भर्खरै :

न्हु दँ, भिन्तुना र शासकहरूको बेइमानी

शासकहरूद्वारा न्हु दँ औपचारिकतामा सीमित
न्हु दँ अर्थात् नयाँ वर्ष नेपाल संवत् ११४२ प्रारम्भ भयो । नव वर्षको स्वागतमा हरेक वर्षझैँ यो वर्ष पनि विविध कार्यक्रमहरू आयोजना गरिए । विभिन्न सङ्घ, संस्था, समूह, सङ्गठनहरूले साहित्यिक, सांस्कृतिक, राजनीतिक, सामाजिक र अन्य प्रकृतिका गतिविधि सञ्चालन गरे । मन्त्री, प्रधानमन्त्री, जनप्रतिनिधिहरूको उपस्थितिमा शुभकामना आदानप्रदान, चियापान समारोह आदि सम्पन्न भए । सदाभैmँ यो साल पनि शासक नेताहरूबाट विभिन्न फोस्रा आश्वासनहरू बाँडिए । शासक दलका नेताहरू, मन्त्री, प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूले नयाँ वर्षमा नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको प्रतिमामा माल्यार्पण गरी औपचारिकता प्रदान गरे । माल्यार्पणका लागि तिनीले तँछाडमछाड नै गरेको देखियो । सो दिन शासक दलका नेताहरूले विशेषगरी काठमाडौँ उपत्यकाको नेवार समुदायलाई फकाउने चेष्टा गरे । न्हु दँलाई शासकहरूले सधैँ ‘भोट बैङ्क’ सुरक्षित गर्नेजस्तो सस्तो राजनीतिक उद्देश्य प्राप्त गर्ने मौकाको रूपमा लिए । आजसम्म दीर्घकालीन सोच तथा गहिराइसम्म पुगेर काम गर्ने सोच तथा शैली विकास नहुनु ठूलो विडम्बना नै हो । न्हु दँमा समेत शासकहरूको बेइमानी !
न्हु दँलाई ‘लय्ता च्यो’ बनाइरहने धोकेबाज शासक नेताहरू
सरकार तथा शासक नेताहरूले आजसम्म हृदयदेखि न्हु दँको स्वागत नगरेको प्रस्ट छ । अहिलेसम्म तिनीले गर्दै आइरहेका गतिविधि तथा देखाइरहेको व्यवहारबाट पनि त्यो स्पष्ट हुन्छ । नेपाल संवत्लाई मनैदेखि आत्मसात् नगरेको र भाषा, कला, संस्कृति तथा सम्पदा संरक्षण तथा प्रवद्र्धन कार्यमा खास अर्थमा गम्भीरतापूर्वक चासो नदेखाएको पनि नबुझिने होइन । न्हु दँ मनाउने कार्यलाई सत्तामा पुग्ने भ¥याङ र आफ्नो राजनीतिक स्वार्थ पूर्ति गर्ने अवसरमा सीमित राखेको पनि सत्य नै हो । आफ्नो हैकम कायम राख्ने र सोझासीधा जनतालाई तखतमा राख्ने सोचबाटै तिनीहरू क्रियाशील रहेको लुकाएर लुकिने कुरा होइन । न्हु दँलाई सामाजिक दमन–चक्र चलाउनेहरू दुष्ट हुन्† जनताका शत्रु हुन् । ढिलो या चाँडो तिनीहरू उदाङ्गिने छन् । दुष्टहरूको दुःखद अन्त्य अवश्यम्भावी छ ।
शासकहरूमा दूरदर्शिता, फराकिलो तथा सफा सोच भएको भए न्हु दँको अवसरमा सरकारको तर्पmबाट खुला हृदयका साथ कमसेकम भाषा, कला, संस्कृति, साहित्य तथा सम्पदासँग सम्बन्धित महत्वपूर्ण योजना, दृष्टिकोण, कार्यक्रम सार्वजनिक हुने थियो । देशभरका विभिन्न जातजाति, भाषाभाषी, अल्पसङ्ख्यक, लोपोन्मुख समुदायबारे केही महत्वपूर्ण घोषणा हुनुपथ्र्यो । ती सबैले अनुभव गर्ने खालको परिवर्तनका निम्ति प्रयत्न थाल्थे । ती क्षेत्रमा क्रियाशील तथा समर्पित व्यक्तित्वहरू राज्यकै तहबाट सम्मानित हुन्थे । तर, त्यो खालको संवेदनशीलता, गम्भीरता तथा व्यापक सोच शासक नेता, सरकारमा रहेका मन्त्री, प्रधानमन्त्रीले देखाउन आजसम्म सकेनन् । बहुदलीय व्यवस्था आइसकेर पनि पञ्चायतले लिएको भाषिक, सांस्कृतिक तथा सामाजिक दमनको नीति र भेदभावको नीतिले निरन्तरता पाउनु राष्ट्रिय लज्जाको विषय हो । यो प्रजातन्त्र र गणतन्त्रकै बदनाम गर्ने कुकर्म हो । न्हु दँलाई खोक्रो आश्वासन बाँड्ने दिनमा परिणत गर्नु, संस्कृतिप्रेमी तथा सर्वसाधारण जनतालाई ‘लय्ता च्यो’ बनाइरहने काम गर्नु धोका हो । यसबारे शासक दलभित्रका ‘भाषावादी’ तथा ‘सामाजिक’ कार्यकर्ताहरूले पनि बेलैमा सोचून्, आप्mनै नेता र आप्mनै सरकारको पक्षपातपूर्ण नीतिविरुद्ध बोल्ने हिम्मत गरुन् ।
शासकहरूको न्हु दँ र भिन्तुनाको औचित्य के ?
