भर्खरै :

अकुत सम्पत्ति कमाउने ठूला प्राविधिक कम्पनीहरूले जलवायु परिवर्तनमा केही गर्नु पर्दैन ?

संसारका धेरै साना देशहरूको तुलनामा ठूला प्राविधिक कम्पनीहरूसँग धेरै पैसा छ । उनीहरूले संसारका धेरै साना देशहरूको तुलनामा थप हानिकारक ग्यास उत्सर्जन गर्न जिम्मेवार छन् । त्यसको अर्थ यो साता संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप २६) मा प्रतिनिधित्व गरेका धेरै देशहरूले जस्तै उनीहरूको काँधमा पनि जलवायु परिवर्तनविरुद्ध लड्न उत्तिकै जिम्मेवारी र क्षमता पनि छ । त्यसकारण, ग्लास्गोमा विश्वका नेताहरूको कुम्भमेला भइरहेको बेलामा ठूला प्राविधिक कम्पनीहरूले पनि बाँकी अन्तर्राष्ट्रिय समुदायले जस्तै जलवायु परिवर्तनका बृहत् र मूर्त प्रतिबद्धताहरूप्रति जिम्मेवारी बहन गर्नुपर्छ ।
जलवायु परिवर्तनका घातक प्रभाव डढेलोदेखि बाढी र समुद्री आँधीको रूपमा संसारभर तरगिङ्त छ । पृथ्वीमाथि दुष्प्रभाव पार्ने कुनै पनि मौसमी उत्कर्ष वा त्यसले छोड्ने विनाश जस्तै आफ्ना प्रियजन गुमाउनु, आफ्ना घर नष्ट हुनु, समुदाय छिन्नभिन्न हुनु र अर्थतन्त्र ध्वस्त हुनु आदिको प्रतिरोध गर्ने क्षमता कुनै पनि देशसँग छैन । बितेका ३० वर्षमा जलवायुसँग सम्बन्धित विपत्तिहरूको सङ्ख्या तेब्बर बढेको छ । ठूला प्राविधिक कम्पनीहरूले कृत्रिम बौद्धिक (एआई) र पूर्वानुमान विश्लेषणजस्ता कुरा अघि सारेको अवस्थामा अहिले मौसमको लागि सरकारलाई मात्र विश्वास गर्न सकिने अवस्थामा छैन । जलवायु परिवर्तनको कुनै सीमा हुँदैन न त उच्च प्रविधिको नै कुनै सीमा हुन्छ ।
धेरै प्राविधिक कम्पनीहरूले पक्कै पनि जलवायुको क्षेत्रमा प्रभावकारी काम गरेका छन् । अमेजनले सन् २०४० भित्र शुद्ध शून्य (नेट जिरो)को लक्ष्य निर्धारण गरेको छ । सन् २०२५ सम्ममा उसले आफ्ना शतप्रतिशत काम नवीकरणीय ऊर्जाबाट गर्ने पनि घोषणा गरेको छ । फेसबुकले पनि सन् २०३० भित्र आफ्ना सबै आपूर्ति सञ्जालमा शुद्ध शून्य उत्सर्जनको लक्ष्य घोषणा गरेको छ । माइक्रोसफ्टले सन् २०३० भित्र ऋणात्मक कार्बन बन्ने घोषणा गरेको छ ।
यी सबै वचनबद्धता हुन् । तर, यदि यी वचनबद्धता पूरा नभए के होला ? माइक्रोसफ्ट एउटा देश हुँदो हो त संसारको त्यो ६५ औँ ठूलो अर्थतन्त्र हुने थियो । यसअघि फेसबुक भनी चिनिएको मेटा ९० औँ ठूलो अर्थतन्त्र हुने थियो । अमेजन, गुगल र मेटा सबैले अलग अलग प्रतिवर्ष उत्पादन गर्ने कार्बन डाइअक्साइड तोङ्गा, तुभालु र किरिबाटीजस्ता देशहरूभन्दा बढी हुन्छ । त्यसको अर्थ ती प्राविधिक कम्पनीहरूका प्रतिबद्धता ग्लास्गोमा भेला भएका धेरै देशहरूका प्रतिबद्धता जत्तिकै बढी महत्वपूर्ण हुन्छ ।
