तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
कालीकोट, २६ कार्तिक । नेपाल मजदुर किसान पार्टी, कालीकोट जिल्लाको १० औँ सम्मेलन सदरमुकाम मान्ममा सुरु भएको छ । शुक्रबार नेमकिपाका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले मान्मखाँडाचक्रको खुलामञ्चमा आयोजित एक समारोहबीच सो सम्मेलनको उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा केन्द्रीय सचिव सुवालले भारतीय एकाधिकार पुँजीले नेपाललाई सन् १९४७ को गोर्खा भर्तीकेन्द्र, सन् १९५० को असमान सन्धि, महाकाली र माथिल्लो कर्णालीजस्ता देशघाती सन्धिमा फसाएकोमा नेपाली जनताको विरोध रहेको धारणा राख्नुभयो । उहाँले अमेरिकी साम्राज्यवादले एसियामा युद्ध गराउन, हतियार बेच्न र आफ्नो नेतृत्वमा सैनिक गठबन्धन बनाउन एमसीसी सम्झौता अघि सारेको विचार राख्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “माओवादी सशस्त्र द्वन्द्वको बेला भारतीय सीमामा रहेका सुरक्षा चौकी विस्थापन र माओवादी डर देखाई नेपाली नापी टोली भारततर्फ बसेर सीमा नक्सा तयार गरिँदा नेपालीसँग लालपुर्जा भएको हजारौँ हेक्टर जमिन भारततर्फ प¥यो । यसको दोषी माओवादी नेताहरू किन होइन ?”
अक्टोबर समाजवादी क्रान्तिको महत्व नबुझ्ने, अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीको विरोध नगर्ने कम्युनिस्ट हुननसक्ने उल्लेख गर्दैै उहाँले भन्नुभयो, “देशघाती एमसीसी सम्झौताको समर्थन गर्ने, सन् १९४७ को गोर्खा भर्तीकेन्द्र र सन् १९५० को नेपाल–भारत असमान सन्धिको विरोध नगर्नेहरू तथा महाकाली र माथिल्लो कर्णालीजस्ता देशघाती सन्धिको समर्थन गर्नेहरू कम्युनिस्ट हुनसक्दैनन् ।”
सचिव सुवालले मजदुर आन्दोलनभित्र देखापर्ने पुँजीवादी विचार संशोधनवाद र अवसरवाद हो भन्दै माक्र्स र एङ्गेल्सको निधनपछि बर्नस्टीन र लेनिनको समयमा काउत्स्कीजस्ता संशोधनवादीहरूले चुनावमा जितेर सुधार हुने र वर्गसङ्घर्ष आवश्यक नहुने पुँजीवादी विचार अघि सारेको तर्क गर्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले नेमकिपा माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अँगाल्दै वर्गसङ्घर्षमार्फत समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्षरत रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “शोषणको अन्त्यको निम्ति व्यक्तिगत सम्पत्ति निर्मूल गर्नुपर्नेमा शासक दलहरूले मतदान नै परिवर्तनको माध्यम भनी ठगिरहेका छन् ।”
महिलाहरूको अवस्थामा आएको परिवर्तनले कुनै पनि समाजको परिवर्तन निर्धारण गर्ने धारणा राख्दै केन्द्रीय सदस्य थापामगरले नेपालमा आफूलाई कम्युनिस्ट दाबी गरेका सरकारहरूले बालविवाह, छाउपडी, बोक्सा–बोक्सीजस्ता अन्धविश्वास र कुप्रथा हटाउन कुनै पनि कार्य नगरेको धारणा राख्नुभयो । नेमकिपाले बलात्कारी र भ्रष्टाचारीहरूलाई मृत्युदण्डको माग गरिरहेको उल्लेख गर्दै उहाँले छिटो विवाहभन्दा छोरीहरूलाई उच्च शिक्षा दिने विषयमा सोच्नुपर्ने विचार राख्नुभयो । महिलालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गराए परिवर्तन छिट्टै हुने उहाँको तर्क थियो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरुङले अमेरिकी साम्राज्यवादले हिन्द प्रशान्त क्षेत्रमा आफ्नो वर्चस्व कायम गर्न एमसीसी सम्झौता गर्न खोजेको धारणा राख्नुभयो । उहाँले नेपाली जनताले सार्वभौमिकता रक्षाको निम्ति साम्राज्यवादविरुद्ध कडा सङ्घर्ष गर्नुपर्ने तर्क गर्नुभयो ।
नेमकिपा कालीकोट जिल्ला सम्मेलन तयारी समितिका संयोजक नवराज कोइरालाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा हुड्के र मगर नाचसहित गीत प्रस्तुत गरिएको थियो ।
उद्घाटन कार्यक्रमअगाडि जेरोप्वाइन्टबाट सुरु गरिएको जुलुस बालमन्दिर चोक हुँदै खुलामञ्च पुगेको थियो । कार्यक्रममा देशघाती एमसीसी सम्झौता – खारेज गर, अमेरिकी साम्राज्यवाद – मुर्दावाद, अमेरिकी सैन्य गठबन्धन – चाहिँदैन, एसियालाई युद्धभूमि बनाउन – दिँदैनौँ, जलविद्युत् माफियाहरू – होसियार, जयसिंहको हत्यारालाई – कारबाही गर, भारतीय विस्तारवाद – मुर्दावाद, बोक्साबोक्सी र छाउपडी अन्त्य गर, माथिल्लो कर्णाली सम्झौता खारेज गर, मूल्यवृद्धि फिर्ता गर, देशको सन्तुलित विकास गरलगायतका नारा लगाइएको थियो ।
सम्मेलनको बन्दसत्र शनिबार बस्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।
Leave a Reply