शासक नेता तथा सरकारले गहन जिम्मेवारीका साथ न्हु दँमा कुनै नयाँ कामको थालनी गर्ने, कुनै आत्मसमीक्षा गर्ने साहस पनि देखाउन सकेनन् । बहुसङ्ख्यक जनतालाई हित हुने एउटा सामान्य कार्यको शुभारम्भ गर्ने काम नगरेको पनि जगजाहेर छ । यसबाट न्हु दँ शासकहरूका निम्ति जनतालाई अलमल्याउने, एकछिन भुलाउने र जनताको ध्यान अन्यत्र मोड्ने एउटा बहाना बनेको छ । यतातर्फ भाषा, संस्कृति, सम्पदा, साहित्य क्षेत्रमा क्रियाशील अगुवा र ‘अभियन्ताहरू’ को खोइ ध्यान गएको ? शासकहरूबाट बारम्बार ठगिएर बस्नुपर्दा पनि किन होस खुलेन ? तिनै शोषक नेता, छली मन्त्रीको हनुमान बन्नुमा आनन्द लिने कस्तो मानसिकता ? स्पष्ट छ, जबसम्म ‘लय्ता च्यो’ मनोवृत्तिबाट मुक्त हुन सकिन्न तबसम्म न्हु दँ वास्तविक जीवनमा आउने छैन । लघुताभाष या हिनभावना त्यागेर बडाराष्ट्र अहङ्कारवाद, फासीवाद, अन्धराष्ट्रवादविरूद्धको सङ्घर्षले मात्र वास्तविक न्हु दँ सम्भव तुल्याउनेछ । सांस्कृतिक अतिक्रमणविरूद्ध सचेत आन्दोलनले मात्र समाज थप बरबाद हुनबाट केही हदसम्म जोगाउनेछ ।
न्हु दँ समारोह या गतिविधिलाई नेपाल संवत्बारे छलफलमा सीमित बनाउनु अर्को छलछाम हो । जातीय भावना विकास गर्ने तथा साम्प्रदायिकता पैmलाउने कार्य गर्नु आत्मघाती हुने अनुभवसिद्ध यथार्थ हो । न्हु दँको कार्यक्रमलाई सांस्कृतिक पहिरन प्रदर्शनी, परम्परागत भेषभुषा, आभूषण, बाजागाजा तथा वस्तु प्रदर्शनीमा सीमित राख्ने शासकहरूको सोच जनताका निम्ति घातक हुनेछ । न्हु दँको अर्थ मनोरञ्जन, तडकभडक, होहल्ला गर्नु हो भन्ने खालको मानसिकता युवाहरूमा विकास गर्न खोज्नु अर्को षड्यन्त्र हो । न्हु दँमा नयाँ पुस्तालाई जाँडरक्सी, जुवातास, मोजमस्तीमा भुलाउने जालसाजी शासक दलहरूबाटै हुनु निन्दनीय छ । नयाँ वर्ष भन्दै नयाँ पुस्ता बरबाद पार्ने, न्हु दँको भिन्तुना भन्दै सभ्यताको लामो इतिहास बोकेको समुदायलाई भड्खालोमा जाक्नेहरूलाई जबसम्म जनताले चिन्ने छैनन् तबसम्म न्हु दँ आइरहनेछ तर समाजमा नयाँपनको आभास मिल्नेछैन । ‘भिन्तुना’ शासकहरूले ‘……….. बगलीको छुरा’ को रूपमा प्रयोग गरिरहेको वास्तविकता बहुसङ्ख्यक जनताले नबुझेसम्म न्हु दँ र भिन्तुना ‘शत्रुलाई तरबार’ र ‘उपद्र्याहालाई उपहार’ झैँ हुनेछ । तसर्थ, शासकहरूको न्हु दँ र भिन्तुनाको औचित्यको खोजी अपरिहार्य भइसकेको छ ।
तःमुंज्याको पृथक न्हु दँ, बेग्लै भिन्तुना
