भर्खरै :

सिन्च्याङको नानद्वारा पश्चिमको झूट भङ्ग

उरूम्छी, १८ नोभेम्बर (सीआरआई) । “तिमीहरूको मागबमोजिम उत्पादन गरिएको नान आज पठाइने छ, पाँच दिनपछि रूस पुग्ने अनुमान छ ।” “हस्, धन्यवाद ¤ हाम्रो अरू अर्डर पनि छन् ।” चीनको सिन्च्याङको खोर्गास सहरका एकजना व्यापारीले मोबाइल फोनद्वारा रूसका ग्राहकसँग कुराकानी गर्दै भने । सोही दिन सिन्च्याङका १० लाख वटा नान बोकेका ट्रक खोर्गासको नाकाबाट पहिलो पटक रूस पुगे । सिन्चयाङको नानले पहिलो पटक युरोपेली बजारमा प्रवेश पाएका छन् ।
नयाँ बजारले नयाँ मौका खोलेको छ । हालैका दुई वर्षयता सिन्च्याङको यिली कजाक स्वायत्त प्रिफेक्चरले स्थानीय विशेषतायुक्त खाना अर्थात् नानलाई मध्य एसियाली मुलुकहरूको बजारमा प्रवेश गराउँदै अगाडि बढाएको छ । नान ‘बेल्ट एन्ड रोड’ प्रस्तावमा सिन्च्याङले तीव्र विकास प्राप्त गरेको एक सूक्ष्म बनेको छ ।
“मैले सिन्च्याङमा धेरै उद्योग–व्यवसायहरूको भ्रमण गरेँ, खसीको मासु, फलफुल, ताजा साग, सुन्दर नान चाखेँ। मैले सिन्च्याङको समृद्धि र विकास देखेँ।’ हाल ‘सन् २०२१, चीनको सिन्च्याङ विकास मञ्च’मा चीनका लागि अर्जेन्टिनाका राजदूत साबिनो भाका नार्वाजाले उक्त कुरा बताउनुभएको हो । उहाँले ‘बेल्ट एन्ड रोड’को निर्माणमा सिन्च्याङको भूमिकाबारे चर्चा गर्नुका साथै सबैसँग सिन्च्याङ जान आह्वान पनि गर्नुभयो ।
सन् २०१५ मा चीन सरकारले सिन्च्याङलाई रेशमी मार्गको आर्थिक पेटीको केन्द्रीय क्षेत्रको रूपमा निर्माण गर्ने कुरा प्रस्तुत गरेको थियो । हाल सिन्चयाङ ‘बेल्ट एन्ड रोड’आबद्ध मुलुकको आदान–प्रदानको महत्वपूर्ण मार्ग बनिसकेको छ ।
हाल सिन्च्याङसँग बाह्य सहयोग गरेको मुलुकहरूको सङ्ख्या ‘बेल्ट एन्ड रोड’ का ५० वटा आबद्ध मुलुक र क्षेत्र ढाकिएको छ । सिन्च्याङका बासिन्दाहरू सिन्च्याङको खुलापनको सबैभन्दा ठूलो लाभान्वित पक्ष हुन् । तथ्याङ्कअनुसार, चालू वर्षका अघिल्ला त्रैमासिक अवधिमा सिन्च्याङको क्षेत्रीय कुल गार्हस्थ उत्पादन मात्रा ११ खर्ब ३९ अर्ब ६१ करोड ४० लाख चिनियाँ युआन पुगेको थियो भने गत वर्षको सोही अवधिको तुलनामा ८.८ प्रतिशतले वृद्धि भएको थियो ।
पश्चिमको चीनविरोधी शक्तिले बनाएको तथाकथित ‘जबरजस्ती श्रम’ र ‘नरसंहार’को झूट भङ्ग गरिएको छ । चीन सरकारले आतङ्कवादी विरोध नीति र खुलापनको नीतिमार्फत सिन्च्याङका बासिन्दालाई राम्रो जीवन बिताउन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *