”
- जेष्ठ २६, २०८३
भक्तपुर, ३० असार । नेपाल क्रान्तिकारी युवा सङ्घ, भक्तपुर जिल्ला समितिले ऐतिहासिक भ्रष्टाचारविरोधी दिवस (श्रावण २) को अवसरमा शुक्रबार ध्रुवतारा बुलेटिनबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले फासीवाद मरन्नासन्न पूँजीवादी व्यवस्थालाई जोगाउने पूँजीपति वर्गको साधन भएको र यसले मजदुर र सर्वहारा वर्गको विरोधमा काम गर्ने स्पष्ट पार्नुभयो ।
फासीवाद पूँजीवादी तानाशाही नै भएको बताउँदै उहाँले त्यसलाई परास्त गर्न प्रगतिशील जनताले समाजवाद स्थापनाको निम्ति वैचारिक सङ्घर्ष गर्न जरुरी छ भन्नुभयो ।
माक्र्सवाद–लेनिनवादमात्र कामदार वर्गको मुक्तिको सही सिद्धान्त भएको बताउँदै उहाँले पूँजीवादी व्यवस्थाले बहुमत जनताको हित नगर्ने तथ्य इतिहासले पुष्टि गरिसकेको छ भन्नुभयो ।
उहाँले जनविरोधी कदमका विरुद्ध जनतालाई सचेत र स·ठित गर्न ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनबारे छलफल, अन्तरक्रिया र गोष्ठी सञ्चालन गरिंदै आएको प्रकाश पार्नुभयो । ट्रान्सपरेन्सी इन्टरनेसनलले भक्तपुर नगरलाई पारदर्शी उल्लेख गरेको सन्दर्भ उल्ल्ेख गर्दै उहाँले त्यो भक्तपुरका जनताको भ्रष्टाचारविरोधी सङ्घर्षको परिणाम भएको बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका कार्यबाहक अध्यक्ष सुरेन्द्रराज गोसाईले महान अक्टोबर क्रान्तिको शत्वार्षिकी र सर्वहारा वर्गका महान गुरु कार्ल माक्र्सको दुई सय वषर््गाँठको अवसरमा वैचारिक गतिविधिलाई तिव्रता दिन आवश्यक रहेको विचार राख्दै पूँजीवादी र साम्राज्यवादी विचारसँग निरन्तर रुपमा लड्न माक्र्सवाद–लेनिनवादको अजेय सिद्धान्त सार्थक हुने बताउनुभयो ।
नेक्राकिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले भ्रष्टाचारविरोधी सङ्घर्षको इतिहासबारे बताउँदै क्रान्तिकारी र न्यायप्रमी किसानहरूले २०२६ सालमा भ्रष्टाचारीहरूलाई जनताले दण्ड दिएको हो भन्नुभयो । उहाँले नेमकिपाका अग्रजहरूले लेनिनवादी सिद्धान्त अँगाली पञ्चायतमा भाग लिई देश र जनताको सेवामा निरन्तरता दिई भ्रष्टाचारविरुद्ध सङ्घर्ष गरेको स्पष्ट पार्नुभयो ।
नेक्रायुसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश थुसाले मानिस विचारले निर्देशित हुने र विचारविहीन मानिस अरुको दास बन्नेमा सचेत पार्दै पूँजीवादीहरूले जनतालाई विचारविहीन बनाउन खोज्छन् भन्नुभयो ।
नेक्रायुसङ्घ केन्द्रीय सहसचिव पाण्डव सुवालले रुसी संशोधनवादीहरूको कारण सोभियत सङ्घको समाजवाद विघटन भएको बताउँदै युवा कार्यकर्र्ताहरूले आफ्नो वैचारिक र सांस्कृतिक स्तर उकासेपछि समाज र देशको नेतृत्व गर्नसक्नेछन् भन्नुभयो ।
कार्यक्रम नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटाको सभापतित्वमा भएको थियो ।
Leave a Reply