नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
इस्लामाबाद, ११ नोभेम्बर । अफगानिस्तानको अवस्थाबारे छलफल गर्न पाकिस्तानले चीन, संरा अमेरिका र रूसका विशेष प्रतिनिधिहरूको सहभागितामा एउटा बैठकको आयोजना गरेको छ । त्रोइका प्लस नाम दिइएको सो बैठकमा अफगानिस्तानको तर्फबाट तालिवान सरकारका विदेशमन्त्री अमिर खान मुतकी सहभागी हुने अपेक्षा गरिएको छ ।
बैठकबारे पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेशीले अफगानिस्तान आर्थिक विघटनको अवस्थामा पुगेको बताएका छन् । त्यसकारण, अन्तर्राष्ट्रिय समुदायले तत्कालै आर्थिक तथा मानवीय सहायता दिनुपर्ने उनको भनाइ छ ।
बैठकको सुरुवातमा बोल्दै कुरेशीले अझ पनि अवस्था ओरालो लागे देश चलाउने तालिवानको नयाँ सरकारलाई गा¥हो हुने बताए ।
“त्यसैले अन्तर्राष्ट्रिय समुदायलाई तत्कालै मानवीय सहायता दिनु आवश्यक भएको छ”, उनले भने ।
गत अगस्टमा अफगानिस्तानमाथि तालिवानको नियन्त्रण भएयता पश्चिमा दाताहरूले रोक्का गरेको रकम सञ्चालन गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोगटढको खाँचो भएको उनले भने ।
“आर्थिक गतिविधिको पुनःस्थापना गर्ने र अफगानिस्तानलाई स्थायित्व र दिगोपनाको निम्ति हाम्रो प्रयासलाई सहयोग गर्न पैसा आवश्यक भएको छ”, उनले भने ।
Leave a Reply