रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
आज मुलुक असरल्ल छ । पछिल्लो राजनीतिक परिदृश्य हेरिनसक्नु छ । आधुनिक प्रशासनिक सिद्धान्तसूत्रअनुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आ–आफ्नो ठाउँमा ठीक ढङ्गमा सञ्चालन हुनुपर्ने हो । किन्तु कताबाट भागबन्डाको रोग लाग्यो परिणाम कुरूप भयो । भागबन्डा भनेकै अपवादमा बाहेक कुरूप हो । या त मर्यादा भनेकै सबै कुरा आ–आफ्ना ठाउँमा मर्यादित भएर बस्नु र तोकिएको जिम्मेदारी कुशलतापूर्वक पूरा गर्नु हो । तर, यो सिद्धान्त, भागबन्डामा अल्झिएपछि हुने प्रतिफल नै आजको नेपालको राजनीतिक परिदृश्य हो । सरोकारवाला कति जना भागबन्डा भएको होइन भन्ने जिद्दी गर्छन् । तर, सम्पूर्ण परिस्थितिको साङ्गोपाङ्ग विवेचना गर्दा भागबन्डाको नतिजा नै हो भन्ने निष्कर्ष निस्कन्छ । संसारभर कहाँ छ न्यायपालिकाले प्रधानमन्त्री छान्ने र यति समयभित्र प्रधानमन्त्री पदमा अमूक व्यक्तिलाई प्रतिस्थापन गर्ने पद्धति एवं प्रक्रिया ? परन्तु, नेपालमा भयो तर प्रधानमन्त्री जनप्रतिनिधिहरूले छान्ने चलनलाई हाम्रो न्यायपालिकाले धोती लगाइदियो र यति समयको अन्तरालमा अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउनु भन्ने परमादेश जारी ग¥यो । तर, भित्रभित्रै सर्त राखेछ अमुक व्यक्तिलाई पनि मन्त्री बनाउनु । प्रधानन्यायाधीशको जेठान मन्त्री भए । तर, परिस्थिति यति गम्भीर भएछ ४० घण्टाभित्रै उनले मन्त्री पदबाट राजीनामा दिएर ठूलो छाती देखाए अन्यथा अन्यथा नै पनि हुनसक्थ्यो ।
बाटो एउटा थियो फक्र्यो अर्कोतिर
न्यायपालिका आज सर्वाधिक चर्चाको विषय बनेको छ । यो अवश्य पनि राम्रो लक्षणको सङ्केत होइन । राज्यका प्रमुख तीन अङ्ग कार्यपालिका, विधायिक र न्यायपालिका सर्प, बिच्छी र छेपारोजस्तो आ–आफू मर्यादाको परिधिमा बस्नुपर्ने हो । तर, यो कुरा सामान्य अवस्थामा मात्र सम्भव हुनेरहेछ । राजनीतिक भागबन्डाको अवस्थामा असामान्य हुनेरहेछ । तसर्थ, मुलुकलाई सामान्य अवस्थातिर लैजानु आजको आवश्यकता हो । तर, भयो नहुनुपर्ने अवस्था असामान्य अवस्थातिर पो फक्र्यो । राजनीति आम र सर्वसाधारण जनतातिर उन्मुख हुनुपर्ने हो राजनीति विपरीत दिशातिर उन्मुख भएको परिणाम हो आजको यो भयावह अवस्था । हाम्रा राजनीतिक दलहरूले श्रीखण्ड भनी रोपेको बिरुवा श्रीखण्ड नभई अर्कै पो रहेछ । हाम्रा नेता नै श्रीखण्ड भन्ने वनस्पति नै चिन्दैनन् । क–कसका के–के स्वार्थ थिए छँदा–खाँदाको झन्डै दुईतिहाइको सरकार पतन भयो जसको परिणाम विपरीत दिशाका पाँच पार्टीको गठबन्धन बन्यो र चार पार्टीको संयुक्त सरकार बन्यो । दुनियाँमा सारै कम मुलुकमा मात्र यस्ता घटना हुने गर्छन् वा हुँदै हुँदैनन् । आज नेपाल एक विकास र समृद्धितिर एकलब्य भएर लाग्नुपर्ने । त्यसो हुन सकेन । खाँचो एक थोकको थियो । त्यो भएन अर्कै थोक भयो । अनि कसरी हामी गन्तव्यमा पुग्छौँ ?
नेता हो लौ झूटो बोल्न छोड्नोस्
होइन मिलेनियम च्यालेन्ज कर्पोरेसन – एमसीसीबारे नेताहरूको किन फरक फरक हेराइ ? प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरणसम्बन्धी विश्व सम्मेलनबाट फर्केपछि सो एमसीसीबारे पुष्पकमल दाहालले सहमति जनाइसकेको रहस्यको उद्घाटन गरेर एउटा नयाँ कुरा सार्वजनिक गरी अर्को जटिलता विस्फोट गरे । अब नेता प्रचण्ड के खाएर उठछन् नेपाली जनताले प्रतिक्षा गरिरहेका छन् । नेता हुन ढाँट्नु हुँदैन । ढाँट्ने मान्छे नेता हुँदैन । यो कटु सत्य हो । अब यो मुद्दामा देउवाले ढाँटे वा प्रचण्डले यो निकट भविष्यमै छ्याङ्ग हुने नै छ । अँध्यारोमा एउटा दस्तावेजमा सही ठोक्ने जनतामाझ उज्यालोमा भने उल्टो कुरा गर्ने ? अब यो कालो ग्रहण बाहिर आइसक्यो । दूधको दूध पानीको पानी हुनुपर्छ । के के के के गर्न नहुने काम गर्नेभित्र अन्तरङ्गमा । तर, अप्ठेरो परेपछि रङ्ग फेर्न पाइन्छ ¤ हो के ? अविलम्ब औपचारिकरूपमा नै छर्लङ्ग हुनुप¥यो । एमसीसी नेपालको विपक्षमा छ भन्ने सर्वत्र आइसक्यो । अब कसैले ढाँटेर ढाँटिदैनन् । नेताहरू नै ढाँट्छन भने उनीहरूलाई छोड्नुको विकल्प के छ र ? मुलुक बन्ला भन्यो झन् पो त बिग्रन लाग्यो । नेता भनेको मुलुक बनाउने कि बिगार्ने प्राणी हो भन्दा संसारभरबाटै उत्तर आउँछ बनाउने प्राणी हो । तर, नेपालमा यस्तो उत्तर आउने गरेन । यो नै आजको नेतृत्वको अगाडि गम्भीर चुनौती भयो । लौ न नेता हो झूटो बोल्न छोड्नोस् ।
एमसीसीको जञ्जालमा नजेलियौँ
एमसीसी पैसाका लागि हो भनी तीव्र प्रचार गरिँदै छ । वास्तवमा नेपालको विकास नभएको पैसा नभएर होइन भएको पैसा खर्च गर्न नसकेर वा नगरेर हो । बर्सेनि बजेटमा छुट्याएका पैसा खर्च नै हुँदैन वा भएको खर्च पनि ठीकसँग हुँदैन । फेरि विदेशीले दिएको पैसाले कुन देशको विकास भएको छ र ? विदेशी सहायतामा आएको रकम ५० देखि ७९ प्रतिशतसम्म विभिन्न नाममा दिने राष्ट्रमै फर्केर जान्छ । साँचै विदेशी सहयोगबाट देशको विकास हुन्थ्यो भने नेपालमा अहिलेसम्ममा कोही पनि गरिब नहुनुपर्ने भन्ने गरिन्छ । अझ संरा अमेरिकाले अनुदान वा ऋणमा दिएको पैसो नेपालको विकासमा खर्च हुने हो भने नेपालबाट धेरै वर्षअघि नै गरिबी निर्मूल भइसक्थ्यो, नेपाल विकसित भइसक्थ्यो । तर, खै पैसा आएको आयै छ । तर, खर्च कहाँ कसरी हुन्छ खुला छैन । पानी जति पनि छ तर देशको कैयौँ गाउँ र घर अन्धकारमै छन् । पानी प्रशस्त छ लाखौँ हेक्टर जमिन बाँझै छन् । कृषिप्रधान देश नेपाल तर अर्बौँ, अर्ब रूपैयाँका चामल विदेशबाट आयात नगरे अनिकाल पर्छ, कैयौँ नेपाली खान नपाएर मर्छन् । ल त चामल आयात भयो रे गुन्द्रुक र जनैसमेत विदेशबाट आयात हुन थालेको छ । गुन्द्रुक, मेथी, ज्वानु, खुर्सानी, बेसारसमेत विदेशबाट आयात हुनथाल्नु के विकासको सङ्केत हो ? तसर्थ विकासको नाममा हामी कतै विनाशतिर लागिएका छैनौँ ? गम्भीर हुनुपर्ने अवस्था आइसक्यो । विदेशी शक्ति के हेर्छ नेपालको विकासमा ? नेपाल युवाविहीन हुँदै छ । युवाविहीन कुन मुलुकको भविष्य उज्यालो भएको छ र ? तसर्थ, हाम्रा नेताहरू एमसीसीजस्ता जञ्जालको जालमा नपरौँ, स्वतन्त्रता, सार्वभौमिकता र मर्यादा सुरक्षित राखौँ ।
Leave a Reply