यो वर्ष न्हु दँ कार्यक्रममा एउटा आशालाग्दो पक्ष पनि नदेखिएको होइन । हरेक वर्षझैँ नेपालभाषा साहित्य तःमुंज्याले भिन्तुना ¥यालीलाई थप व्यापकता दिने प्रयत्न ग¥यो । काठमाडौँ महानगर र ललितपुर महानगरमा तःमुंज्याले पृथक खालको न्हु दँ कार्यक्रम आयोजना गरेर नयाँ आशाको झिल्को बाल्यो । धेरैले त्यसलाई सकारात्मक रूपमा लिएको र स्वागत गरेको पाइयो । अन्य ठाउँमा भएका विविध कार्यक्रममा तःमुंज्याका प्रतिनिधिहरू तथा शुभचिन्तकहरूले जनतालाई वैचारिकरूपमा उत्साहित गर्ने कार्य गरे । नेपाल र नेपाली जनताको अहितमा अगाडि बढाइएको एमसीसी सम्झौताविरुद्ध आन्दोलन जारी राख्न तःमुंज्याले आह्वान ग¥यो । न्हु दँलाई देशघाती एमसीसीविरोधी आन्दोलनको सिलसिलाको रुपमा अगाडि बढायो । सांस्कृतिक अतिक्रमणविरुद्ध एकजुट हुन जनतालाई आह्वान ग¥यो । कालाबजारिया, भ्रष्टाचारी, भूमाफियाविरुद्ध सङ्घर्षमा उत्रन आह्वान ग¥यो । साम्राज्यवाद, विस्तारवाद तथा नवउपनिवेशवादविरुद्ध सङ्घर्ष जारी राख्नुपर्ने आवश्यकतामा जोड दियो । जनजीविकासँग सम्बन्धित विषयमा आवाज दियो ।
न्हु दँ तथा भिन्तुना कार्यक्रमलाई देशका समस्या उजागर गर्ने र जनताको भावना तथा आवाज अझ सशक्त बनाउने अवसरमा बदल्नु सराहनीय पक्ष हो । जनताको राजनीतिक आन्दोलनलाई टेवा पु¥याउनु र देशभक्त जनताको आन्दोलनमा साथ दिनु निश्चय पनि तःमुंज्याको राजनीतिक सुझबुझ मान्न सकिन्छ । नयाँ वर्षलाई वर्गीय सङ्घर्ष तथा आन्दोलनको उच्च भावनाबाट स्वागत गर्नु उच्च कोटीको राजनीतिक संस्कार मान्न सकिन्छ । यसप्रकारको अभ्यास नेपाली समाजको निम्ति श्रेयस्कर हुनेछ । नेपाली जनताको सङ्घर्षको भावनामाथि चिसो पानी खन्याउने कुचेष्टा भइरहँदा यी गतिविधिले बेग्लै अर्थ राख्नेछन् । तसर्थ, खाँचो त्यसको निरन्तरता र व्यापकताको हो ।
त्यसैगरी मध्यपुरको विविध भाषा साहित्य समाज, टोखाको न्हु दँ हना खलः, बलम्बुको नवनिर्माण पुस्तकालय, बनेपाको आयाम प्रकाशन समूह, ताथलीको प्रगति युवा समाज, सूर्यविनायकको प्रगतिशील सांस्कृतिक समाज, चाँगुको प्रगतिशील सांस्कृतिक समाज आदिद्वारा आयोजित विविध गतिविधिले पनि यस वर्षको न्हु दँमा बेग्लै रौनक थपेको जनताबीच चर्चा छ । यो पनि अर्को सन्तोषजनक पक्ष हो । आगामी दिनमा अझ व्यवस्थित तथा व्यापक ढङ्गमा कार्यक्रम सञ्चालनको आवश्यकता भने जरुर छ । ती सम्पूर्ण संस्था धन्यवादका भागिदार हुन् । फेरि एकचोटि नेपाली कामदार जनतामा न्हु दँ नेपाल संवत् ११४२ को भिन्तुना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *