तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २५ कार्तिक । राष्ट्रिय जनगणना २०७८ कार्यक्रमअन्तर्गत मुख्य गणना कार्य कार्तिक २५ गतेदेखि देशैभरि आरम्भ भएको छ । सोही क्रममा भक्तपुर नगरपालिका क्षेत्रमा राष्ट्रिय जनगणना नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को घरपरिवारबाट शुभारम्भ भयो । स्थानीय जनगणना अधिकारी तुल्सीदेवी कोजूले अध्यक्ष बिजुक्छेँको घरपरिवारको विवरण सङ्कलन गरी जनगणनाको आरम्भ गर्नुभएको हो ।
कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष बिजुक्छँेले राष्ट्रिय स्तरका राजनीतिक नेताहरू, राष्ट्र प्रमुख, सरकार प्रमुख र सुरक्षा निकायका प्रमुखहरूको व्यक्तिगत विवरण र भौतिक विवरण राष्ट्रिय सुरक्षासँग समेत गाँसिएको विषय हुने भएकोले निजहरूको विवरणको गोप्यताबारे केन्द्रीय तथ्याङ्क विभाग संवेदनशील हुनुपर्ने बताउनुभयो । उहाँले यस्ता तथ्याङ्क सङ्कलन कार्य देशकै स्रोत र साधनबाट सम्पन्न गर्नुपर्ने र विदेशी सहयोगबाट यस्ता कार्यक्रम सञ्चालन गर्दा महत्वपूर्ण सूचनाहरू चुहावट भई देशलाई दीर्घकालीन नकारात्मक असर पर्नसक्ने हुँदा सो विषयमा सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अध्यक्ष बिजुक्छेँको घरपरिवारको जनगणना सङ्कलनपछि भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको घरपरिवारको पनि जनगणना सङ्कलन गरिएको थियो । जनगणना गर्ने गणकहरूलाई विवरणहरू उपलब्ध गराउँदै नगर प्रमुख प्रजापतिले यस्तो आवधिक जनगणना देशको योजना तयार पार्न, प्रदेश र सङ्घीय संसद्मा समानुपातिक प्रतिनिधित्व गराउन, भौतिक पूर्वाधार निर्माण गर्न र अत्यावश्यक सेवा सुविधा विस्तार गर्न अत्यन्त महत्वपूर्ण हुने भएकोले सम्पूर्ण नगरवासीहरूलाई घर – घरमा आउने गणकहरूलाई सही, सत्य र तथ्य विवरणहरू उपलब्ध गराउनुहुन आग्रह गर्नुभयो । जनगणना सङ्कलन गर्ने कार्यक्रममा जिल्ला जनगणना अधिकारी पृथ्वी विजयराज सिजापतिलगायत जिल्ला जनगणना कार्यालयका कर्मचारी तथा गणकहरूको उपस्थिति रहेको थियो ।
Leave a Reply