हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
वाशिङ्टन, १४ नोभेम्बर । सफ्ट इन्जिनियर रोबर्ट मोरन (३७) ले चाँडै नबिग्रने भएकोले प्याकेटको दूध किन्न थालेका छन् । उनले आफ्नो घरपालुवा बिरालोको लागि ठूलो परिमाणमा खाना किनेर सञ्चय गरेका छन् । पैसा जोगाउन आफ्नो खर्च गर्ने बानीमा उनले गरेको यो सानो परिवर्तन हो ।
“सबै जना योजना बनाएर खर्च गरिरहेका छन् । सबै जना कुपनको लागि मोलमोलाइ गरिरहेका छन् । सबैको लागि एप बनेका छन् । त्यसको अर्थ केही न केही त पक्कै भइरहेको छ”, मोरनले भर्जिनियाको एर्लिङटनमा सेफवे स्टोरमा किनमेलपछि भने ।
किनमेलमा मोरन र उनका साथीहरूको ‘नयाँ व्यवहार’ कोभिड–१९ महामारीबीच उपभोग्य सामानको बढ्दो मूल्य र आम्दानी घट्नुको परिणाम हो जसलाई मोरन ‘राम्रो सङ्केत’ मानेका छैनन् ।
बुधबार संरा अमेरिकाको श्रम विभागले जारी गरेको तथ्याङ्कअनुसार अक्टोबर महिनामा संरा अमेरिकाको मुद्रास्फीति आपूर्ति प्रणालीमा गडबडीको कारण बढेको छ । बितेका १२ महिनामा उपभोक्ता मूल्य सूचाङ्क (सीपीआई) ६.२ प्रतिशतले बढेको छ । पछिल्ला तीन दशकमा संरा अमेरिकामा यो सबभन्दा तीव्रगतिमा भएको मुद्रास्फीति हो ।
सेप्टेम्बर महिनामा सीपीआई ०.४ प्रतिशतले बढेपछि अक्टोबर महिनामा ०.९ प्रतिशतले सीपीआई बढेको थियो । एकै महिनामा ऊर्जामा ४.८ प्रतिशत र खाद्य पदार्थमा ०.९ प्रतिशतले मूल्यवृद्धि भएको थियो ।
खानाको मूल्य लगातार बढ्दा एउटा निजी विद्यालयमा काम गर्ने कर्मचारी चकित परेका छन् । आफ्नो नाम एन्थोनी बताउने उनी वाशिङ्टन डीसीमा काम गर्छन् ।
“पक्कै पनि मूल्य अचाक्ली बढेको छ । मूल्यवृद्धिकै कारण हामीले मासु कम खान थालेका छौँ ।” उनले भने ।
खानाको मूल्य बढ्दा रेस्टुराँहरू पनि समस्यामा परेका छन् । महामारीपछि उनीहरू जसोतसो उकासिने बाटो खोजिरहेका थिए ।
“४० प्रतिशत मूल्य बढ्नु भनेको यहाँको कुरा हो र !”, एउटा चिनियाँ रेस्टुराँका भान्छे तथा मालिक पिटर चाङले भने, “कुनै कुनै सामानको मूल्य त दोब्बरले बढेको छ ।”
चाङले गाईको मासुको मूल्य प्रतिपाउन्ड १४–१५ डलरबाट अहिले २६–२७ डलर पुगेको र अदुवाको मूल्य प्रतिकेस ६० डलरबाट १२० डलर पुगेको बताए ।
“बढ्दो खानाको मूल्य, श्रमको मूल्य र अन्य विभिन्न कुराको मूल्यसँगै रेस्टुराँहरूलाई अत्यावश्यक कुरा पूरा गर्न जोहो गर्न धौधौ भएको छ”, आफ्ना केही रेस्टुराँ बन्द गरिसकेका चाङले भने ।
खाना र ग्यासको मूल्यमा भएको वृद्धिले सबैको ध्यान ताने पनि अन्य वस्तुको मूल्य पनि उही दरले बढिरहेको छ ।
फैलिएको मूल्यवृद्धि
“मूल्यवृद्धिको असर महामारीले प्रभावित बनाएका उद्योगहरूभन्दा पनि फैलिएको छ”,वेल्स फर्गो सेक्युरिटिजका अर्थशास्त्रीहरू सराह हाउस र माइकल पुग्लेसीले लेखेका छन् ।
अक्टोबर महिनामा नयाँ सवारी साधनको मूल्य १.४ प्रतिशतले बढ्यो । कार र ट्रकको मूल्य २.५ प्रतिशतले बढेको छ । त्यस्तै घरका फर्निचर, औषधि, खेलकुद सामग्री र सुर्ती तथा धूमपानजन्य उत्पादनको मूल्य पनि गत महिना उल्लेखनीय बढेको छ ।
“यो उखरमाउलो महँगो अब चिसो हुने भन्दै हामी सहँदै बस्यौँ । तर, आपूर्तिको अवस्था अझ कहरिलो बनेको छ र सेवा क्षेत्रमा मुद्रास्फीति अझ बलियो बनेको छ”, उनीहरूले भने ।
Leave a Reply