भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, २५ कार्तिक । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा बिहीबार बिहान च्याह्मासिँहदेखि दत्तात्रयसम्म सरसफाइ कार्यक्रम गरियो । कार्यक्रममा संस्थाका समिति, उपसमिति, सल्लाहकार र कर्मचारीहरूको सहभागिता रहेको थियो ।
उक्त संस्थाको २५ औँ वर्षको अवसरमा कार्तिक २७ गते शनिबार सूर्यमढीमा हुने रजत वर्ष महोत्सवको अवसरमा भएको साप्ताहिक कार्यक्रमअन्तर्गत सरसफाइ कार्यक्रम भएको हो । सोही अवसरमा वाकुपतिनारायण स्थानमा भइरहेको खुला कसिमला पाँय् प्रतियोगिताको बिहीबार फाइनल खेल सम्पन्न भएको छ ।
प्रतियोगितामा सेतेबहादुर कुस्मा र श्याम प्रजापति फाइनल प्रवेश गर्न सफल हुनुभएको छ । तेस्रो स्थानको लागि लक्ष्मीभक्त कोजू र शिवशङ्कर भुजुबीच खेल हुनेछ ।
आयोजकका अनुसार रजत वर्ष महोत्सवको दिन बिहान ९ः०० बजे सोही स्थानमा फाइनल र तेस्रो स्थानको खेल हुनेछ । शुक्रबार साँझ ४ः०० बजे संस्थाकै प्राङ्गणबाट सुकुन्दा ¥याली हुनेछ ।
Leave a Reply