“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
दैलेख, २५ कार्तिक । ‘एमसीसी खारेज गरौँ, नेपाल क्रान्तिकारी शिक्षक सङ्घको जिल्ला भेला सफल पारौँ भन्ने नाराका साथ नेपाल क्रान्तिकारी शिक्षक सङ्घ दैलेखको जिल्ला भेला मङ्गलबार सम्पन्न भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले शिक्षकहरूले बाल विवाह निरुत्साहित गर्नुपर्ने आवश्यकता औँल्याउँदै बोक्सा–बोक्सी तथा छाउपडीजस्ता अन्धविश्वासको विरोध गर्ने नयाँ पुस्ता तयार गर्नु जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विश्वव्यापीकरणको अर्थ निजीकरण होइन, आईएनजीओ र एनजीओ निर्णायक हुने व्यवस्था होइन, यो आर्थिक स्रोतहरूको समान वितरण हो । यो विषय पाठ्यपुस्तकहरूमा समेटिएको छैन । शिक्षकहरूले समाजवादी देशका पाठ्यक्रम अध्ययन गरी नयाँ पुस्तालाई तयार गर्नु जरुरी छ ।”
सचिव सुवालले राजनीति देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने माध्यम भएको बताउँदै शासक दलहरूले झूट र बेइमानीलाई राजनीतिको रूपमा अगाडि बढाइरहेकोले नेपाल क्रान्तिकारी शिक्षक सङ्घले यसको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवं दैलेख जिल्ला अध्यक्ष जग्यबहादुर शाहीले भेलाले साङ्गठनिक गतिविधिका बारेमा छलफल चलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगर, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङ, नेक्रामहिला सङ्घका केन्द्रीय सदस्य सुलोचना छ्वाजू, नेक्राशिसङ्घका केन्द्रीय सदस्य जयप्रसाद तिमिल्सिना, नेपाल प्राध्यापक समाजका केन्द्रीय सदस्य मनोज दाहाल, प्रेम विष्ट, नेक्राशिसङ्घ दैलेखका हस्तबहादुर गुरुङ र टेकबहादुर सिजापतिले पनि बोल्नुभएको थियो ।
जिल्लास्तरीय कार्यकर्ता भेला
त्यस्तै नेमकिपा दैलेख जिल्ला समितिको आयोजनामा मङ्गलबार जिल्लास्तरीय कार्यकर्ता भेला भयो ।
भेलामा पार्टीका सचिव प्रेम सुवालले कार्यकर्ताहरूले पार्टीको कार्यक्रम, विधान र प्रतिवेदनअनुसार जनतालाई राजनीतिकरूपले सचेत र शिक्षित पारी सङ्गगठन विस्तार गर्नु जरुरी रहेको चर्चा गर्दै भन्नुभयो, “पार्टी प्रकाशनको अध्ययन र अन्तरक्रिया पनि चालू राख्नु आवश्यक छ । निर्वाचनमा पैसा र सामान बाँड्ने, भोज खुवाउने, झूटा आश्वासन दिने शासक पार्टीहरूलाई उदाङ्ग्याउनु जरुरी छ ।”
सचिव सुवालले अक्टोबर समाजवादी क्रान्ति दिवसको महत्वबारे जुलुस र सभामार्फत नेपाली जनतालाई शिक्षित गर्नु/गराउनु आवश्यक भएकोमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “पार्टी कार्यकर्ताहरू आफ्नो टोल, वडा र पालिकालाई स्वच्छ, सफा र सुसंस्कृत बनाउने काम गर्नु जरुरी छ । एमसीसी सम्झौता एसियामा युद्ध गराई हतियार बेच्ने अमेरिकी साम्राज्यवादको रणनीति हो । कार्यक्रम पार्टी जिल्ला अध्यक्ष जग्यबहादुर शाहीको सभापतित्वमा भएको थियो ।
Leave a Reply