यतिबेला धेरै ठूला प्राविधिक कम्पनीहरूका सार्वजनिक र निजी गतिविधि एकै ठाउँमा छैन । अमेजन, गुगल, एप्पल र माइक्रोसफ्ट संरा अमेरिकाका सबभन्दा बढी हवाई यातायात प्रयोग गर्ने दस कम्पनीमध्ये पर्छन् । आलोचकहरू उनीहरूले लबिङमा गर्ने खर्चको सानो अंशमात्र जलवायु नीतिमा खर्च गरेको बताएका छन् । अमेजन, गुगल र माइक्रोसफ्टले त जीवाष्म इन्धन निकाल्ने तेल र ग्यास उद्योगलाई सहायता गर्ने प्रविधि बेचेको भन्दै बदनामी कमाएका छन् । जीवाष्म इन्धन नै हरितगृह ग्यास उत्सर्जनको प्रमुख स्रोत हो ।

जलवायु परिवर्तनका घातक प्रभाव डढेलोदेखि बाढी र समुद्री आँधीको रूपमा संसारभर तरगिङ्त छ । पृथ्वीमाथि दुष्प्रभाव पार्ने कुनै पनि मौसमी उत्कर्ष वा त्यसले छोड्ने विनाश जस्तै आफ्ना प्रियजन गुमाउनु, आफ्ना घर नष्ट हुनु, समुदाय छिन्नभिन्न हुनु र अर्थतन्त्र ध्वस्त हुनु आदिको प्रतिरोध गर्ने क्षमता कुनै पनि देशसँग छैन । बितेका ३० वर्षमा जलवायुसँग सम्बन्धित विपत्तिहरूको सङ्ख्या तेब्बर बढेको छ । ठूला प्राविधिक कम्पनीहरूले कृत्रिम बौद्धिक (एआई) र पूर्वानुमान विश्लेषणजस्ता कुरा अघि सारेको अवस्थामा अहिले मौसमको लागि सरकारलाई मात्र विश्वास गर्न सकिने अवस्थामा छैन । जलवायु परिवर्तनको कुनै सीमा हुँदैन न त उच्च प्रविधिको नै कुनै सीमा हुन्छ ।

हरेक दिन ४ अर्ब उपभोगकर्ताहरूले गर्ने निर्णयले विभिन्न क्षेत्रलाई प्रभावित बनाउन सक्ने कुरा अलगै छ । उनीहरूले कार्बन उत्सर्जन घटाउन सामाजिक व्यवहारमा परिवर्तन गर्न ठूलो भूमिका खेल्न सक्छन् । विशेषतः मेटा जलवायु परिवर्तनबारे गलत सूचना फैलाउन परोक्ष भूमिका खेलेकोमा निशाना बन्न सक्छ ।
ठूलो प्राविधिक कम्पनीहरूको लक्ष्य छ । एकातिर उनीहरूसामु अलि अलि हानि पुगेको आफ्नो छवि सुधार्ने अवसर छ भने अर्कोतिर पर्यावरणीय विघटनविरुद्ध लड्न आफू अमूल्य र विश्वसनीय साझेदार हुन सक्ने पुष्टि गर्न सक्छन् ।
हामी के सम्झौँ भने ठूला प्राविधिक कम्पनीहरूसँग धेरै देशहरूसँग नभएका विज्ञ र विद्युत्तीय पूर्वाधार छन् । त्यसको अर्थ उनीहरूलाई जलवायु परिवर्तनको सामनाको निम्ति प्रयोग गर्न सकिन्छ । बङ्गलादेशमा गुगलले चलाएको बाढी पूर्वसङ्केत कार्यक्रम एउटा उदाहरण हुन सक्छ । बङ्गलादेशको प्रधानमन्त्री कार्यालयअन्तर्गत सूचनामा पहुँच कार्यक्रम (ए २ आई) को विद्युत्तीय खोज र रूपान्तरण कार्यक्रमसँग उनीहरूले ग्रामीण क्षेत्रका सीमान्तकृत जनता बाढी आउने पूर्वसूचना दिन बाढी पूर्वानुमान प्रणालीको विकास गरेका छन् । नियमितरूपमा बाढीले दुःख दिने बङ्गलादेशजस्तो देशको निम्ति त्यो प्रणाली जीवन रक्षक आविष्कार बनेको छ ।
ती प्रमुख तथ्याङ्कको सहायतामा ए २ आईले बाढी आउने क्षेत्रमा सावधानीका लागि सामाजिक सुरक्षा कार्यक्रम बनाउन सरकारलाई मद्दत पुगेको छ । जसले ठूलो सङ्ख्यामा मानिसको जीवन जोगाउन र मानिसहरूलाई बाढीको प्रभावबाट जोगाउन सम्भव भएको छ । सन् २०२१ को अगस्ट १३ देखि ३१ सम्म मनसुन मौसममा १५ लाख प्रयोगकर्ताहरूलाई २९ लाख सूचना सम्प्रेषण गरिएको थियो । परिणामतः असङ्ख्य मानिसको जीवन र वस्तुभाउलाई जोगाउन सम्भव भयो । संसारभरका विकासशील देशहरूमा विपद् व्यवस्थापन गर्न यो कार्यक्रमलाई नमुना कार्यक्रमको लागि प्रयोग गर्न सकिन्छ ।
जलवायु परिवर्तनको प्रभाव सामना गर्न अत्याधुनिक प्रविधिको लागि हामीले कुनै देशको सरकारमाथि मात्र निर्भर हुन सक्दैनौँ । विश्वव्यापी कोभिड–१९ महामारीले सरकारसँग भएको प्रविधिमात्र कति अपुग हुन सक्छ भन्ने कुरा देखाएको छ । संरा अमेरिकामा बेरोजगारी बीमा प्रणाली महामारीको सुरुवाती दिनमै असफल भयो । फलतः धेरै बेरोजगार मानिसहरू त्यसको लाभबाट वञ्चित भए । बेलायतमा कम्प्युटर कार्यक्रम एक्सलमा खराबी आउँदा कोभिड–१९ को तथ्याङ्क नै हरायो । ती सरकारी निकायले संसारको सबभन्दा जल्दोबल्दो समस्याविरुद्ध लड्न सबभन्दा अत्याधुनिक प्रविधिलाई प्रयोग गरिएको देखिएन ।
ठूला प्राविधिक कम्पनीहरूले संसारभरका करोडौँ जनताको तथ्याङ्कमा खेती गरेर लोभलाग्दो नाफा कुम्ल्याइरहेका छन् । उनीहरूलाई पनि जिम्मेवार बनाउन आवश्यक छ । कुनै देशको सरकार जत्तिकै बलियो व्यापारले आफ्ना उपभोक्ताको सेवामात्र होइन, सुरक्षा पनि गर्न सक्नुपर्छ ।
जलवायु परिवर्तनको प्रभावप्रति सबभन्दा कम जिम्मेवारहरू नै वास्तवमा सबभन्दा कमजोर हुन् । अब ठूला प्राविधिक कम्पनीहरूलाई जिम्मेवार बनाउने समय आएको छ । उनीहरूले उत्सर्जन कटौती गर्न ठूलठूला वचनबद्धतामात्र व्यक्त गरेर पुग्दैन । बरु, पृथ्वीको तापमान वृद्धिको प्रभावविरुद्ध संसारका सबभन्दा कमजोर मानिसलाई आफूसँग भएको प्रविधिको प्रयोगबाट मद्दत गर्नुपर्छ । ठूला प्राविधिक कम्पनीको प्रतिष्ठा र हाम्रो पृथ्वीको भविष्य त्यसैमा निर्भर रहनेछ । अनि, ती कम्पनीहरूसँग त्यसो गर्ने पुग्दो क्षमता पनि छ ।
(लेखक लिड एकेडेमीका संस्थापक हुनुहुन्छ ।)
स्रोत :सीजीटीएन
नेपाली अनुवाद : सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *