भर्खरै :

किसान भेलाबीच बीउबिजन वितरण

भक्तपुर, २९ कार्तिक । भक्तपुर नगरपालिका वडा नं ६ को आयोजनामा सोमबार आलुको बीउ वितरण भयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले निजी क्षेत्रबाट बिक्री वितरण हुने बीउबिजन नक्कली र गुणस्तरहीन हुनसक्ने भएकोले नपाबाट सिजन अनुसारका बीउबिजनहरू वितरण गरेको बताउनुभयो ।
उहाँले सरकारले ख्वप विश्वविद्यालय स्वीकृति दिए कृषि अनुसन्धान केन्द्र र कृषि कलेजहरू सञ्चालन गर्दै कृषि विज्ञहरूसँग छलफल गरी कृषिमा आधुनिकीकरण गर्न सकिने कुरामा जोड दिनुभयो ।
भक्तपुर नपा वडा नं ६ का अध्यक्ष डा. हरिराम सुवालले वडामा भएका विकास निर्माण, निःशुल्क स्वास्थ्य शिविर, खेलकुद प्रतियोगितालगायत विभिन्न गतिविधिका बारेमा जानकारी दिँदै भनपाले आलु र गहुँको बीउ वितरण गरेको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य गोविन्द दुवालले पँुजीवादी पार्टीका नेताहरू इमानदार नभएकाले जनताले दुःख पाइरहेको, विगतमा धानबाली बिग्रिदा किसानहरूले आन्दोलन गर्दा पनि सरकारले क्षतिपूर्ति नदिएको स्मरण गराउदै किसानहरू एकजुट भई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नपाका कार्यपालिका सदस्य रोशनमैया सुवालले किसान, मजदुरलगायत सम्पूर्ण कामदार वर्गलाई लक्षित गर्दै भनपाले शिक्षा र स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा अग्रणी भूमिका खेल्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षक जगन्नाथ सुजखु र वडा सदस्य सिद्धिराम अवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *